Connect IPS
IME Life
Beema Board

राईटपाथ करियर काउन्सिलिङको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” भव्यताका साथ सम्पन्न

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राइटपाथ करियर काउन्सिलिङको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंबाट सुरु भएको “ग्राण्ड एजुकेसन कनक्लेभ २०२४” ललितपुरको कुमारीपाटी शाखामा आएर आज मिति २०८१ जेष्ठ ८ गते भव्यताका रुपमा सम्पन्न भएको छ । गत वैशाख २९ गते काठमाडौंमा सम्पन्न गरिसकेपछि बैशाख ३१ गते धनकुटा, जेठ ३ गते हेटौंडा, ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र आज जेष्ठ ८ गते ललितपूरमा सम्पन्न भएको हो ।

पहिलोदिन काठमाडौंमा भएको जस्तै आज अन्तिम दिनसम्म ललितपुरको आफ्नै प्राङ्गणमा आइपुग्दा विद्यार्थीहरुमा चाहेर वा बाध्यताले उच्चशिक्षा हाँसिल गर्न जाने चाहना र रुची बढ्दो देखिन्छ । हाम्रो यस ग्राण्ड एजुकेसन कन्क्लेभमा ७ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी भएका छन् ।

Prabhu
Crest

यस कार्यक्रममा उच्चशिक्षा हाँसिल गर्न विद्यार्थीहरुले बुझ्न चाहेको सहि सूचना उपलब्ध गराउन सफल भयौँ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले यस कन्क्लेभ सुरु गर्दैगर्दा करिव पाँच हजार विद्यार्थी माझ पुग्न सक्छौं भन्ने उदेश्य राखेका थियौं, तर हामी लक्ष्यभन्दा पनि धेरै विद्यार्थीहरु माझ पुग्न सफल भएको अवस्था छ ।

हाम्रो यस कनक्लेभमा विभिन्न देशका २० भन्दा बढी युनिभर्सिटीका प्रतिनिधिहरु तथा टेस्ट पिपेरेसन आईएल्स टेस्ट पिटीई साथै बैंक, इन्स्योरेन्सको समेत उपस्थिती रहेको थियो । ग्राण्ड एजुकेसन कनक्लेभमा अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडा, कोरिया, डेनमार्क, युएई लगायत विभिन्न देशको बारेमा विद्यार्थीहरुले उहाँहरुबाट प्रत्यक्षरुपमा काउन्सिलिङ लिने अवसर पाउनुभएको अवस्था थियो ।

सोही अवसरमा विभिन्न देशका विश्वविद्यालयको स्कलरसिप देखि ६ हजार पर्ने आईएल्स मात्र २०८१ रुपैयाँमा पढ्न पाउने अफर विद्यार्थीहरुलाई प्रदान गरिको थियो । त्यस्तै विद्यार्थीहरुका लागी शतप्रतिशत प्रोसेसिङ्ग शुल्कमा छुट गरेका थियौँ भने उपस्थीत विद्यार्थीहरुलाई फ्रि मुभि टिकटका साथमा आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदा गरिएको थियो ।

कार्यक्रममा परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै परीक्षा पछिको तीन महिना खेर नजाओस् भन्ने उदेश्य राखेर यस कायक्रमको आयोजना गरिएको थियो । जुन उपलब्धि मुलक रह्यो भन्ने विद्यार्थी तथा अभिभावक हरुको उत्साहजनक सहभागीताले पनि पुष्टि गरिसकेको छ ।

पहिलो दिन राइटपाथ करियर काउन्सिलिङ्गको मुख्य कार्यालय पुतलीसडकमा २ हजारभन्दा बढी विद्यार्थीहरुको सहभागीतामा सुरु भएको कन्क्लेभमा देशका अन्य स्थानमा पनि उत्तिकै उत्साहपूर्ण सहभागीता रहेको थियो ।

हाम्रो कन्क्लेभमा वरिष्ठ गायीका अन्जु पन्त र मिस नेपाल २०१६ तथा राइटपाथकी ब्राण्ड एम्बास्डर अश्मि श्रेष्ठको पनि हामीसँगै उपस्थीत भई प्रत्यक्षरुपमा विद्यार्थीहरुको हौसला बढाउनुभएको थियो । उहाँहरुले विद्यार्थीहरुलाई जुन हौसला र उर्जा प्रदान गर्नु भयो त्यसका लागि धन्यवाद् व्यक्त गर्न चाहन्छौं ।

यस कन्क्लेभको बारेमा विद्यार्थीसम्म सूचना पु¥याइदिनुहुने विभिन्न सञ्चार माध्यम, महत्वपुर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय कार्यालयदेखि विभिन्न शाखाका कर्मचारी साथीहरु साथै प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हामीलाई साथ दिनुहुने सम्पूर्णमा राइटपाथ करियर काउन्सिलिङले धन्यवाद् व्यक्त गरेको छ ।

राइटपाथ करियर काउन्सिलिका सीईओ फिलिप डिसीले लामो समयदेखि विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा भाषाका कक्षाहरु सञ्चालन गर्दै आएको र विगतमा जस्तै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु नियमित आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS