GBIME
IME Life

जीवन बीमा कम्पनीले मृत्यु दाबी भुक्तानी दिन मानेन भने के गर्ने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा एक प्रभावकारी दीर्घकालीन लगानी हो जसले बीमितका रुपमा तपाइँ स्वयं र आश्रितका रुपमा तपाइँका प्रियजनलाई संकटको अवस्थामा आर्थिक सुरक्षा प्रदान गर्छ। तपाइँले स्वयं वा परिवारजनले बीमालेखमा दाबी भुक्तानी दिने सर्त लागू हुने अवस्था सिर्जना भएमा जीवन बीमकबाट क्षतिपूर्ति वा दाबी भुक्तानी पाउनका लागि दाबीको निवेदन दिनुपर्छ।

दाबी भुक्तानीका लागि तपाइँले दिनु भएका सबै निवेदनहरु स्वीकृत नै हुन्छन् भन्ने अनिवार्य हुँदैन। बीमकले विभिन्न कारणले जीवन बीमा दाबी अस्वीकृत गरिदिन सक्छ। त्यसैले दाबी अस्वीकृत हुन सक्ने अवस्थाहरुबारे जानकारी लिएर तपाइँले आफ्नो दाबी अस्वीकृत हुन सक्ने अवस्थालाई टार्न सक्नुहुन्छ, एउटा बुद्धिमान बीमितका रुपमा।

SKYWELL
Crest

यहाँ जीवन बीमा दाबी अस्वीकृत हुने सामान्य कारण र त्यसबाट जोखिने उपायहरुका बारेमा केहि जानकारी समेटिएको छ।

जीवन बीमा दाबी अस्वीकृत हुने मुख्य पाँच कारण

१. गलत जानकारी

तपाइँले जीवन बीमा गर्दा बीमकलाई आफ्नो र परिवारका सदस्यको बारेमा पूर्ण र सत्यतथ्य जानकारी दिनुपर्छ। सामान्य जसो लाग्ने तर दाबीका बेला महत्वपूर्ण मानिने जानकारीहरु तपाईले लुकाएको अवस्थामा पछि दाबी अस्वीकृत हुनसक्ने प्रबल जोखिम हुन्छ। जस्तो कि कुनै बीमितले नियमित धुमपान वा मद्यपान गर्ने आफ्नो बानीका सम्बन्धमा बीमालेखको प्रस्ताव फारममा सत्यतथ्य लुकाउँदा पछि दाबी परेका बेला यही कारणले पनि दाबी अस्वीकृत हुनसक्छ। यस्तो अवस्थाले तपाइँको मृत्युपछि परिवारका आश्रितहरुलाई आहत पार्नेछ।

२. बीमाशुल्कको भुक्तानी

जीवन बीमालेखअन्तर्गतको जोखिम बहन र सुविधाहरु कायम राखि राख्नका लागि तपाइँले बीमा अवधिभर नियमित रुपमा बीमाशुल्क किस्ताको भुक्तानी गरि रहनुपर्छ। तपाइँले नियमितरूपमा बीमाशुल्क भुक्तानी नगरेको अवस्थामा बीमालेख व्यतित हुनजान्छ। सामान्यतया अर्धवार्षिक वा वार्षिक रुपमा भुक्तानी गर्ने बीमाशुल्क किस्ताको हकमा ३० दिनको र मासिक किस्ता भुक्तानीमा १५ दिनको मोहलत अवधि दिइएको हुन्छ। यो अवधिभित्र पनि बीमाशुल्कको किस्ता भुक्तानी गर्न छुटाउनुभयो भने तपाइँले बीमालेखअन्तर्गत महत्वपूर्ण दाबीहरुबाट वञ्चित हुनुपर्नेछ।

यदि बीमालेख व्यतित भयो भने बीमालेखको समर्पण मूल्य वा चुक्ता मूल्य प्राप्त गर्ने बाहेक तपाईसँग बीमितका रूपमा अन्य कुनै विकल्प बाँकी रहँदैन।

३. मृत्यु दाबी बीमा

बीमालेखको सर्तहरुअन्तर्गत बीमालेखको करार पत्रको पछिल्लो पानामा बीमालेखले बहन नगर्ने जोखिमहरुको सूची दिइएको हुन्छ। जस्तै कुनै खतरनाक र जोखिमयुक्त पेशामा संलग्न रहेको, मोटरसाइकल दौड प्रतियोगितामा सहभागि भएको, कावा खाने, जहाजमा यात्रुबाहेक अन्य हैसियतमा टिकट नै नकाटी सवार भएको, आत्महत्या गरेको, यूद्धमा सहभागि भएको अवस्थामा बीमितको मृत्यु भएको अवस्थामा जीवन बीमकले मृत्यु दाबी अस्वीकृत गरिदिन सक्छ। यस्तो अवस्थामा बीमकले बीमितको आश्रितप्रति सदाशयता राख्दै आफूले प्राप्त गरेको बीमाशुल्कवापतको रकम फिर्ता गरिदिन सक्छ।

यसबाहेक बीमा गर्नुअघि नै कुनै दीर्घ रोग लागेको र बीमाको प्रस्ताव फारममा तपाइँले त्यो विवरणको खुलासा गर्नु भएको छैन भने पनि दाबीअस्वीकृत हुन्छ।

४. दाबी निवेदन

मृत्यु दाबी वा दुर्घटना दाबी वा स्वास्थ्य उपचारसम्बन्धी दाबी गर्दा सकेसम्म चाँडै गर्नुपर्छ। दाबीका लागि आवश्यक कागज प्रमाण जुटाउन समय लाग्ने अवस्था छ भने पनि कम्तीमा बीमकलाइ प्रारम्भिक जानकारी तत्कालै गराउनुपर्छ। एक पटक तपाइले बीमकको कार्यालयमा दाबी सम्बन्धमा प्रारम्भिक जानकारी गराउनु भयो भने तपाइलाइ कागज प्रमाण जुटाउनका लागि वा घाइते वा बिरामी बीमितको उपचारलाइ निरन्तरता दिनका लागि पर्याप्त समय उपलब्ध हुनेछ।

स्वास्थ्य बीमा र दुर्घटना बीमाको हकमा दाबी निवेदनका लागि निश्चित समय अवधि तोकिएको भए पनि मृत्यु दाबीका लागि सामान्यतया समय सीमाको पाबन्दी लगाइएको हुँदैन । तर, यसो भन्दैमा ढिलो गरी बीमकलाई जानकारी गराउँदा बीमा दाबीको निवेदनमा सुनुवाइ नहुने वा दाबी नलाग्ने जोखिम हुन सक्छ।

५. इच्छ्याइएका व्यक्तिको विवरण

यदि तपाइँले बीमालेखमा आफ्नो शेषपछि बीमाको दाबी लाग्ने व्यक्तिको सम्बन्धमा विवरणहरु बीमालेखमा वा पछि अध्यावधिक गर्नु भएको छैन भने बीमकले दाबी भुक्तानीका सम्बन्धमा कानूनी अड्चन सिर्जना गरिदिन सक्छ। यद्यपि, यस सम्बन्धित प्रावधानहरु बीमा अस्वीकार गर्न सक्छ। मानिसहरुले युवा हुँदा जीवन बीमा खरिद गर्ने र आफ्ना आमाबाबुको नाम मनोनीत रूपमा राख्नु सामान्य भएकोले, तिनीहरुले मनोनीत विवरणहरु अद्यावधिक गर्न असफल हुन सक्छन्। तसर्थ, यस्तो अवस्थाबाट बच्न नामांकन विवरणहरु अद्यावधिक राख्नु महत्वपूर्ण छ।

अस्वीकृत जीवन बीमा दाबीविरूद्ध कसरी कानुनी उपचार खोज्ने ? यदि जीवन बीमकले दाबी अस्वीकार गरेको छ भने तपाइँले वा तपाइँको परिवारको सदस्यले यी सुझाव पालना गर्न सक्नुहुन्छः

१. बीमकबाट प्राप्त दाबी अस्वीकृत पत्रको समीक्षा गर्नुहोस्

बीमा कम्पनीले बीमा दाबी अस्वीकृत गरेपछि त्यस्तो अस्वीकृत गरिएको कारण स्पष्ट रुपमा खुलाएको दाबी अस्वीकरण पत्र प्राप्त गर्ने अधिकार बीमित वा आश्रितका रुपमा तपाइँसँग हुन्छ। बीमकले दाबी अस्वीकृत गरिदिएको अस्वीकार पत्रलाई जाँच गर्नुहोस् । तपाइँले यस्तो पत्रका सम्बन्धमा बीमाबारे जानकारी राख्ने वा तपाइँको अभिकर्तासँग परामर्श लिनु उपयुक्त हुन सक्छ।

२. बीमा कम्पनीको ग्राहक सेवालाई सम्पर्क गर्नुहोस्

यदि तपाइँलाई दाबी अस्वीकारको कारण अमान्य छ जस्तो लाग्छ भने दाबी लाग्ने आधार स्पष्ट रुपमा खुलाएर कम्पनीको गुनासो सुन्ने अधिकारीलाइ पत्र लेख्नुहोस्। यस्तो पत्राचार गरेको प्रमाण आफूसँग सुरक्षित राख्नुहोस् ।

पत्राचार गरेको २४ घन्टाभित्र पत्र प्राप्त भएको पुष्टि गर्ने सूचना र ४८ घन्टाभित्र पत्रको लिखित जबाफ प्राप्त नभएको अवस्थामा तपाइँले बीमा नियामकको ढोका घच्घच्याउन सक्नुहुन्छ।

३. बीमा प्राधिकरणमा उजुरी गर्नुहोस्

यदि तपाइँ कम्पनीको प्रतिक्रियासँग असन्तुष्ट हुनुहुन्छ भने, तपाइँले तत्कालै आफूसँग भएको कागज प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दर्ता गर्न सक्नुहुन्छ। प्राधिकरणमा उजुरी दर्ता गर्नका लागि प्राधिकरणको बेवसाइटमा उपलब्ध अनलाइन फारममार्फत, ई–मेल ठेगानामार्फत, टेलिफोन सम्पर्कमार्फत, पत्राचारमार्फत वा प्राधिकरणको कुपण्डोल कानदेवता थानस्थित केन्द्रीय कार्यालयमा उजुरी दर्ता गर्न सक्नुहुन्छ।

पुनरावेदन तहको अदालतसरह न्यायिक अभ्यासको अधिकार प्राप्त प्राधिकरणले जायज दाबी छ र बीमकको पक्षबाट भएका त्रुटिका कारण दाबी अस्वीकृत गरिएको छ भने तपाइँको पक्षमा बीमकलाई निर्देशन दिन सक्ने सम्भावना अधिक हुन्छ। नियामकले समग्रमा बढीभन्दा बढी दाबी भुक्तानी दिलाएर बीमाको प्रसारका लागि अझै उपयुक्त वातावरण निर्माण गर्नुपर्छ भन्ने मूल ध्येय लिएकाले बीमितको पक्षमा यस्तो निर्णय आउने संभावना अधिक हुन्छ।

तपाइँले जानी राख्नुपर्ने महत्वपूर्ण तथ्य के हो भने बीमकले जति सहज रुपमा बीमाको प्रस्ताव स्वीकार गर्छन्, त्यति नै गहन रुपमा मृत्यु दाबीको अनुसन्धान गर्छन् । त्यसैले बीमितका रुपमा सर्वसाधारणले जहिले गुनासो गर्छन्, पैसा लिने बेलामा सजिलै तर दिने बेलामा कति दुःख दिन्छ बीमा कम्पनीले।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS