Connect IPS
IME Life

सानिमा म्युचुअल फन्डका तीनवटै योजनाको घट्यो न्याभ, लगानीमा पनि संकुचन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको वैशाख महिना वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धक सानिमा बैंक र योजना व्यवस्थापक सानिमा क्यापिटल रहेका सानिमा इक्विटी फन्ड, सानिमा ग्रोथ फन्ड र सानिमा लार्ज क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। चैतको तुलनामा वैशाखमा यी ३ वटै योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ।

Prabhu
Crest

वैशाखमा इक्विटी फन्डको न्याभ बढेर १०.७८ रुपैयाँ पुगेको छ। चैतमा न्याभ १०.९१ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि घटेर वैशाखमा १ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ। चैतमा कुल लगानी १ अर्ब २४ करोड रुपैयाँ थियो। गत चैतमा ४ करोड ९६ लाख रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले वैशाखमा पनि ६ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यसैगरी गत चैतमा ग्रोथ फन्डको १०.६९ रुपैयाँ न्याभ रहेकोमा वैशाखमा बढेर १०.७६ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि घटेर वैशाखमा ५७ करोड १५ लाख रुपैयाँ कायम भएको छ। चैतमा कुल लगानी ५७ करोड ६३ लाख रुपैयाँ थियो। गत चैतमा ३ करोड २८ लाख रुपैयाँ नाफा गरेको यो योजनाले वैशाखमा पनि २ करोड ८० लाख रुपैयाँ कमाएको छ।

गत चैतमा लार्ज क्याप फन्डको ९.७० रुपैयाँ न्याभ रहेकोमा वैशाखमा घटेर ९.६२ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी घटेर वैशाखमा १ अर्ब २ करोड रुपैयाँमा झरेको छ। चैतमा कुल लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो। गत चैतमा ९७ लाख २२ हजार रुपैयाँ नोक्सानीमा रहेको यो योजनाले वैशाखमा पनि १ करोड ८८ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS