GBIME
IME Life

दुई लघुवित्तको शेयर कारोबार रोक्का

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । दुबै लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट आगामी असार २७ गतेबाट एकीकृत कारोबार गर्दैछन् ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९” को दफा ९ मा भएको व्यवस्था बमोजिम हुने गरी संस्थाको शेयर कारोबार रोक्का राख्ने व्यवस्था भए बमोजिम यी कम्पनकिो शेयर कारोबार रोक्का भएको हो ।

SKYWELL
Crest

नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न गत जेठ २९गते अन्तिम स्वीकृति दिएको थियो ।

1719140942451

जाल्पाको १ कित्ता शेयर बराबर किसान लघुवित्तको ०.८८३४ कित्ताको स्वाप रेसियोको आधारमा मर्जर भएको हो । हाल जाल्पा लघुवित्तको चुक्तापूँजी १६ करोड छ भने किसान लघुवित्तको चुक्तापूँजी ४७ करोड १३ लाख रुपैयाँ छ ।

मर्जरपश्चात वित्तीय कम्पनीको केन्द्रीय कार्यालय हाल किसान लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय रहेको स्थान लम्कीचुहा ४, कैलाली र कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८, काठमाडौंमा रहने जनाइएको छ ।

असार २७ गतेदेखि यी दुई लघुवित्तले एकीकृत कारोबार शुरु गर्ने भएकाले असार २६ गतेका दिन यी दुई वर्ट लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द हुने जनाइएको छ ।

1719138055857

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS