Connect IPS
IME Life

अबदेखि बीमा अभिकर्ताको तालिम अनलाइन माध्यमबाट, प्रमाणपत्र पनि डिजिटल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा कम्पनीहरुले अब विद्युतीय प्रणालीबाट अभिकर्ता तालिम सञ्चालन गर्नुपर्ने भएको छ। कम्पनीहरुले तालिमपछि अभिकर्तालाई ई–प्रमाणपत्र (डिजिटल) पनि उपलब्ध गराउनुपर्नेछ।

नेपाल बीमा प्राधिकरणले बीमक (जीवन, निर्जीवन र लघु)का नाममा परिपत्र जारी गर्दै डिजिटल माध्यमबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्ने निर्देशन दिएको हो। अब बीमा कम्पनीहरुले अभिकर्ता तालिम निर्देशिका, २०७२ बमोजिम हुने गरी, विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही विद्युतीय प्रणालीबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्नेछ।

Prabhu
Crest

त्यस्ता तालिमको अभिलेख बीमकले सुरक्षित राख्नुपर्ने तथा प्रमाणपत्रसमेत सूचना प्रविधि (डिजिटल) गर्न सक्ने प्राधिकरणले जनाएको छ। अभिकर्ता तालिमका लागि आवश्यक सफ्टवेयर सञ्चालन गर्नुपूर्व बीमकले प्राधिकरणमा जानकारी गराउनुपर्ने पनि परिपत्रमा उल्लेख छ।

बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ताको दर्ता, परीक्षा सञ्चालन तथा प्रमाणपत्र प्रदान, इजाजतपत्र जारी गर्ने तथा नवीकरणसम्बन्धी सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट गराउँदै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS