GBIME
IME Life

प्राइम बैंक, क्लासिक सुट्स ट्रेर्डस, सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामख स्थित क्लासिक सुट्स ट्रेर्डस बीच छुट सम्झौता भएको छ । कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड भलवारी शाखाका शाखा प्रमुख ध्रव भण्डारीले जानकारी गराए ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई क्लासिक सुट्स ट्रेर्डसमा स्कुल,कलेज ,अफिस ड्रेस,दौरा सुरुवाल लगायत बिभिन्न कपडा सिलाउन तथा रेडिमेड ब्लेजर खरिद गर्दा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

SKYWELL
Crest

त्यस्तै प्राइम कमर्सियल बैंक र भलवारी शाखा मार्फत तिलोत्तमा–५ स्थित लुम्बिनी आई केयर अप्टिकल एण्ड कन्ट्याक्ट लेन्स क्लिनिक तथा तिलोत्तमा–७ स्थित सुनगाभा रिर्सोट बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार रिर्सोटमा बैंकका कर्मचारी र ग्राहकहरुलाई खाना र कोठामा १० प्रतिशत छुट प्रदान गरिनेछ।

साथै लुम्बिनी आई केयरमा कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ । सम्झौता अनुसार मोतीयाबिन्दुको शल्यक्रिया ९ प्रतिशत,सर्जरीमा १० प्रतिशत, पेट्रीजियम सर्जरीमा १० प्रतिशत, चालाजयिन सर्जरीमा १० प्रतिशत, अप्टिकल फ्रेममा १५ प्रतिशत, ब्रांकेड लेंसद्वारा जीस, होया, सिक्रोनी र एस्सिलोरमा ३ प्रतिशत, रेगुलररलोकल लेन्समा ५ प्रतिशत र प्रिस्क्रिप्शन कन्ट्याक्ट लेन्समा ४ प्रतिशत छुट प्रदान गरिनेछ ।
हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS