Connect IPS
IME Life

मैलुङ खोला जलविद्युतको साढे २९ लाख कित्ता शेयरको लइकन खुल्दै, कहिलेबाट कारोबार गर्न मिल्ने ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साढे २९ लाख कित्ता बढी शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै कुल २९ लाख ५९ हजार ८७० कित्ता शेयरको लकइन अवधि आउँदो साउन २६ गते सकिने जानकारी गराएको हो। जसमा संस्थापक शेयर २५ लाख ७७ हजार कित्ता, स्थानीयको शेयर ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीको शेयर १४ हजार ७२६ कित्ता शेयरको छ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २६ गते बाँडफाँट गरिएको थियो। सोही बाँडफाँटको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्ष लकइनमा राख्नुपर्ने धितोपत्र बोर्डको नियम रहेको छ।

धितोपत्र बोर्डको नियमबमोजिम नै कम्पनीको लइकनमा रहेका शेयरको कारोबार आउँदो साउन २६ बाट खुल्ने भएको हो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS