IME Life
GBIME

प्रतिस्पर्धीहरू घरेलु रूटमै अल्झि रहँदा सिक्किममा उडानको तयारी गर्दै बुद्ध एयर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अन्य प्रतिस्पर्धी कम्पनीले स्वदेशी गन्तव्यमा हवाई सेवा बिस्तारका लागि विमान थपि रहेका बेला बुद्ध एयरले भारतमा नयाँ गन्तव्यहरूको खोजी शुरू गरेको छ । बुद्ध एयरले काठमाडौंबाट उत्तरपूर्वी भारतको सिक्किम राज्य अन्तर्गत पर्ने पाक्योङ सम्म हवाई उडान भर्नका लागि संभाव्यता अध्ययन शुरू गरेको हो ।

बुद्ध एयरले अहिले भारतको धार्मिक स्थल बनारस सम्म सातामा दुई पटक उडान भर्दै आएको छ।जनकपुरदेखि अयोध्यासम्मको नयाँ रुटको लागि स्वीकृति कुरी रहेको छ ।

Crest

आसामट्रिब्युनका अनुसार एयरको टोलीले पाक्योङ पुगेर त्यहाँको विमानस्थलका ट्राफिक कन्ट्रोलरसँग विमानस्थलको पूर्वाधार र क्षमताबारे जानकारी लिएका थिए । विमानस्थल निर्देशक एसके सिंहले संभाव्यताबारे जानकारी गराएका थिए ।

बुद्धएयरको तर्फबाट उदयकृष्ण श्रेष्ठ, ओम प्रधानाङ्ग र जीवन बस्नेत सहभागि थिए । समाचार अनुसार एयरले दैनिक दुई उडान सञ्चालन गर्ने योजना बनाएको छ । यो उडान अन्तर्गत काठमाडौंबाट पाक्योङको लागि सिधा र दोस्रो रुट अन्तर्गत काठमाडौंबाट पाक्योङ हुँदै गुवाहाटीसम्मको उडान।

काठमाडौंबाट पाक्योङको सिधा उडानमा करिब एक घण्टा लाग्ने अनुमान गरिएको छ । पाक्योङबाट गुवाहाटीको उडानमा करिब ३५ मिनेट लाग्ने छ । प्रारम्भिक अध्ययन प्रतिवेदनका अनुसार काठमाडौंदेखि पाक्योङ रुटको भाडा भारु ६ हजार र भारु ७,००० सम्म कायम हुन सक्नेछ । पाक्योङ विमानस्थलका निर्देशक सिंहले भाडालाई भारू ५,००० देखि भारू ६,००० को बीचमा कायम राख्न अनुरोध गरिनेछ। बुद्ध एयर नयाँ रुटको सम्भावित मागमा विश्वस्त रहेको समेत सिंहले बताए छ ।

बुद्ध एयरले  बुद्धले हाल ७२ यात्रु क्षमताको एटीआर ५०० विमान प्रयोग गर्ने गरी नयाँ उडानको प्रस्ताव गरेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

7%

अचम्मित

4%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS