IME Life

मुद्रास्फीति साढे ३%मा झर्यो, सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुलुकमा मुद्रास्फीति साढे ३ प्रतिशतमा झरेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो देखाएको हो।

प्रतिवेदनअनुसार २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ। २०८० असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो।

Prabhu
Crest

आर्थिक वर्ष २०८०।८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो।

समीक्षा वर्षमा काठमाडौं उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५५ प्रतिशत, ८.०० प्रतिशत, ७.५६ प्रतिशत र ७.१२ प्रतिशत रहेको थियो।

२०८१ असार महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९२ प्रतिशत, तराईको ३.२१ प्रतिशत, पहाडको ३.७७ प्रतिशत र हिमालको ३.७१ प्रतिशत मुद्रास्फीति रहेको छ। २०८० असार महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.७० प्रतिशत, ७.४८ प्रतिशत, ६.९८ प्रतिशत र ८.१९ प्रतिशत रहेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS