Connect IPS
IME Life

बीमाको बिगुल फुक्दै हिँड्न पाउँदा सन्तुष्ट छन् कृष्ण, भन्छन्ःअभिकर्ताले भ्रमको खेती त्याग्नुपर्छ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कृष्णप्रसाद गैरे छोटो समयमा नै बीमा क्षेत्रमा नाम कमाउन सफल व्यक्ति हुन्। कृष्ण हाल सिटिजन लाइफ इन्स्योरेन्समा आबद्ध छन्। उनलाई बीमा शिक्षाका बारेमा जनचेतना फैलाउने व्यक्तित्व भन्दा पनि फरक पर्दैन। २०४० सालमा बागलुङको ढोरपाटन नगरपालिका–४ मा जन्मिएका कृष्ण हाल काठमाडौंमा बसोबास गर्दै आएका छन्। उनले प्लस टुसम्मको अध्ययन गरेका छन्। उनले यस पेसामा आबद्ध भएको १ वर्षमै राम्रो सफलता हासिल गरेका छन्। सानैदेखि मेहनती कृष्णले अहिले पनि आफ्नो लगनशीलताले गर्दा पनि सफलता भेटाएका छन्।

कृष्ण २०६४ सालमा वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका थिए। घर आएको समय २०७४ सालमा कृष्णले केही समयको अन्तरालमा आमा–बुवा नै गुमाउन पुगे। आमा–बुवा गुमाउनुको पीडाले गर्दा कृष्ण फेरि वैदेशिक रोजगारीका लागि कदम चाल्न सकेनन्। आमा–बुवा गुमाउनुको पीडा खेपिरहेका कृष्णले वैदेशिक रोजगारको यात्रालाई टुंग्याउने निधो गरेर घरमै बसे। पारिवारिक चपेटामा परेका कृष्णले केही समयपछि सानोतिनो व्यापार गर्ने सोच राखे। विदेशमा कमाएको सबै आम्दानीलाई लगानीका रुपमा कृष्णले एक साथीसँग मिलेर व्यवसाय सुरु गरे। बजारको तरल अवस्था, आर्थिक मन्दीलगायतका विभिन्न कारणले २ वर्षपछि कृष्णको पसल पनि डुब्यो।

Prabhu
Crest

एकातिर आमा–बुवा गुमाएको पीडा अनि अर्कोतिर विदेशमा कमाएएको पैसाले लगानी लगाएको पसल डुब्दा कृष्णलाई धेरै गाह्रो भयो। त्यसपछि कृष्ण २ वर्षसम्म केही पनि नगरी घरमा नै बसिरहे।

यसरी जोडिए बीमा क्षेत्रमा
हरेक चपेटामा डुबेका कृष्ण धेरै निराश बनेका थिए। केही कामधन्दा नगरी घरमा नै बसिररहेको समयमा कृष्णलाई उनकी दिदीसासु जमुना कंडेलले कहिले–काहीँ भेटेर वा फोन गरेर अब केही काम गर्नुपर्छ भनेर सम्झाउने गरेकी थिइन्। ती दिदीसासु सिटिजन लाइफमा आबद्ध थिइन्। उनले धेरै अघिदेखि कृष्णलाई अभिकर्ता बनेर काम गर्न सल्लाह दिँदै आएकी थिइन्। तर, कृष्णलाई भने बीमा अभिकर्ता पेसाप्रति खासै रुचि थिएन। ‘ज्वाइँ तपाइँ यसरी नबस्नुस्, व्यापार–व्यवसाय डुबेर के भयो त? हामी छौँ नि। इन्योरेन्स कम्पनीमा आउनुस्, मिलेर काम गर्नुपर्छ, तपाइँका लागि हामी छौँ’ भन्ने सुझाव ती दिदीसासुले दिएपछि कृष्णले पनि ‘ठीकै छ नि त’ दिदीले भन्नु भएको काम राम्रो होला भनेर स्वीकार गरे। अन्नतः कृष्णले २०८० साल जेठमा अभिकर्ता लाइसेन्स लिएर काम गर्न थाले। विगतलाई सम्झिँदै कृष्ण भन्छन्, ‘दिदीले गर्दा मैले यो अवसर पाएँ।

दुःखमा भएको मलाई सहारा दिएर आज सफलताको सतमार्गमा ल्याइदिनुभयो। म दिदीप्रति धेरै आभारी छु। दिदीको २–३ वटा बोलीले मलाई आज यो स्थानसम्म ल्याइपुर्यायो। जुन मेरो जीवनका लागि सबैभन्दा उत्कृष्ट क्षण हो।’

अभिकर्ताको लाइसेन्स लिइसकेपछि पहिलो बीमा आफ्नै भान्जाको गराएका हुनाले बीमा बुझाउन खासै गाह्रो नभएको कृष्णले बताए। त्यसपछिको दिनमा आफूलाई पछाडि फर्किएर हेर्न नपरेको कृष्ण बताउँछन्। सुरुमा यो पेसामा अलि गाह्रो भएको उनको अनुभव छ। ‘म प्रायः घरभित्र बस्ने मान्छे, खासै अरुसँग त्यति घुलमिल पनि थिएन, त्यसैले बीमा गराउन गाउँ–गाउँ हिँड्न अनि बीमा बुझाउन गाह्रो भएको थियो’, उनले भने, ‘सिटिजन लाइफ परिवारको साथ र सपोर्टले गर्दा मलाई पछि सहज नै भयो। अहिले यो पेसाप्रति धेरै सन्तुष्ट छ।’

‘यो पेसामा लागेपछि मेरो जीवनमा धेरै परिवर्तन आए। तल्लो तहको मान्छेदेखि माथिल्लो तहको मान्छेलाई समेत भेट्ने मौका पाएँ’, कृष्ण भन्छन्, ‘आर्थिक पाटो पनि बलियो भयो। समाजिक काम पनि भएकाले मैले पुन्यको काम गरिरहेको छु जस्तो लाग्छ।’

बीमाको महत्व धेरै छ
मानव जीवनमा जे पनि हुन सक्छ। भोलि कसले देखेको छ र ? मानव जीवनमा बीमा अनिवार्य रहेको बताउने कृष्ण आफ्नै परिवारमा ठूलो दुर्घटना भएर मानवीय तथा आर्थिक क्षतिको चपेटामा गुज्रिएका एक पीडित हुन्। आफ्नो परिवारमा भएको दुर्घटना सम्झिँदै कृष्णले भने, ‘मानवीय जीवन न हो, जे पनि हुन सक्छ। त्यही भएर पनि बीमा सबैका लागि अनिवार्य छ। मेरो परिवार घुम्न जाने क्रममा जिप दुर्घटना भयो, हामीलाई ठूलो बज्रपात नै पर्यो। तर, हामीले बीमा गराएका थियौँ। बीमाबापतको रकम पायौँ। भोलि मलाई केही भइपरी आयो भने मेरो परिवारले राहत पाउनेछ। भोलि मलाई जस्तो आपत अरुलाई पनि पर्छ भन्ने सोचेँ र बीमा क्षेत्रमा अघि बढ्ने प्रेरणा आफैँले अगाडि बढाएँ।’

‘जीवन बीमा भविष्यमा पर्ने जुनसुकै क्षति तथा जोखिम, जन्मसँगसँगै मृत्यु अनिवार्य छ। सबै मृत्यु प्राकृतिक रुपमा हुन्छन् भन्ने छैन। कुनै–कुनै अकाल तथा अस्वाभाविक पनि हुन्छ। त्यसकारण जीवन तथा सम्पत्ति जसरी सिर्जना भएको हुन्छ, त्यसैगरी जीवनको मृत्यु तथा सम्पतिको नाश हुन्छ। यसले पार्ने प्रभाव मानवीय रुपमा तथा भौतिक रुपमा विकराल हुन सक्छ। जसका लागि जोखिमको सिद्धान्तअनुसार बीमालाई सम्भावित जोखिमबाट पर्न सक्ने असरहरुलाई कम गर्न बीमा अनिवार्य गर्नुपर्दछ’, कृष्णले भने, ‘त्यसैले वित्तीय व्यवस्थापनका रुपमा पनि बीमालाई अनिवार्य अँगाल्नुपर्छ।’

‘जीवन बीमा बचत, सुरक्षा तथा लगानी तीनवटै कुरा भएकाले म बीमाप्रति आकर्षित भएँ’, बीमालाई एकेडेमिक रुपमा व्याख्या गर्दै कृष्णले भने’, ‘मैले बीमा क्षेत्रमा बल्ल १ वर्ष पूरा गरेँ। धेरै बीमितसँग सम्बन्ध गाँसे र जीवन बीमा लगानी बचत तथा सुरक्षा हो भन्ने चेतना फैलाउन सफल भएको छु।’

बीमा अभिकर्ता पेसा सामाजिक पेसा रुपमा लिन्छन्, कृष्ण। भन्छन्, ‘बीमा पनि व्यापार नै हो तर सेवामुखी व्यापार हो।’ अभिकर्ताहरुले आफ्नो कर्तव्य निर्वाह गरेमा यो पेसा सम्मानित तथा मर्यादित पेसा रहेको उनी सुनाउँछन्। अभिकर्ता पेसालाई मर्यादित र सम्मानित बनाउन बीमा कम्पनीहरु तथा बीमा प्राधिकरणको पनि उत्तिकै भूमिका रहने उनको बुझाइ छ।

बीमा अभिकर्ताहरुले बचेको बीमा पोलिसी सीधै कम्पनीले पास नगरी त्यसमा कम्पनीले बीमितको आयस्रोत, रोग लागेको छ कि छैन? लगायतका विविध कुराहरुको खोज अनुसन्धान गरेरमात्रै पास गर्नुपर्ने कृष्णको सुझाव छ। बीमा अभिकर्ताले गहिरो रुपमा अध्यन गरी कुन अबस्थामा कसरी बीमा दाबी भुक्तानी हुन्छ । त्यो कुरा बीमितलाइ राम्रोसँग बुझाइ बीमितको परिवारको आयस्रोतका आधारमा बीमा गराउनुपर्छ उनले सुझाब दिएका छन् ।

बीमा कम्पनी र बीमितको बीचमा मध्यस्थकर्ताका रुपमा काम गर्ने व्यक्ति अभिकर्ता हो। सरल, मिजासिलो, लगनशील, निरन्तरता, धैर्यताजस्ता गुण एक बीमा अभिकर्तामा हुनुपर्ने कृष्णको भनाइ छ। साथै, जोसुकै बीमा अभिकर्ता आफू आबद्ध भएको कम्पनीमा रहेका बीमा पोलिसी, कम्पनीको प्रोफाइलका बारेमा जानकार हुनुपर्नेमा उनको जोड छ। बीमाको प्रचार–प्रसार गर्दा ‘यति वर्षभित्र डबल हुन्छ, तपाइँको पैसा’ भनेर फैलाउने झुट्टो भ्रमलाई त्याग्नसमेत उनले अभिकर्तासँग आग्रह गरे।

बीमा क्षेत्रमा लागेर पाएका सफलता बारे चर्चा गर्दै कृष्ण भन्छन्, ‘मैले यस पेसाबाट सबै पाएँ। आर्थिक र सामाजिक क्षेत्र बलियो भयो। यो पेसाप्रति म गर्व गर्छु। मैले बीमा कम्पनीबाट दिने हरेक टार्गेट मिट गरेको छु। मिट गर्न सधैँ प्रतिबद्ध हुन्छु। मैले बीमा अभिकर्ता पेसा अँगालेपछि जीवनमा धेरै कुरा सिक्ने मौका पाएँ। ‘हिरो अफ द मन्थ’ ३ पटक भएँ। ‘हिरो अफ द डे’ भएँ। अहिले डायमन्ड क्लबमा क्वालिफायर भएको छु।’
यस कम्पनीप्रति आभार व्यक्त गर्दै कृष्णले थपे, ‘सिटिजन लाइफका कर्मचारी, उच्च पदका कर्मचारी, व्यवस्थापन टिम, सीईओ सबैले मलाई हौसला र प्रोरणा दिएर आज मैले यो सफलता पाएँ। म धेरै खुसी छु।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS