IME Life

बीमक बने बीमा प्राधिकरणका आफन्तजनको भर्ती केन्द्र, कसरी हुन्छ संस्थागत सुशासन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरूलाई नियामक नेपाल बीमा प्राधिकरणका जिम्मेवार अधिकारीले कर्मचारी भर्ती केन्द्रमा परिणत गरेपछि संस्थागत सुशासन कमजोर बनेको छ। प्राधिकरणमा कार्यरत पियन देखि निर्देशकस्तरसम्मका कर्मचारीको एकाघर परिवार वा नजिककको नातेदार कुनै न कुनै बीमा कम्पनीमा जागिरे छन् ।

स्वार्थको द्वन्द्व हुन नदिन र संस्थागत सुशासन कायम राख्नका लागि प्राधिकरणका अधिकारीहरू प्रत्यक्ष लाभ हुने वा प्रभावित हुने कुनै पनि किसिमको गतिविधिबाट मुक्त रहनुपर्छ । तर सुरक्षित जागिर र आकर्षक तलबका लागि परिवारका कुनै सदस्य वा नजिकको नातेदारलाई बीमकको कर्मचारीका रूपमा भरमग्दुर भर्ना गराएका छन्।

Prabhu
Crest

बीमा कम्पनीको भान्छामा काम गर्ने सहयोगी देखि लिएर प्रबन्धक पदसम्मको कर्मचारीको नियुक्तिका लागि प्राधिकरणका कर्मचारीले आफ्नो हैसियतको प्रभावका आधारमा नियुक्ति दिलाएका छन् । यसबाहेक बीमकको अनुगमनका क्रममा कुनै ठूलो प्रकृयागत त्रुटी वा अनियमित कार्य गरेको फेला परेपछि कारवाहीबाट उन्मुक्तिका लागि कर्मचारी नियुक्ति साट्ने गरेका छन् ।

यहाँ प्रधान कार्यालयमा मात्र नभएर शाखा,उपशाखा सबै तिर प्राधिकरणको हाकिमका कोही न कोही आफन्त जागिरे छन् । प्राधिकरणको प्रादेशि कार्यालयबाट गरिने स्थलगत अनुगमन होस् वा केन्द्रिय कार्यालयबाट गरिने स्थलगत अनुगमन वा सेवाग्राहीबाट बीमकविरूद्ध हुने उजुरीबाट प्राप्त जानकारी ‘कर्मचारी नियुक्ति’ का लागि मोलमोलाई गर्ने अस्त्रको रूपमा प्रयोग हुन्छ।

उदाहरणका लागि, जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्सले बीमा ऐन २०७९, नियमावली, प्राधिकरणले जारी गरेका निर्देशनलगायतका प्रावधानको पटक पटक उलंघन गर्दा समेत उन्मुक्ति पाई रहेको छ। नेपाल लाइफमा प्राधिकरणको अवकाश प्राप्त निर्देशकदेखि बहालवाला निर्देशकसम्मको श्रीमति, भाइ, बहिनी, बुहारी, भतिजा, भतिजी, भान्जाभान्जी जागिरे छन् ।

प्राधिकरणका कर्मचारी र सञ्चालक समितिले कानूनी प्रावधानको उलंघन गर्ने बीमकविरूद्ध कारवाही गरेर थिती बसाल्नुको साटो आफन्तको अपायक सरूवा गर्ला वा समयमा बढुवा नगर्ला भन्ने डरले कारवाहीको निर्णय गर्न हात काम्ने गरेको आरोप समेत लाग्दै आएको छ। यसबाहेक कारवाहीबाट उम्किनका लागि प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ कस्तो लेख्ने, कागजपत्र कसरी मिलाउने भन्ने बारे पनि परामर्श दिने गरेका छन् ।

सेवा सुविधा र बोनश रकमका कारण आफ्नाको भर्ती गराउनका लागि प्राधिकरणका कर्मचारीहरूबीच नेपाल लाइफ पहिलो रोजाइमा पर्ने गरेको छ। त्यहाँ उपाय नलागेपछि क्रमशः अन्य बीमा कम्पनीमा भनसुन र मोलमोलाई शुरू गर्छन् ।

नेपाल लाइफले श्रम ऐन २०७४ को प्रावधान विपरित कर्मचारी विनियमावली कार्यान्वयनमा ल्याएको दुई वर्षभन्दा बढी भईसक्यो। प्राधिकरणको दस्तावेजमा लिखितरूपमा नै नेपाल लाइफले प्रचलित कानूनी प्रावधान विपरित कर्मचारी विनियमावलीमा प्रावधानहरू समावेश गरेको अभिलेख दर्ज छ। यति हुँदा पनि रहस्यमय तरिकाले प्राधिकरणको कर्मचारीतन्त्र देखि लिएर सञ्चालक समिति माैन रहँदै आएको छ।

नेपाल लाइफले प्राधिकरणको निर्देशन र श्रम ऐन २०७४ को प्रावधान विपरित कर्मचारीले खाइपाइ आएको सुविधा कटाैती गरेर विनियमावली लागू गरेपछि बाँकी बीमकले पनि क्रमशः त्यसको सिको गर्न थालेका छन् । कर्मचारीको ग्रेड, भत्ता लगायतका सुविधामा कैंची चलाइएको भएपनि कर्मचारीले श्रम अदालतमा कानूनी उपचार खोजेको अवस्थामा बीमकले हर्जाना सहित कटाैती गरेको सबै रकम भुक्तानी दिनुपर्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS