IME Life

सिटिजन, आइएमई, रिलायबल र सन नेपाललाई दाँजेर हेर्दा (इन्फोग्राफिकसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल र सन नेपाल लाइफ प्रिमियममा आइपीओ निष्कासन गरेका जीवन बीमा कम्पनी हुन्। यी ४ कम्पनीले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणका आधारमा इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययनः

चुक्तापुँजीः वित्तीय विवरणअनुसार सिटिजन लाइफको चुक्तापुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको चुक्तापुँजी ५ अर्ब रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको चुक्तापुँजी ४ अर्ब ६४ करोड रुपैयाँ र सन नेपाल लाइफको चुक्तापुँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।

Prabhu
Crest

रिटेन्ड अर्निङः सिटिजन लाइफको रिटेन्ड अर्निङमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको रिटेन्ड अर्निङमा १ अर्ब २ करोड २२ लाख रुपयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको रिटेन्ड अर्निङमा ७४ करोड १२ लाख रुपैयाँ र सन नेपाल लाइफको रिटेन्ड अर्निङमा ५० करोड २० लाख रुपैयाँ रहेको छ।

शेयर प्रिमियमः सिटिजन लाइफको शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको शेयर प्रिमियममा ५२ करोड ३८ लाख रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने सन नेपाल लाइफको शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपैयाँ रहेको छ।

अन्य इक्विटीः सिटिजन लाइफको अन्य इक्विटीमा ६७ करोड ५९ लाख रुपैयाँ रहेको छ भने आइएमई लाइफको अन्य इक्विटीमा ५५ करोड ६० लाख रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको अन्य इक्विटीमा ७ करोड ५० लाख रुपैयाँ र सन नेपाल लाइफको अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ।

जीवन बीमा कोषः जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोषको निकै महत्व रहन्छ। सिटिजन लाइफको जीवन बीमा कोषमा १४ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने आइएमई लाइफको जीवन बीमा कोषमा ९ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा १० अर्ब ५ करोड रुपैयाँ र सन नेपाल लाइफको जीवन बीमा कोषमा ७ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

कुल बीमाशुल्क आर्जनः सिटिजन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ४ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

खुद बीमाशुल्क आर्जनः सिटिजन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने आइएमई लाइफले ४ अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ८९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने सन नेपाल लाइफले ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिसनः गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सिटिजन लाइफले ६४ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने आइएमई लाइफको ४६ करोड रुपैयाँ रहेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिसनमा खर्च गरेको छ भने सन नेपाल लाइफको ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ।

खुद नाफाः चौथो त्रैमाससम्म सिटिजन लाइफले ३२ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आइएमई लाइफले ५१ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। त्यस्तै रिलायबल नेपाल लाइफले ४२ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा सन नेपाल लाइफले ५७ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मूल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मूल्यांकनपश्चात मात्र वास्तविक आउनेछ।

प्रतिशेयर आम्दानीः सिटिजन लाइफको वार्षिक प्रतिशेयर आम्दानी ८.२५ रुपैयाँ छ भने आइएमई लाइफको १०.२९ रुपैयाँ छ। त्यस्तै रिलायबल नेपाल लाइफको वार्षिक प्रतिशेयर आम्दानी ९.१९ रुपैयाँ छ भने सन नेपाल लाइफको १४.५१ रुपैयाँ छ।

प्रतिशेयर नेटवर्थः सिटिजन लाइफको प्रतिशेयर नेटवर्थ १७६.९६ रुपैयाँ छ भने आइएमई लाइफको १४५.५९ रुपैयाँ छ। त्यस्तै रिलायबल नेपाल लाइफको प्रतिशेयर नेटवर्थ १५८.८४ रुपैयाँ छ भने सन नेपाल लाइफको १५७.८७ रुपैयाँ छ।

“उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।”

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS