GBIME
IME Life

बजारमा रु. ६ खर्ब ६७ अर्ब नगद परिचालन, सरकारी कोषमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा ६ खर्ब ६७ अर्ब रुपैयाँ बढी नगद परिचालन गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो।

वित्तीय विवरणअनुसार बजारमा जेठसम्म ६ खर्ब ६७ अर्ब ६३ करोड रुपैयाँ नगद परिचालन रहेको छ। २०८० असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ११ महिनामा नगद परिचालन ६.६९ प्रतिशतले बढेको छ।

SKYWELL
Crest

यो ११ महिनामा सरकारी कोष ३९१.४६ प्रतिशतले बढेको छ। २०८० असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। गत जेठसम्म सरकारी कोषको आकार बढेर २ खर्ब २१ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

जेठसम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब ६० अर्ब २५ करोड रुपैयाँ रहेको छ। २०८० असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो। आईएमएफसँग सम्बन्धित दायित्व ३८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ रहेको छ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS