SKIP THIS

National Insurance
IME Life

जीवन बीमा व्यवसायमा फड्को मार्दै आइएमई लाइफ, यस्तो छ ५ वर्षे इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । २०७४ भदौ १ गतेदेखि कारोबार सञ्चालनमा आएको आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक सुरक्षा, बचत तथा लगानीलगायतका ग्राहकका विभिन्न आवश्यकतासँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ। नेपालको प्रतिष्ठित र अग्रणी व्यावसायिक समूह आइएमई ग्रुपद्वारा प्रवर्द्धित विभिन्न कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स कम्पनी पनि एक हो।

दक्ष तथा अनुभवी व्यवस्थापनद्वारा सञ्चालित आइएमई लाइफको अध्यक्षमा डा रामहरि अर्याल छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कवि फुयाँल छन्। कुशल व्यवस्थापकका रुपमा चिनिएका फुयाँल करिब ४ वर्षदेखि आइएमई लाइफको सीईओ छन्। फुयाँलले व्यवस्थापनको नेतृत्व सम्हालेयता आइएमई लाइफले बिजनेस ग्रोथलगायत अधिकांश वित्तीय सूचकमा प्रगति हासिल गरेको छ।

Prabhu
Crest

बीमा शुल्कआर्जन

कम्पनीले आव २०७५।७६ मा ९१ करोड ८९ लाखकुलबीमाशुल्कआर्जन गरेको थियो भने आ.व. २०७६।७७ मा १ अर्ब ४१ करोड ४२ लाखपुगेको छ। कुल बीमाशुल्क आर्जनमा तीव्रता हसिल गरी कम्पनीले आव २०७९।८० मा ४ अर्ब १८ करोड ७० लाख कुल बीमाशुल्क आर्जन गर्न सफल भएको देखिन्छ। साथै चालु आवको चैत्र मसान्तसम्म ३ अर्ब २९ करोड १५ लाख संकलन गर्न सफल भएको छ।

कुल बीमाशुल्क वृद्धिदर

पछिल्लो ५ आर्थिक वर्ष (२०७५–८०) सम्मको तथ्यांक हेर्ने हो भने कम्पनीको व्यापारले निकै फड्को मारेको छ। यो अवधिमा कम्पनीको कुल बीमाशुल्कको वृद्धिदर जीवन बीमा उद्योगको भन्दा निकै नै माथि देखिन्छ। आव २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० मा क्रमशः वृद्घिदर ७१.१८%, ५३.९०%, ९९.५४%, २६.८८%, १६.९३%, रहेको छ र चालु आव चैत मसान्तसम्मको कम्पनीको कुल बीमाशुल्कको वृद्धिदर १०.२३% रहेकोमा सोही अवधिमा जीवन बीमा उद्योगको कुल बीमाशुल्कको वृद्धिदर ५.१८% मात्र रहेको देखिन्छ।

खुद नाफा

कम्पनीको खुद नाफा पनि सन्तोषजनक देखिएको छ। चालु आवको चैत्र मसान्तसम्ममा अपरिष्कृत विवरणअनुसार ३३ करोड १६ लाख रुपैया नाफा आर्जन गरेको छ। त्यसैगरी आव २०७९।८० मा कम्पनीले २१ करोड नाफा आर्जन गरेको थियो। अघिल्लो आव २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९ मा क्रमशः रु. ११ करोड ३० लाख, रु. १९ करोड ८६ लाख, रु. २१ करोड ६८ लाख र रु. ३२ करोड ५४ लाख नाफा आर्जन गरिसकेको थियो।

प्रतिशेयर बुक भ्यालु

चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीको प्रतिशेयर बुक भ्यालु १७७.२५ रुपैयाँ रहेको छ। अघिल्ला आवहरु २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० मा क्रमशः ११७.०९ रुपैयाँ, १३१.२६ रुपैयाँ, १५२.५१ रुपैयाँ, १७६.५३ रुपैयाँ र १७०.५४ रुपैयाँ थियो।

प्रतिशेयर आम्दानी (ईपीएस)

चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ११.०५ रुपैयाँ रहेको छ। अघिल्ला आवहरु २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० मा क्रमशः ८.०७ रुपैयाँ, १४.१९ रुपैयाँ, २१.१६ रुपैयाँ, २३.२४ रुपैयाँ र १० रुपैयाँ थियो।

जीवन बीमा कोष

चालु आवको चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा रु. ८ अर्व ९० करोड रहेको छ। अघिल्ला आवहरु २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० मा क्रमशः रु. ८७ करोड ४३ लाख, रु. १ अर्ब ६४ करोड ९२ लाख, रु. ३ अर्ब ५ करोड ६३ लाख, रु. ४ अर्ब ६२ करोड ६४ लाख र रु. ७ अर्ब ५ करोड ७४ लाख थियो।

व्यवस्थापन खर्च अनुपात

कम्पनीको व्यवस्थापन खर्च र कुल बीमा शुल्कको अनुपात घट्दो क्रममा रहेको छ। यस आर्थिक वर्षको चैत्र मसान्तसम्ममा सो अनुपात १४.६२ प्रतिशत रहेकोे र अघिल्ला आवहरु २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९, २०७९।८० मा क्रमशः ३४.८७ प्रतिशत, २९.५३ प्रतिशत, २१.७२ प्रतिशत, १८.१२ प्रतिशत र १४.१९ प्रतिशत थियो।

सोल्भेन्सी अनुपात

कम्पनीको सोल्भेन्सी अनुपात गत आर्थिक वर्षको बीमांकीय प्रदिवेदनबमोजिम सो अनुपात २.८ रहेकोे छ। अघिल्ला आवहरु २०७५।७६, २०७६।७७, २०७७।७८, २०७८।७९ मा क्रमशः १.४५, १.५१, १.९१ र २.३३ थियो।

प्रिमियमका आइपीओ ल्याएपछि आइएमई लाइफको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुगेको थियो। नियामक नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुका लागि न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुर्याउने व्यवस्था गरेको थियो। कम्पनीले आर्थिक वर्ष २०७९।८० का लागि चुक्तापुँजीको कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्दैछ। जसमा २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.३२ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँबराबरको नगद लाभांश छन्। बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

आइएमई लाइफको वार्षिक साधारणसभा भोलि जेठ २८ गते डाकिएको छ। सोही सभाले लाभांश पारित गरेपछि शेयरधनीले पाउनेछन्।

हाल आइएमई लाइफले १४४ शाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। यो कम्पनीमा ३५ हजार १७४ अभिकर्ता आबद्ध छन् भने कर्मचारीको संख्या २६४ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS