IME Life

यस्तो छ गणपति लघुवित्तको चौथो त्रैमासको वित्तीय अवस्था

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ८६ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको लघुवित्तको समिक्षा अवधिमा खुद नाफा २ करोड ९९ लाख रुपैयाँ धनात्मक भएको छ।

समिक्षा अवधिमा लघुवित्तले १३ करोड ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षका तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी १५ दशलमव ६७ प्रतिशतले बढेको हो । यस अवधिमा लघुवित्तको खराब कर्जा ८.११ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ।

Prabhu
Crest

१५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ८ करोड ९९ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९१ करोड रुपैयाँ निक्षेप तथा सापटी लिएर २ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५० लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३३ पैसा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७६ पैसा, प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात १११.५९ गुणा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS