काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७९ /८० मा खुद नाफा ३० लाख ७३ हजार ७५१ रुपैयाँ आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको हो ।