Connect IPS
IME Life

निर्जीवन बीमकको व्यवसायको साढे ३५% हिस्सा मोटर बीमामा, अरु क्षेत्रमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमकहरुले चालु आर्थिक वर्षको १० महिना वैशाखसम्म ३३ अर्ब ६ करोड ८७ करोड रुपैयाँ व्यापार गरेका छन्। यो व्यापारको सबैभन्दा बढी हिस्सा मोटर बीमा रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ निर्जीवन बीमा र ३ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले यो १० महिनाको अवधिमा मोटर बीमाबापत १० अर्ब ९ करोड २१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमाशुल्क आर्जनमा मोटर बीमाको हिस्सा ३०.५२ प्रतिशत रहेको छ ।यसैगरी निर्जीवन बीमकहरुको दोस्रो व्यवसाय सम्पत्ति बीमा देखिएको छ। सम्पत्ति बीमाबाट बीमकहरुले ८ अर्ब १६ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। कुल बीमाशुल्कको सम्पत्ति बीमाको हिस्सा २४.६८ प्रतिशत देखिएको छ।

Prabhu
Crest

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबापत निर्जीवन बीमकहरुले ५ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल बीमाशुल्कको १६.७४ प्रतिशत रहेको छ।

यस्तै निर्जीवन बीमकहरुले विविध बीमाबापत ३ अर्ब ६४ करोड ४५ लाख रुपैयाँ, हवाई बीमाबापत २ अर्ब ११ करोड २५ लाख रुपैयाँ, कृषि तथा बाली बीमाबापत १ अर्ब ६८ करोड ५० लाख रुपैयाँ, सामुद्रिक बीमाबापत १ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ र लघु बीमाबापत २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यो व्यवसाय कुल बीमाशुल्कमा विविध बीमाको ११.०२ प्रतिशत, हवाई बीमाको ६.३९ प्रतिशत, कृषि तथा बाली बीमाको ५.०९ प्रतिशत, सामुद्रिक बीमाको ४.९२ प्रतिशत र लघु बीमाको ०.६४ प्रतिशत हिस्सा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS