GBIME
IME Life

बैंकहरुले अग्राधिकार शेयर जारी गर्न पाउने बाटो खुल्यो, राष्ट्र बैंकले तोक्यो यस्ता १२ सर्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अग्राधिकार शेयर जारी गर्न पाउने बाटो खुला गरिएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुले अग्राधिकार शेयर जारी गर्न पाउने व्यवस्था थप गरेको हो। यसअघि यस्तो व्यवस्था थिएन।

संशोधित निर्देशनअनुसार अब बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सक्ने छन्। यसका लागि केन्द्रीय बैंकले १२ सर्त अघि सारेको छ।

SKYWELL
Crest

यस्ता छन् सर्त

१. अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न पाइने छैन।

२. अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ।

३. अविमोच्य असञ्चिति अग्राधिकार शेयर इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नुपर्नेछ। साथै यस्तो शेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।

४. अविमोच्य असञ्चिति अग्राधिकार शेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ।

५. अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित इजाजतपत्रप्राप्त संस्थामा निहित हुनेछ र यससम्बन्धी व्यवस्था इजाजतपत्रप्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ। साथै, यस्तो शेयरमा प्रदान गर्ने लाभांश दर समेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ।

६. अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।

७. अविमोच्य असञ्चिति अग्राधिकार शेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा:

(क) अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो शेयर साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्नुपूर्व यस बैंकको स्वीकृति लिनुपर्नेछ।

(ख) यस व्यवस्थाका लागि साधारण शेयर प्राथमिक पुँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।

(ग) खण्ड (ख) बमोजिम अविमोच्य असञ्चिति अग्राधिकार शेयरलाई संस्थापक समूहको साधारण शेयरमा परिणत गर्नुपर्नेछ। यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि÷सुत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ।

८. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्दा यस प्रकारको शेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई रिस्क डिस्कोल्जर स्टेटमेन्ट सार्वजनिक गर्नुपर्नेछ।

९. इजाजतपत्रप्राप्त संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा लगानी गर्ने लगानीकर्ताबाट देहायबमोजिम व्यवस्था समेत समावेश गरी लिखित सहमति लिनुपर्नेछ:

(क) उपबुँदा ८. बमोजिम रिस्क डिस्क्लोजर स्टेटमेन्ट लगानीकर्ताहरुले प्राप्त गरेको।

(ख) विवरणपत्रमा उल्लिखित सम्पुर्ण व्यवस्था तथा शर्त पढेको र बुझेको।

(ग) लगानीकर्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको।

१०. इजाजतपत्रप्राप्त संस्था खारेजी भएको अवस्थामा अविमोच्य असञ्चिति अग्राधिकार शेयरको भुक्तानी साधारण शेयरभन्दा अगाडि तर पूरक पुँजी मा समावेश भएका नियामकीय पुँजी उपकरणहरु, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने।

११. राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप शर्तहरु तोक्न सक्नेछ।

१२. उपर्युक्त व्यवस्था क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५ लागू हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागू हुनेछ।

यसैगरी संशोधित निर्देशनमार्फत अन्तिम लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणका आधारमा कायम रहेको प्राथमिक पुँजीको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक शर्त तोकी डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ।

यसअघिको निर्देशनमा सञ्चित नोक्सानी बाँकी नरहेका इजाजतपत्रप्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको सतप्रतिशतसम्मको डिबेञ्चर÷अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन पेश गर्नुपर्ने व्यवस्था थियो। त्यस्तो निवेदन माथि आवश्यक छानबिन गरी उपयुक्त ठानेमा यस बैंकले डिबेञ्चर तथा अन्य ऋण उपकरण जारी गर्ने स्वीकृति दिन सकिने व्यवस्था थियो।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS