Connect IPS
IME Life

विभिन्न पाँच कार्यक्रमको आयोजना गरी प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले मनायो ५६औं वार्षिकोत्सव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले फुटसल तथा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यालयले आयोजना गरेको प्रतियोगिताकाका विजयीहरुलाई पुरस्कार वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम आज जेठ १ गते सम्पन्न गरेको हो ।

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय महेन्द्र केसीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । वार्षिकोत्सव कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै मन्त्री के.सीले बीमा जोखिम न्यूनिकरण गर्ने महत्वपूर्ण वित्तीय अंग भएको हुँदा यसको पहुँच दुरदराजका क्षेत्रहरूमा पुग्नुपर्ने आवश्यकता औल्याए ।

Prabhu
Crest

उनले बीमामा आम नागरिकहरूलाई समेट्नको लागि बीमा सम्बन्धी छलफल कार्यक्रम गरेर नीतिगत तथा प्रक्रियागत सुधार गरी बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका साथै, प्रदेश सरकारबाट अगाडि बढाइएका बीमा कार्य्रकमहरूलाई आफुले पनि गम्भिरतापूर्वक लिएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतमले बीमा भविष्यको जोखिम बहन र भविष्यका समस्या समाधानका लागि समर्पित क्षेत्र भएको हुँदा मध्यपश्चिम विश्वविद्यालयले बीमा र व्यवस्थापन सन्दर्भलाई सँगै जोडेर बीमा व्यवस्थापनका क्षेत्रमा सुरुदेखि नै पाठ्यक्रम निर्माण गर्नुका साथै अध्ययन अध्यापन समेत गर्दै आइरहेको बताए ।

विश्वविद्यालय ज्ञानको भण्डार र ज्ञान प्रदान गर्ने थलो हो । समय र मुलुकको माग अनुसार परिवर्तित अवस्थामा मुलुकको आवश्यकताअनुसार कार्यक्रमहरु विश्वविद्यालयले सिर्जना गर्नुपर्छ । उपकुलपति गौतमले भने, स्थानीय, प्रादेशिक, केन्द्रीय तथा देशैभरको आवश्यकताअनुरुप यसका पाठ्यक्रमहरु निर्माण हुनुपर्छ र यसका विद्यार्थीहरु उत्पादित हुँदै जानुपर्छ भन्ने विश्वविद्यालयको मान्यता रहेको हुन्छ ।

उनले पाठ्यक्रमको परिवर्तित सन्दर्भ पनि आएको जानकारी गराउँदै बजारको माग पुरा गर्न र विश्वविद्यालयबाट उत्पादित जनशक्ति खपत गराउनको लागि आवश्यकता अनुरुप बीमालाई पाठ्यक्रम समायोजन गरेको बताए ।

यस्तै कार्यक्रमका अर्का विशेष अतिथि तथा बैंकर्स एसोशियसन, कर्णाली प्रदेशका अध्यक्ष डा. सुरज टण्डनले बीमा वित्तीय क्षेत्रको ऐना भएको बताउँदै यस क्षेत्रको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

उनले बीमा क्षेत्रमा बहुआयामिक चुनौति तथा जोखिमहरु रहेको हुँदा जोखिम न्यूनिकरणमा बीमा क्षेत्रको निकै भूमिका रहेको बताए ।

लघु औद्योगिक ग्राम, सुर्खेतका अध्यक्ष उदिराम डाँगीले कर्णालीमा ३७१९६ उद्यमीहरु भएको र जसमध्ये ४ प्रतिशत उद्यमीलाई मात्र बीमामा समेट्न सकिएकोमा यसप्रति बीमा कम्पनीहरुको ध्यानाकर्षण गराए । उनले गाडी चल्ने ठाउँमा वा राजधानीमा मात्रै बीमा हो कि कर्णालीका प्रत्येक पालिका र वडाहरुमा पनि हो ? भनेर बीमकहरुलाई प्रश्न गरे । डाँगीले कर्णालीमा आगलागी, बाढी, पहिरो, बर्खामा खोला, भूकम्प लगायतका जोखिम भएको हुँदा सबैलाई सबैले अनिवार्य बीमा गर्नुपर्ने बताए ।

वार्षिकोत्सव कार्यक्रमका सभाध्यक्षता प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीज्यूले गर्नुभएको थियो । उहाँले समग्र बीमित, बीमक, सर्भेयर, अभिकर्ता, बीमा क्षेत्रका कर्मचारी तथा सम्पूर्ण सरोकारवालाहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

वार्षिकोत्सव कार्यक्रममा निबन्ध प्रतियोगितामा कर्णाली प्रदेशबाट विजेता बनेकी खजुरा कुमारी खड्कालाई चेक हस्तान्तरण गर्नुका साथै प्रमाणपत्र वितरण गरिएको थियो । सोही कार्यक्रममा बार्षिकोत्सवका अवसरमा आयोजित फुटसल तथा स्लो बाइक स्कुटी प्रतियोगिताका विजयीलाई पनि मेडल र ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक प्रथम विश्वराज भट्टराईले गरेका थिए भने कार्यक्रममा करिब ३०० जनाको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवको अवसरमा देहायका विभिन्न कार्यक्रमतथा प्रतियोगिताहरु गरी मनाइएको छः
वार्षिकोत्सवको अवसरमा प्राधिकरणले सुर्खेत जिल्लामा भित्रिने र बाहिरिने सार्वजनिक सवारी साधनहरुमा बीमा सम्बन्धी जनचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम, पुरुष तथा महिलाको फुटसल प्रतियोगिता, पुरुषको स्लो बाइक र महिलाको स्लो स्कुटर राइड प्रतियोगिता,वृहत रक्तदान कार्यक्रम, प्रभातफेरी, पुरस्कार वितरण तथा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस्तै, जेठ १ गते नेपाल बीमा प्राधिकरणले आफ्नो स्थापनाको ५५औँ वर्ष पूरा गरी ५६औँ वर्ष प्रवेश गरेको अवसरमा बिहानै (६: ३० – ८) बजेसम्म प्रभात फेरी आयोजना गरेको थियो । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयबाट सुरु गरिएको प्रभात फेरी मंगलगढी चोक, वीरेन्द्र चोक र घण्टाघर हुँदै पुनः प्राधिकरणको कार्यालय परिसरमा पुगेर टुङ्गिएको थियो । प्रभात फेरीमा सहभागीहरुले हात हातमा प्ले कार्डहरु लिएका थिए । प्ले कार्डमा बीमा सम्बन्धी जनचेतनामूलक सन्देशहरु उल्लेख गरिएका थिए ।

उक्त प्रभातफेरि कार्यक्रममा प्राधिकरणका कर्णाली प्रदेश कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । कर्णाली प्रदेशमा सञ्चालित सबै जीवन, निर्जीवन, लघु जीवन बीमा तथा निर्जीवन लघुबीमाका कर्मचारी, सर्भेयर, अभिकर्ता लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बीमा व्यवसायको नियमनकारी निकाय बीमा प्राधिकरणले वैशाख २७ गते दिउँसो ३बजे सुर्खेतको सुब्बाकुना र वैशाख २८ गते बिहान ६ बजे बाङ्गेसिमल बाट बाहिरिने र भित्रिने सवारी साधनहरुमा बीमा सम्बन्धी सचेतनामूलक स्टीकर टाँस्ने कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यस्तै, वैशाख २९ गते प्राधिकरण, जीवन, निर्जीवन र लघु बीमा कम्पनीका कर्मचारीहरु (पुरुष र महिला) बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको थियो । सुर्खेतको वीरेन्द्रनगर ४, भैरवस्थान स्थित योद्धा फुटसल ग्राउण्डमा भएको प्रतियोगितामा पुरुषतर्फ ७ -४ को गोल अन्तरमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको टीम विजेतार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको टीम उपविजेता भएको थियो ।

महिलातर्फ निर्जीवन बीमा कम्पनीको संयुक्त टिमले २-१ गोलको फरकमा जीवन बीमा कम्पनीको टिमलाई हराउँदै प्रथम स्थानमा आफ्नो कब्जा जमायो भने जीवन बीमा कम्पनीको संयुक्त टिमले द्वितिय स्थान हात पारेको थियो ।

प्राधिकरणले वैशाख ३० गते वार्षिक उत्सवकै अवसरमा स्लो बाइक पुरुष र स्लो स्कुटर ९महिला० राइड प्रतियोगिता समेत आयोजना गरेको थियो । वीरेन्द्रनगर नगरपालिका ७ धमलाचोकदेखि उत्तरतर्फ(गणेशचोक) ७५ मिटरसम्म भएको स्लो बाइक राइडमा टेकबहादुर थापाले प्रथम स्थान (२ मिनेट २० सेकेण्ड), मिलन कँडेलले द्वितिय स्थान (२ मिनेट १७ सेकेण्ड), चक्र बहादुर विष्टले तृतिय स्थान (२ मिनेट १६ सेकेण्ड), र केशव ढकालले (१ मिनेट ४९ सेकेण्ड) चौथो स्थान हासिल गर्न सफल भए ।

महिलातर्फ शिलु मल्ल प्रथम (२ मिनेट ३ सेकेण्ड), तुलसा ओली द्वितिय (१ मिनेट ४९ सेकेण्ड), नविना सिर्नेट मगर तृतिय (१ मिनेट ४५ सेकेण्ड) भइन् भने तुलसी कुमारी वन सन्यासी (१ मिनेट ४१ सेकेण्ड) ले चौथो स्थान ओगट्दै सान्त्वना पुरस्कारप्राप्त गरिन् ।

वैशाख ३१ गते प्राधिकरणले वृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । रक्तदानमा ४० जना भन्दा बढी सहभागी थिए । नेपाल रेडक्रस सोसाइटीको समन्वयमा भएको रक्तदान कार्यक्रममा ४१ पिन्ट रगत संकलन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS