Connect IPS
IME Life

अभिकर्ता पेसामा जति धेरै समय दियो, त्यति नै धेरै कमाइ हुन्छ : ओमबहादुर केसी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पेसागत बीमा अभिकर्ता महासंघका केन्द्रीय महासचिव हुन्, ‘ओमबहादुर केसी’। उनी बीमा अभिकर्ताको साझा संगठनमा आबद्ध रहेर केन्द्रीय महासचिवका रुपमा कार्यरत छन्। करिब तीन दशकदेखि नेपाली बीमा क्षेत्रमा आबद्ध उनले ‘इन्स्योरेन्स टक’मा कुनै व्यक्तिले अभिकर्ता बनेसँगै हासिल गर्ने उपलब्धिदेखि भोग्नुपर्ने विद्यमान चुनौतीहरुमा समेत प्रकाश पारेका छन्। उनले उजागर गरेका कतिपय सवालले अभिकर्ताको समस्या र अवसरसँग ठ्याक्कै मेल खानेमा कुनै दुई मत छैन किनकि उनी यही क्षेत्रका दक्ष र अनुभवी पात्र हुन्। प्रस्तुत छ इन्स्योरेन्स टकमा उनै पेसागत बीमा अभिकर्ता महासंघका महासचिव केसीले गरेको कुराकानीको सम्पादित अंशः

कुनै व्यक्तिले बीमा अभिकर्ता बनेपछि के पाउँछन् ? या भनौँ बीमा अभिकर्ता किन बन्ने ?

Prabhu
Crest

बीमा अभिकर्ता किन बन्ने भन्नु हुन्छ भने यसले दुइटा किसिमको अवसर सिर्जना गर्छ। एउटा परोपकारको काम गर्छ, छरिएर रहेको पुँजीलाई र बीमाको ज्ञान नभएका मान्छेहरुलाई बीमासम्बन्धी जानकारी दिन्छ। पुँजीलाई एकीकृत गर्छ। अर्को चाहिँ नेपालको सन्दर्भमा कुनै जागिर गरेर पर्याप्त नभएका व्यक्तिलाई थप जीविकोपार्नमा सघाउँछ।

मूल पेसाका रुपमा बनाउँदा बाँचिन्न ?

अभिकर्तामात्रै भएर बस्नलाई चाहिँ बाँच्न सकिन्छ। यो पेसामा जति समय दियो, यसमा जति ज्ञान आर्जन गर्न सक्यो, त्यति नै उपलब्धि हासिल गर्न सकिन्छ। विश्वका विकसितदेखि अल्पविकसित देशमा नेपालबाहेक यो सम्मानित पेसा हो।

नेपालबाहेक चाहिँ किन भन्नुभयो ?

नेपालबाहेक भन्नुको कारण चाहिँ नेपालमा अभिकर्तालाई हेर्ने दृष्टिकोणको कमी छ। त्यसमा अभिकर्तालाई हेर्ने, राज्यले अभिकर्तालाई हेर्ने र थप बीमा प्राधिकरणले हेर्ने दृष्टिकोणमा नै कमी छ।

तपाइँहरु संगठित भएको लामो समय भइसक्यो। हामी ठीक छौँ भनेर बुझाउन नसक्नु तपाइँहरुको पनि ल्याप्सेस हो कि ?

त्यो पनि एउटा पाटो हो। यो संगठन स्थापना हुँदा थोरै बीमा कम्पनीले हेर्ने कारणले मात्रै संगठित भएको हो। पहिले राष्ट्रिय बीमा संस्थानमा कर्मचारी र त्यहाँका अभिकर्ताको दृष्टिकोणले संगठित बनाएको हो। यो छरिएर रहेको पेसा हो। कस्तो पेसा भन्नुहुन्छ भने अधिकांश अभिकर्ताहरु फुलटाइममा काम गर्ने १० प्रतिशतमात्रै छन्। हामीले सिकाएको पनि त्यस्तै थियो। अब चाहिँ व्यावसायिक अभिकर्ता र फुलटाइम बन्नुपर्छ, त्यसरी उच्च बिन्दुमा पुगिन्छ भनेर बीमा प्राधिकरणसँग सहकार्य गरिरहेका छौँ। हाम्रो फुल कमिटी र बीमा प्राधिकरणले सातै प्रदेशमा तालिम दिनेबारे छलफल गर्दैछ।

तर, एउटा मान्छे बीमा अभिकर्ता भएर कसरी बाँच्छ ? अहिले त एउटा कम्पनी रोज्नुपर्ने बाध्यता छ। एकाघरको बीमा गर्न नमिल्ने व्यवस्था आएको छ। कसरी बाँच्ने ?

सही कुरा गर्नुभयो। हामी नेपालमा बीमा प्राधिकरणको दूरदृष्टिको कमीले हामी कसरी बाँचेका छौँजस्तो लाग्छ। मैले २०५७ सालमा बीमा अभिकर्ताको तालिम लिएको हो। त्यति बेलामा मैले पार्टपाइमका रुपमा गरेँ। म टिचर थिएँ। बीमा समितिले ७ दिनको तालिम दिएको थियो। त्यहाँ आफ्नो एकाघरको परिवारको बीमा गर्न सिकाइएको थियो। आजको अवस्था फरक भएर आउँदा हामी के गर्ने भन्न अन्योलमा छौँ।

तपाइँहरुलाई प्राधिकरणले अविश्वास किन गर्या होला ? तपाइँहरुको अभ्यास त्यस्तो हो कि उहाँहरुको सोच नै नियन्त्रणकारी हो ?

तपाइँले भनेको ठीक हो। तत्कालीन बीमा समितिले एक दशकअघि अन्तरक्रिया गरेको थियो, त्यही बेलाबाट एउटा दूरी कायम भएको थियो। योभन्दा अघिको चैतबाट हाम्रो टिम आएपछि बीमा प्राधिकरण केही पोजेटिभ भएको छ।

खर्बौं पैसा सिस्टममा इन्ट्री गराइदिनु हुन्छ, फेरि पनि विश्वास छैन ?

बीमा अभिकर्ताले आफूले खाई नखाई काम गरे पनि एक अभिकर्ता एक कम्पनी भन्ने नियम ल्याएको अवस्था छ। त्यसरी व्यावसायिक अभिकर्ता बन्दैन।

अप्सन चाहियो ?

हो, अप्सन चाहिन्छ। तपाइँलाई कुन फेबरेबल हो भनेर सोध्नु त पर्यो नि। तपाइँको आयको हिसाबले, व्यवहारिकताको हिसाबले अप्सन दिनुपर्छ। एक अभिकर्ता एक कम्पनी हुँदा कम्पनीमा काम गरेको कर्मचारीजस्तो सुविधा दिइँदैन। त्यसले कसरी जीविकोपार्जन हुन्छ। पलायन हुने अवस्था आएको छ। यसमा बीमा प्राधिकरणले सहजीकरण गर्न आवश्यक छ। बीमा नियमावलीमा अरु सेक्टरमा खाइपाइ आएको सुविधा बढ्छ, अभिकर्ताको हकमा नगेटिभ देखिन्छ। भारतमा अभिकर्तालाई बढाउने गरिन्छ नेपालमा खाइपाइ आएको नखोसोस् भन्ने छ।

आधी मान्छे त भगिसके त ?

हो त।

तपाइँहरुको पक्षमा कम्पनीले पनि लड्दिनुपर्ने है ?

कम्पनीहरुले साँच्चै पेसामा काम गर्ने अभिकर्ता श्रमजीवी हुन् भन्ने बुझ्नुपर्छ।

तपाइँहरुले पार्टटाइम बनाउँदा ती पनि सुक्छन् नि ?

अझै घैँटोमा घाम लागेको छैन। जापान, अमेरिकामा अभिकर्तालाई सुश्चितता गरिन्छ। नेपालमा बीमा प्राधिकरणले निर्देशन गरेर हलचल मच्चाउँछ। दीर्घकालीन सोच छैन, ढुक्क हुने वाताबरण भएन र म आफैँ २०५७ सालमा अभिकर्ता लागेँ, २०६२ सालतिर फुलटाइममा लागेँ। अझै पनि किन फुलटाइममा लागँे भन्ने लागिरहन्छ।

तपाइँहरुले त अब नयाँ पोलिसी नबेचे पनि पुरानैबाट काम चल्छ होला ?

गुजारा चल्छ। तर, ममात्र बाँचेर हुँदैन। मान्छेको चाहना आफू डाक्टर टिचर भए आफ्नो बच्चालाई त्यस्तै बनाउँन चाहन्छन्। अभिकर्ता पेसामा चाहिँ त्यस्तो भएन के।

संसारमा हामी सुन्छौँ बीमा अभिकर्ताहरुको जेट प्लेन छ। तपाइँहरुको पनि २–४ करोडको गाडी हुनुपर्ने ?

मेरो ६ हजार पोलिसी होल्डर भए पनि बच्चा बढाउन र काम गर्न सीमित भइयो।

कति कमाइ गर्नु हुन्छ ?

जेनतेन गुजारा चल्छ।

६ हजार पोलिसी बेच्दा त राम्रो हुन्छ नि ?

नेपालमा १ लाखको पोलिसी बेच्न गाह्रो थियो। अधिकृतको तलब जम्मा ६ हजार थियो। त्यति बेलामा बीमा गराउन गाह्रो थियो। बीमा प्राथमिकतामा थिएन। अहिले मोटरसाइकल र गाडीको बीमा गर्नेले आफ्नो बीमा गर्दैन। अर्बौंको सम्पत्ति भएको मान्छेले त्यस्तो भन्छन्। त्यसमा हामी अभिकर्ता पनि सहरमुखी भएर होला। अर्को भनेको बीमा गर्न दुःख पनि छ। २०६१ सालमा ११ सय पोलिसी बेचेको थियौँ। अहिले ५० वटा बेच्न बाँकी छ।

तपाइँ त नेता पनि हुनुहुन्छ। करोड–करोडको सिंगल प्रिमियम आउलान् नि ?

यो सबैकुराको जबाफ हेर्नुस्, हामीले पनि नियमन मान्नुपर्यो। पदमा बसेर काम गर्दा झन छिट्टै प्रश्न उठ्न पनि सक्छ। यसमा हामीले अगुवा भएकाले नेतृत्व राम्रो लिनुपर्छ भन्ने छ। म अरुको समस्या सुन्दा सुन्दै ५० प्रतिशत व्यक्तिगत लसमा छु।

सन्तान जन्मेको ठाउँमै अभिकर्ता नै पुग्छन् रे नि ?

तपाइँले भनेको कुर ठीक हो। २०६३ सालसम्म हाम्रो जम्मा ५ वटा कम्पनी थिए, अस्वस्थ अवस्था थिएन। पहिले अभिकर्तालाई ग्राहकले नास्ता खुवाएर पठाउँथे। अहिले अस्वस्थ प्रतिस्पर्धा बढ्दा लाइसेन्स बोकेर हिँड्ने धेरै भएका छन्। बीमाबारे जानकारी नभएकाहरु नै बीमा गर डबल हुन्छ भन्न थालेका छन्। यसलाई निर्मूल गर्न अहिले प्राधिकरणले परीक्षा लिन थालेको छ। विस्तार कन्ट्रोल भएको छ। घरमा लाइसेन्स पुर्याउने, कमिसनको नाम देखाउने बजार बिग्रिन्छ। यो सपार्ने नाममा चाहिँ हातको औँलामा घाउ हुँदा उपचार नगरी हातै काट्न खोजेको अवस्था पनि छ।

त्यही त पुरानो पोलिसीमा पनि नयाँ नियम लगाएको देखिन्छ नि ? ३५ देखि ८० सम्म बोनसको प्रचार गरिन्छ नि ?

बीमा प्राधिकरणलाई हामीले भन्दै आएका थियौँ। सबैको प्रिमियम उस्तै छ तर बोसन फरक छ। त्यसको प्रसय बीमा प्राधिकरणले दिएको छ। २५ देखि ८५ रुपैयाँसम्म भनेको छ। आउने त ४० हुन सक्छ। यसलाई राष्ट्र बैंकले डिपोजिटमा कति राख्ने भन्या जस्तै न्यूनतम र अधिकतम गरेमा अभिकर्ताले गाली खानुपर्दैन। रिस्क के हो भन्ने पढाउनु पर्यो।

पहिलो अन्डरराइटर त तपाइँहरु हो नि ?

भनाइमा चाहिँ हो।

केही पनि हेर्नुहुन्न उसो भए ?

बीमा प्राधिकरणलाई पुराना प्रोसनलले हेर्छ भन्ने छ। समयसापेक्ष त धेरै कुरा विश्वमा चेन्ज भएको छ। अभिकर्ता आफैँमा भगवान् पनि होइनन्, सबै जान्ने। यो–यो नियम नयाँ भएको यसअनुसार जानुपर्छ भन्ने छैन। बजारमा भएको कुरा हामीले सिक्ने अवसर पाएको छ। कम्पनीले अरुले व्यवसाय ल्याएको देखाएर उचाल्ने काममात्र गर्छन्। यसको मोनिटर गर्नुपर्छ। यसको नियमनको काम बीमा प्राधिकरणले गर्नुपर्छ।

नयाँ पोलिसी ल्याउँदा कम्पनीले छलफल गर्छन् त ?

छलफल कुनै पनि कम्पनीमा हुँदैन। हामीले बाहिरी टर्मका बारेमा मात्रै व्याख्या गर्ने हो। नेपाल माटो सुहाउँदो प्रडक्टका बारेमा छलफल गरेको छैन। प्राधिकरणले पनि माग गर्नुपर्ने नेपाली जनता ठगिएको छ कि छैन हेर्नुपर्छ।

ठगी पनि हुन्छ र ?

बच्चाको रिस्क कभर २५ प्रतिशतमात्रै हुन्छ भन्ने निर्देशिका बनेको छ। अभिकर्ताले त्यो सिकाउँदैन। भोलि बच्चाको डेथ भएमा बीमांकको २५ प्रतिशतमात्रै पाउनुपर्ने अवस्था छ।

प्राधिकरण, कम्पनी र तपाइँहरुले मिस गाइड पनि गर्नु हुँदो रहेछ ?

प्रडक्ट बनेको छ भने अभिकर्ता र बीमा कम्पनीका कर्मचारीले त्यसको सही विश्लेषण गर्छन् जस्तो मलाई लाग्दैन।

बीमित तपाइँहरुका लागि भगवान् हुन्। उनीहरुलाई तपाइँहरुले बेचेर गुजारा चलाउनुहुन्छ। उनीहरुको समस्याका बारेमा लाउडर भ्वाइसमा बोल्नुहुन्न नि ? तपाइँहरुले बेचेका प्रडक्ट पनि बन्छन् भएका छन् नि।

हामी बोलेका छौँ। त्यसलाई सुन्ने वातावरण प्राधिकरणले बनाउनुपर्छ। भारतको मोडेल हामीले अपनाएका छौँ। प्राधिकरणले कसैलाई पनि तालिमका लागि बाहिर लगेको अवस्था छैन। एमडीआरटीका लागि गएकोले पनि विदेशी कुरा लागू गर्न चाहेमा फेरि एमडीआरटी बन्न सक्दैन। त्यो मनोरञ्जनमात्र हो।

प्रिन्सिपल बेसमा बेच्न सम्भव छैन ?

एमडीआरटीले एउटा गाइडलाइन बनाएको छ। आ–आफ्नो अनुभव शेअर गर्ने ठाउँ हो। सबै देशका बारेमा बुझ्ने युवा क्लबजस्तै क्लब हो। त्यो महत्वलाई ल्याएर मन्त्री, राज्यका उच्च अधिकारीहरुले के सिकेर देशमा लगाएका छन् ? यो त्यस्तै हो।

तपाइँहरुलाई कहिले–काहीँ हिसाबमा नचढ्ने पैसाहरु पनि संकलन गरेको आरोप लाग्ने गरेको छ नि। यसको वास्तविकता के हो ?

अहिले त्यस्तो छैन। पहिले केही कम्पनीले चाहिँ कानुनको लुज पोलिसी हेरेर डेट हेरफेर गरेका थिए। सन् २०१९ देखि सन् २०२२ सम्म भएको थियो। प्राधिकरणले नियम ल्याएपछि त्यो गाह्रो भएको छ। बैंकमा १० लाखको डिपोजिट हुन्छ। बीमामा एक लाखभन्दा बढीका लागि चेक नै चाहिन्छ। त्यसले चेक हुन्छ।

नागरिकले के हेरेर बीमा गर्ने ?

यसले मलाई यो ठीक हुन्छ भन्ने हेर्नुपर्यो। कम्पनीको योजना, प्रिमियम र आफूले तिरेको रकमले बोसन कति दिन्छ ? कम्पनीको अवस्था बलियो छ कि छैन हेर्नुपर्छ।

कम्पनीको छनौटले फरक पार्छ र ?

बोनस फरक छन्। हामीले मोबाइल किनेर सामसङले रेट तोकेको छ। जहाँ जाँदा पनि मूल्य पनि त्यति नै छ। केही फरक होला। बीमामा पनि यस्तै हुनुपर्यो। धेरै रकम तल–माथि हुनु भएन। अर्को भनेको बीमा कम्पनीलाई प्रडक्ट ल्याउन दिने बन्द गर्ने फेरि हेरफेर गर्ने त्यस्तो गर्नुहुन्न। अभिकर्ताले विश्वास बेच्ने हो। त्यसमा बोनस घट्यो भने त्यो कल्पना बाहिरको कुरा हो। मित्र राष्ट्र भारतमा जुन समयमा बन्द भएको छ, त्यही समयको रेट बीमा अवधि रहुन्जेल लागू हुन्छ। नेपालमा फरक छ। हामीले प्राधिकरणमा भनेका छौँ। बीमितलाई अन्याय भयो भनेका छौँ। हामीभन्दा बढी बीमक संघ, लगानीकर्तालाई नै सुनिन्छ।

कम्पनी र तपाइँहरु प्रतिस्पर्धीजस्तो देखियो नि। खासमा त्यस्तो नहुनुपर्ने हो नि ?

कुनै पनि अधिकार सुश्चित गर्न लगानीकर्ताले बढी नाफा लिन खोज्छ।

तपाइँहरुको पेट काटेरभन्दा पनि तपाइँहरुलाई खुसी बनाउँदा धेरै कुरा पाउँथे होला नि लगानीकर्ताले ?

त्यो सोचाइमा फरक पर्ने कुरा हो। अहिले चाहिँ अभिकर्ताहरु एलएलसी पासमात्र हुन्, हामीले रोजगारी दिएको दया गर्देको जस्तो छ। कम्पनीको नामले पो आएको हो त भन्ने अवस्था छ।

एउटा अभिकर्ताले कम्पनी कसरी छान्ने ?

अहिले अभिकर्तालाई अवसर छान्नका लागि छैन। त्यही पनि कम्पनीको अवस्था, प्रडक्ट, बीमितले पाउने सेवा–सुविधा हेर्नुपर्छ। भोलि हुनसक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने हेर्नुपर्ने भनसुनका आधारमा नै नियुक्ति हुने गरेको छ।

कम्पनीअनुसार सेवा फरक–फरक चल्छ क्या हो। तपाइँहरुको अन्डरटेबल पनि चल्छ रे नि ?

त्यस्तो फरक भन्ने हुँदैन। बीमा ऐन, नियमावलीको व्यवस्था एउटै हो तर इन्सेन्टिभ चाहिँ केही फरक छ। बीमा प्राधिकरणले इन्सेन्टिभ तोकेको भए पनि खाजा खान दिएको पैसा कहीँ बच्न सक्छ, कहीँ धेरै खर्च हुन सक्छ। नयाँ अभिकर्तालाई नयाँ कम्पनीले खाजा खर्चका आधारमा पनि तान्न सक्छन्।

तपाइँ आफ्नै मुखले भन्दिनु होला तपाइँ चाहिँ कुन कम्पनीको अभिकर्ता हो ?

म नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता हो। बीमा संस्थानमा १ वर्ष काम गरेर यता फड्किएको हो। हाम्रोमा काम गरेको कमलराज गौतम नेपाल लाइफ आएपछि उहाँले कार चढ्न पाउनु भएको थियो। त्यति बेलामा काठमाडौंमा बाहिरबाट आएको मान्छे यहाँ छिटो सुविधा पाउनका लागि प्राइभेट रोजेको हो। सरकारीमा एउटा काउन्टरमा दिएर अर्को काउन्टरमा पाइँदैन थियो, महिनौँ लाग्थ्यो।

एकाघरको परिवारको बीमा गर्न नपाउने कतिको गाह्रो भएको छ ?

यो सम्भव हुने कुरा होइन। हामीले कुनै ठाउँमा घाउ लागेमा त्यसलाई काटेर फाल्ने होइन, त्यस्तो गर्नेलाई कारबाही गर्ने चाहिँ हो। क्यास जरिवानादेखि जेल सजायसम्म छ। कामै गर्न दिन्न भन्नुहुँदैन।

आज कसैले कुनै कम्पनीको अभिकर्ता बन्न चाहेमा एभरेज जीवन जिउन सक्छ ?

सक्छ। अहिले सम्भावना धेरै छ। दक्षिण एसियामा सबैभन्दा अवसर नेपालमा छ। बीमाको ज्ञान लिएमा त्यो सम्भव छ। ज्ञान लिएमा स्ट्यान्डर्ड जीवन जीउन सक्छ।

अन्तिममा अन्तर कुन्तरमा केही छुटेको जस्तो लागेमा शेअर गर्नु होला।

नेपाल सरकार, बीमा प्राधिकरणले ल्याउने नियम व्यवहारिक दीर्घकालीन आउनुपर्यो। कुनै व्यवसाय आज चलाऊ भोलि भागिहालौँ भन्ने खालको बीमा पेसा होइन। लगानी गर्दा पनि सर्टटर्म प्रोफिट हेर्नु हुँदैन। बीमामा धेरै अवसर छ। यसलाई जगेर्ना गर्नुपर्छ। सबैतिर प्रोफिट कम भएको बेलामा जति समय दियो, अभिकर्ताले त्यति नै कमाइ गर्न सक्छन्।

महत्वपूर्ण समय दिनु भयो धेरै–धेरै धन्यवाद।

यहाँलाई पनि धेरै धन्यवाद।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS