IME Life

आज दुई लघुवित्तले साधारण सभा गर्दै, यस्ता छन् एजेन्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज दुई लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्दैछन् । आज साउन ३२ गते सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्तले साधारण सभा गर्न लागेका हुन् ।

सूर्योदय वोमी लघुवित्तले १२औं वार्षिक साधारण आज साउन ३२ गते महालक्ष्मी नगरपालिका ललितपुर लभु पार्टी प्यालेसमा दिउँसो १२ः३० बजे सभा गर्ने भएको हो । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

संस्थाको एफपीओ वितरणपछि कायम हुने चुक्ता पूँजी ५१ करोड ५४ लाख ५५ हजार ४६३ को १४ दशलमव ००५१४३ प्रतिशतले हुन आउने १२ करोड ८२ लाख १० हजार ८५३ दशलमव ७२ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनश शेयर प्राप्त गर्न शेयरधनीहरुले लाभांश कर वापत नियम अनुसार आफैले रकम तिर्नुपर्नेछ ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, २०७९ श्रावण १ गते देखि २०८० आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गनछ ।

त्यस्तै, थप सार्वजनिक शेयर निष्काशन भएको शेयरलाई चुक्ता पूँजीमा वृद्धि गर्ने एवं बोनस शेयरलाई अधिकृत पूंजी जारी पूँजी तथा चुक्ता पूँजीमा वृद्धि गरी संस्थाको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव स्वीकृत गर्ने बोनश शेयर जारी गर्दा दशमलव पछिको शेयर अंकलाई पछि समायोजन गर्ने गरी यथावत कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

सभाले भविष्यमा अन्य लघुवित्त संस्थासँग मर्जर तथा प्राप्ती गर्ने प्रयोजनार्थ अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर र प्राप्ती सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने, मर्जर प्राप्ती सम्बन्धी आवश्यक अन्य सम्पूर्ण प्रक्रिया पुरा गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने स्वीकृति बमोजिम संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वलाई प्रबन्ध पत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने लगायतका विविध प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले उपरोक्त बमोजिमका विशेष प्रस्तावहरुमा नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतबाट स्वीकृत लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, श्रृजनशील लघुवित्त वित्तीय संस्थाले पाँचौं वार्षिक साधारणसभा आज साउन २३ गते गर्दै । कम्पनीको साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा महोत्तरीको बर्दिबासस्थित होटल विनायक होटलमा बिहान ११बजेखि शुरु गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेछ ।

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सदस्यको निर्वाचन गर्ने, सञ्चालक समितिले पाउने बैठक भत्ता तथा दैनिक भैमण भत्ता थप निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरवदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने रगाभिने तथा प्राप्ती र समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्नेलगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS