IME Life
GBIME

समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर विक्री गर्न ईच्छा राखी कम्पनीमा निवेदन पेश गरे अनुसार कम्पनीले संस्थापक शेयरधनीको नामको २० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त शेयर खरिद गर्न इच्छुक शेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको शेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

Crest

कम्पनीले तोकेको ३५ दिनभित्र पनि शेयरधनीबाट संस्थापक शेयर खरिदका लागि कुनै आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिने जनाइएको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS