Connect IPS
IME Life
Beema Board

बीमा दाबीमा एक थरी, कारोबारमा अर्को थरी दाम तोक्ने उद्योगलाई करको डण्डा लाग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बाढीबाट भएको नोक्सानीवापत बीमा कम्पनीबाट दाबी भुक्तानी लिंदा वास्तविक बिक्री मूल्यभन्दा अधिक मूल्यांकन गरेको उद्योगसँग कर छलीको मुद्दामा जरिवाना सहित कर असुल उपर गर्न महालेखा परिक्षकले राजश्व विभागलाई निर्देशन दिएको छ।

महालेखा परिक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको एकसठ्ठीऔं वार्षिक प्रतिवेदनमा आन्तरिक राजश्व कार्यालय भद्रपुर अन्तर्गतको एक लेमिनेट्स कम्पनीसँग जरिवानासहित कर असुली गर्न निर्देशन दिएको हो ।

Prabhu
Crest

कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीले बाढीबाट भएको क्षतिवापतको रकम दाबी गर्दा तयारी सामानको प्रति वर्ग मिटर मूल्य ७३०रूपैयाँ ९० पैसा कायम गरेर दाबी लिएको उल्लेख छ । यो दर अनुसार १७ हजार ३१३.४६ वर्गमिटर तयारी सामानको नोक्सानीवापत कम्पनीले बीमा क्षतिपूर्ती दाबी गरेको थियो । दाबीवापत प्राप्त रकम  १ करोड २६ लाख ५५ हजार रूपैयाँ कम्पनीले आयमा समेत देखाएको थियो । कम्पनीले बजारमा मालसामान बिक्री गर्दा प्रति वर्ग मिटर औसत ५३६ रूपैयाँ ६१ पैसाका दरले बिक्री मूल्य कायम गरी तयारी सामान बिक्री गरेको उल्लेख गर्दै महालेखाले प्रति मिटर १९४ रूपैयाँ ३९ पैसाको दरले बिक्री मूल्यमा न्यून बिजकीकरण भएको दाबी गरेको छ।

महालेखाले यही गणनाको आधारमा १४ लाख ५१ हजार ६६४ वर्ग मिटर तयारी सामानको २८ करोड २० लाख ४४ हजार रूपैयाँले न्यून बिक्री गरिएको उल्लेख गर्दै  आय कर ऐनको दफा ७(२) (ख) बमोजिम आयमा समावेश गरी ७ करोड ४३ लाख ९७ हजार रूपैयाँ नोक्सानी समायोजन गर्न बाँकी २० करोड ७६ लाख ४७ हजारको २० प्रतिशको दरले हुने  कर ४ करोड १५ लाख २९ हजार रूपैयाँमा शुल्क र ब्याज समेत छानबिन गरी असुल उपर गर्न आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ ।

बीमा दाबीको रकम आयमा नदेखाएको करदातासँग जरिवाना समेत असुल्न निर्देशन

आयकर ऐन, २०५८ को दफा ३१ मा बीमालगायतका क्षतिपूर्तीवापतको रकम आयमा समावेश गर्नुपर्ने व्यवस्था छ । आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणालीद्वारा करदाताहरूको वित्तीय विवरणा अनुसार बीमा कम्पनीबाट क्षतिपूर्ती रकम प्राप्त गरेका करदाताले दाबीवापतको रकम सम्बन्धित आय वर्षको आयमा समावेश नगरेको वा न्यून रकम मात्र समावेश गरेका छन् ।

राजश्व कार्यालय भैरहवा, बुटवल लगायतका ६ कार्यालयका १५ करदाताले बीमा क्षतिपूर्तीवापत प्राप्त गरेको रकम आय लेखाङ्कन नगरेकोले छुट हुन गएको कर ३ करोड ३० लाख ७२ हजार रूपैयाँ, शुल्क र एवं ब्याजसमेत छानबिन गरी असलु उपर गर्न महालेखाले निर्देशन दिएको छ ।

मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम करदाताले बिक्रीमा संकलन गरेको कर भन्दा खरिदमा तिरेको कर बढी भएमा करदाताले क्रेडिट सुविधा पाउने व्यवस्था छ । आन्तरिक राजश्व कार्यालय भद्रपुर अन्तर्गतको एक फुड्स कम्पनीले आव २०७८।७९ को आय विवरण अनुसार आगलागीका कारणले नोक्सान भएको स्थिर सम्पत्ती, तयारी वस्तु, कच्चा पदार्थ समेत ३२ करोड ९६ लाख ९५ हजार वित्तीय विवरणबाट घटाएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

आगलागीबाट ३८ करोड ४६ लाख ९५ हजार रूपैयाँ नोक्सानी भएकोमा बीमा कम्पनीबाट ५ करोड ५० लाख मात्र क्षतिपूर्ती प्राप्त भएको उल्लेख छ । करदाताको सबै सामाग्रीको बीमा गरेकोमा क्षतिपूर्तीभन्दा बढी देखाएको नोक्सानी सम्बन्धमा  मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६ अनुसारको प्रकृया पुर्याएको नदेखिएकाले मौज्दातबाट घटाएको मालवस्तुको मूल्य अभिवृद्धि कर क्रेडिट ४ करोड २८ लाख ६० हजार रूपैयाँ अमान्य गरी छानबिन गर्न महालेखाले सुझाव दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS