Connect IPS
IME Life

बुद्ध एयरको नयाँ विमान काठमाडाैं अवतरण, बेडामा अब कुल १८ विमान(भिडियो सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ओमानको राजधानी मस्काट विमानस्थलबाट उडान भरेको बुद्ध एयरको नयाँ एटिआर ७२-५०० मोडलको विमान शुक्रबार राति काठमाडौं आइपुगेको छ । विमान राति नाै बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यो विमान २४ जुनमा फ्रान्सको टोलाउज विमानस्थलबाट उडेको थियो । नागरिक उड्ययन प्राधिकरणबाट नाइन एन एएनजे संकेत नम्बर प्राप्त ७२ सिटे यो विमान थपिएसँगै बुद्ध एयरसँगको कुल विमान संख्या १८ पुगेको छ। जसमध्ये ३ वटा ४२ सिटे र बाँकी ७२ सिटे रहेको छ ।

Prabhu
Crest
त्रिभूवन विमानस्थलमा शुक्रबार अवतरण गरेको बुद्ध एयरको नयाँ विमानका साथ चालक दलका सदस्य र बुद्ध एयरका प्रतिनिधिहरू

बुद्ध एयरले हाल ३ वटा एटिआर ४२ र बाँकी एटिआर ७२ विमानसहित कुल १७ वटा विमानमार्फत् दैनिक १ सय ४८ पटक सम्म उडान भर्दै आएको छ । यसले भारतको बनारसमा समेत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

निजी क्षेत्रको सबैभन्दा ठूलो यो वायू सेवा कम्पनीले वर्षमा झण्डै ३० लाख यात्रुलाइ हवाइ उडान सेवा प्रदान गरिरहेको छ ।

फ्रान्सको टोलाउज विमानस्थलबाट २४ जुनमा उडान भरेको यो विमान त्यहाँबाट पहिले माल्टाको विमानस्थलमा अवतरण गरेको थियो । माल्टामा विश्रामका क्रममा इन्धन भरेपछि यो विमान पुनः त्यहाँबाट उडान भरेर ओमानको मस्काटबाट भारत हुँदै काठमाडाैं अवतरण गरेको हो ।

बुद्ध एयरले स्पेनी वायू सेवा कम्पनी बिन्टर एयरलाइन्ससँग यो विमान खरिद गरेको हो । बिन्टर एयरलाइन्सले १४.४ वर्ष पुरानो विमान १५ अक्टुबर २०२३ देखि उडान भर्न गरेर थन्काएको थियो । व्यवसायीक उडान बन्द भएपछि झण्डै आठ महिना थन्काइएको यो जहाज बुद्ध एयरले खरिद गरेको हो । बिन्टर एयरलाइन्सले एटिआर ७२-६०० मोडलको विमानमार्फत् उडान भर्ने योजनासहित एटिआर ७२-५०० टर्बोप्रोप मोडलका सबै विमानबाट उडान बन्द गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS