SKIP THIS

National Insurance
IME Life

कर्णाली प्रदेश सरकारले विपद जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कर्णाली प्रदेश सरकारले सामूहिक विपद् जोखिम दुर्घटना बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ। आगामी आर्थिक वर्षका लागि सार्वजनिक नीति तथा कार्यक्रममार्फत् प्रदेश सरकारले यस्तो घोषणा गरेको हो ।

सामूहिक विपद जोखिम दुर्घटना बीमा अन्तर्गत विपदका कारण ज्यान गुमाउने परिवारको सदस्यलाई प्रति परिवार दुई लाख पचास हजार रूपैयाँ क्षतिपूर्ती उपलब्ध गराउने व्यवस्था छ । यो जोखिमको बीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमार्फत् गरिएको छ ।

Prabhu
Crest

प्रदेश सरकारले जोखिमयुक्त, संकटग्रस्त पिछडिएका क्षेत्र र न्यून आय भएका नागरिकका लागि विपद घर सुरक्षा कार्यक्रम सञ्चालन गर्ने समेत घोषणा गरेको छ । साथै विपद व्यवस्थापनको क्षेत्रमा साहसिक र उदाहरणीय कार्य गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

प्रादेशिक सरकारले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन एक जिल्ला एक वेयर हाउजिङ निर्माण कार्यको शुरूवात गर्ने र प्रदेश राजधानी सुर्खेतमा वेयर हाउजमा कन्टेनर उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ। यस कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनका सामाग्री भण्डारणका लागि गोदामको व्यवस्था गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS