SKIP THIS

National Insurance
IME Life

एनसेल ‘सधैँ अन’: डिजिटल भविष्यको पाइला, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विदेशी लगानी भइको कम्पनीमध्येको एक एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको छ। यससँगै अब ग्राहकले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नुपर्ने छैन।

‘सधैँ अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु हो। ‘उपभोक्ताका आवश्यकताहरु परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरुले आफ्ना दैनिक कार्यहरु जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरु अनलाइनबाटै गर्ने भएकोले उनीहरुलाई ‘सधैँ अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्वोर कायुमोभले भने।

Prabhu
Crest

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ। हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एपले डेटा उपयोगबापत ब्यालेन्स कटाइदिइरहेको हुन्छ।

यही समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ। ‘सधैँ अन’ मार्फत एनसेल ग्राहकका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिबद्ध रहेको र ग्राहकका सुझावहरुलाई विषेश ध्यानमा राखेर डेटा प्याकहरुलाई सरल बनाउँदै पाँच दर्जन बढी त्यस्ता डेटा प्याकलाई २० वटामा झारेको छ।

वास्तवमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकलाई फाइभजीका लागि तयार पार्नुरहेको छ। ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ। ६० वटा भन्दा बढी देशहरुमा यो प्रविधि पहिले नै आईसकेको छ। हामी चाहन्छौँ भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी संचालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस्। तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रुपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाइँको डेटा ‘सधैँ अन’ हुनुपर्छ’, कायुमोभले भने।

फाइभजीको अर्थ केवल द्रुत इन्टरनेटमात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो। जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ।

मोबाइल ब्रोडव्यान्ड स्पिडमा नेपाल अहिले विश्वको १०९ औँ स्थानमा छ। सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ। नेपाली मोबाइल फोन प्रयोगकर्ताको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून छ १० मध्ये २ जनामात्रै नेपालीले नियमित रुपमा मोबाइल डाटा प्रयोग गर्छन्। साथै, औसत प्रतिग्राहक प्रतिमहिना डाटा खपतमात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरुको तुलनामा कम हो।

‘सधैँ अन’ मा के छ ?

एनसेलको ‘सधैँ अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लान सञ्चालनमा ल्याएको छ। यसमा ७ दिनको समयसीमा हरेको रु. ९८ बाट सुरु हुने प्याकदेखि २८ दिन समयावधि रहेको रु. १४९९ पर्नेसम्मको विभिन्न प्लान छन्। हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बन्डलिङ रहेको छ र यी प्लान ग्राहकलाई विद्यमान शुल्कभन्दा दुईगुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ। यसका साथै ‘सधैँ अन’ सुचारु गर्ने ग्राहकले सामाजिक सञ्जाल प्रयोगका लागि निःशुल्क डेटा पनि प्राप्त गर्दछन्।

उदाहरणका लागि यदि कुनै ग्राहकले रु. ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ। त्यस्तैगरी रु. ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनका लागि मान्य रहनेछ।

आफ्नो आवश्यकताअनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ। उदाहरणका लागि यस प्लानअन्तर्गत रु. १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन्। यो प्याकअन्तर्गतको सेवाहरु २८ दिनका लागि मान्य रहन्छ।

ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी सजिलै आफ्नो आवश्यकताअनुसार कुनै पनि ‘सधैँ अन’ प्लान लिन सक्छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS