IME Life
Beema Board

व्यापार खोस्ने होइन ठूला कम्पनीसँग प्रतिस्पर्धा गर्ने होः नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ रिमाल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका सीईओ हुन्, ‘मृगेन्द्रनाथ रिमाल’। उनी नेपाल माइक्रोको सीईओमा २०७९ चैत २७ गते नियुक्त भएका हुन्। त्यसअघि उनी बैंकिङ क्षेत्रमा क्रियाशील थिए। उनले लगभग २ दशक कृषि विकास बैंकमा बिताए। बैंकिङ क्षेत्रको ३ दशक लामो अनुभव बटुलेका रिमालसँग बैंकिङ क्षेत्रका साथै बीमा क्षेत्रको पनि प्रशस्तै ज्ञान रहेको छ। बैंकिङ क्षेत्रमा कार्यरत रहँदा निम्न वर्ग र सीमान्त वर्गमा के- कस्ता दुःख हुन्छन् ? उनीहरुको के–कस्तो चाहना हुन्छ ? उनीहरुको जीवनस्तर चाहिँ सुधार ल्याउन के गर्न सकिन्छ ? जस्ता विषयमा उनले निकै अध्ययन र अनुसन्धान पनि गरे। त्यही कुराले आज उनलाई लघु बीमा क्षेत्रमा आउन मद्दत गरेको छ। उनै वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व रिमालसँग ‘इन्स्योरेन्स टक’मा लघु बीमाको महत्व, यसका चुनौती र अवसरका विषयमा गरिएको कुराकानीको सारसंक्षेपः

– बैंकदेखि माइक्रो इन्स्योरेन्ससम्मको सफर कस्तो हुँदो रहेछ ?

Prabhu
Crest

एकदम मिस्क अनुभूति हुँदो रहेछ। अब दुइटै वित्तीय संस्थाहरुको एउटा फ्युजन। बैंकको जति पनि मैले ज्ञान हासिल गर्न सकेँ र इन्स्योरेन्समा त्यो ज्ञानलाई चाहिँ इम्प्लिमेन्ट गर्ने। यसले गर्दाखेरी एक–अर्काप्रति अनुशासित सम्बन्ध भएका दुई संस्थाहरुका बीचमा चाहिँ काम गर्न रमाइलो नै हुँदो रहेछ।

– तपाइँ त कृषि विकास बैंक भनेको सरकारी बैंक, अहिले त अलि मोडर्न भयो, अलि ट्रेडिसनल टाइपको थियो, मान्छे पैसा जम्मा आउँथे, त्यो पैसा उठायो अनि त्यसपछि ठूलाठूला कर्पोरेट क्लाइन्टहरुलाई पैसा दिएको माथि–माथि काम गरेको मान्छे। अहिले त गरिब बीमा गर्छु भनेर तल जानुभएको छ। छुट्ट अनुभूति हुन्छ होला ?

अवश्य पनि छुट्टै अनुभूति हो तर कृषि विकास बैंकमा कार्यरत रहँदा खेरी पनि कर्पोरेटमात्रै होइन निम्न तहका किसानहरुमा पनि पुगेको छु। साना किसानकोमा पनि पुगेको छु। उनीहरुका लागि प्रपोजल कसरी लेख्ने भनेर पनि सिकाएको छु। र, कृषि विकास बैंक रहँदाखेरी करिब–करिब मेरो सेवाअवधिको २० वर्ष त मैले ट्रेनिङ दिएर पनि हिँडे। त्यो हुँदा एउटा निम्न वर्ग र एउटा सीमान्त वर्ग, के–कस्तो दुःख हुन्छ उनीहरुको ? उनीहरुको के–कस्तो चाहना हुन्छ ? उनीहरुलाई कसरी प्रोटेक्सन फिल गर्न सकिन्छ ? र उनीहरुको जीवनस्तरमा चाहिँ सुधार ल्याउन के गर्न सकिन्छ ? भन्ने कुराले पनि यो बीमा क्षेत्रमा आउन मद्दत गरेको जस्तो लाग्छ मलाई।

– कत्तिको अप्ठ्यारो वा सजिलो रहेछ माइक्रो इन्स्योरेन्स, त्यसमाथि पनि निर्जीवन व्यवसाय गर्न ?

कुनै पनि व्यवसाय सुरुआत गर्न सजिलो भने चाहिँ हुँदैन। व्यवसाय सञ्चालन भनेको एउटा च्यालेन्जका रुपमा हुन्छ। अब नेपाल सरकारले जुन उद्देश्यका साथ नेपालमा लघु बीमा सुरु गर्यो, जुन एक किसिमको विचार ल्यायो, यो विचार चाहिँ मलाई लाग्छ २०७०–७५ सालदेखि नै नेपाल सरकारले ल्याउने प्रोसेस गरेको थियो। तर, अहिले आएर यो कार्यान्वयन भएको छ। जुन ७ वटा लघु बीमा कम्पनीहरुलाई सरकारले लाइसेन्स लिएर तिमीहरु गाउँ–गाउँ जाऊ, सीमान्त वर्गकोमा जाऊ। तिमीहरुको क्षेत्र भनेको सहरी क्षेत्र होइन। तिमीहरु ग्रामीण क्षेत्रमा जाऊ। ग्रामीण क्षेत्रका मानिसलाई सेवा गर्ने उद्देश्यसहित आएको बीमा कम्पनीमा गर्न अवश्य पनि चुनौती छ।

– सरकारले ग्रामीण क्षेत्रतिर जाऊ भन्यो तर तपाइँहरु कर्पोरेट कार्यालय उता राखेर सम्पर्क कार्यालय भने काठमाडौंमै खोलेर बस्नुहुन्छ भन्ने छ क्या ?

यो एउटा भ्रम त सिर्जना भइहाल्छ। हामीले चाहिँ के गरेका छौँ भने हामी ब्यालेन्स्ड वेमा गइरहेका छौँ। हाम्रो हेडको दायराको क्षेत्रमा पनि हामी गइरहेका छौँ। हामीले जागरण कार्यक्रम गरिरहेका छौँ। विभिन्न स्थानीय निकायसँग समन्वय राखेका छौँ। उनीहरुसँग भेटघाट गरेका छौँ। त्यसको मतलब यो होइन कि काठमाडौंमा आएर व्यापारै गर्न नसकिने भन्ने त होइन। किनकि टोटल बीमा ६० प्रतिशत बजार भनेको त अहिले पनि काठमाडौंको पेरिफेरीभित्र नै छ। त्यसैले हामी यसलाई एउटा वेटेज कति दिने त ? किनभने एउटा कम्पनी एग्जिस्ट गर्दाखेरी अब ७५ करोडको कम्पनीलाई र ७५ करोड रिटर्न पनि त इन्भेस्टरहरुले खोज्छन्। साथसाथै सीमान्त वर्गका जनताहरुलाई पनि उनीहरुको सुरक्षा गर्नुपर्ने हुन्छ।

– तपाइँ आफैँ चाहिँ कति समय ग्रामीण इलाकामा वा तपाइँलाई तोकिएको बागमती प्रदेशको भरतपुरमा केन्द्रीय कार्यालय छ भन्ने क्यारे। त्यता बस्नुहुन्छ वा काठमाडौंमा ?

करिब–करिब आधा–आधाजसो हुन्छ। अहिले हामी शाखा विस्तारमा लागेका छौँ। बीमामा विभिन्न किसिमको ग्रामीण क्षेत्रमा बस्दा या त होटलहरुमा जानु पर्ने नै हुन्छ। शाखा, उपशाखाहरु खोल्नुपर्ने नै हुन्छ।

– कति छन् शाखा, कर्मचारी र एजेन्टहरु ?

हाम्रा शाखाहरु ९ वटा छन्। एक्सटेन्सन काउन्टरहरुसहित १६ वटा छन्। पूर्वको इटहरीदेखि पश्चिमको नेपालगन्जसम्म पुगिसकेका छौँ। निकट भविष्यमा सुदूरपश्चिमको महेन्द्रनगर र पूर्वको बिर्तामोडमा पनि पुग्ने तरखरमा छौँ।

– अहिलेसम्म सहरमै दौडिरहनुभएको छ ?

सहरमा केन्द्रित गरेर हामी त्यहाँबाट एक्सटेन्सन काउन्टरका रुपमा ग्रामीण क्षेत्रमा पुग्छौँ। सरकारले लघु बीमा भनेपछि धेरै अफिस खोलेर, त्यसको मेन्टेनेन्स कस्टरहरु मेन्टेन गर्न गाह्रो हुने हुनाले त्यहीँकै म्यानपावरलाई हामीले विभिन्न ठाउँमा सेवा दिने कोसिस गरिरहेका छौँ।

– अहिले त लघुवित्तविरुद्ध आन्दोलन जारी छ। तपाइँहरु त्यही लघु, माइक्रोको नाममा व्यापार गर्दै हुनुहुन्छ। कात्तिको मुश्किल छ ?

अवश्य मुश्किल छ। एउटा कुरा के राख्न चाहेँ भने जनताको बुझ्ने भावना। लघुवित्त र लघुबीमा चाहिँ एउटै हो कि भन्नेहरु पनि धेरै भेटेँ। मलाई कतिपय ठाउँहरुमा सोध्दा खेरी तपाइँहरु पनि लघुवित्त, पैसा उठाउने भन्ने गर्छन्। लघुवित्तले लगानी नगरी लघुबीमाले त्यसको सम्पत्तिको बीमा गर्न सक्दैन। लघुवित्तले गरोस् अथवा सहकारीहरुले गरोस् अथवा विकास बैंकहरुले गरोस् अथवा विभिन्न साना किसान बैंकहरुले गरोस्। यी भनेका हाम्रा ग्राहक हुन्। उनीहरुसँग आबद्ध भएका र नभएका पनि सबै हाम्रा ग्राहक हुन्। सम्पत्तिदेखि लिएर भविष्यमा आउने दुर्घटनाका लागि हामी बीमा गर्न आएका हौँ भनेर हामीले जनचेतनामूलक कार्यक्रमहरुमार्फत जाँदा स्थानीयहरु पनि खुसी नै हुनुभएको छ।

– लघुवित्त चाहिँ तल पुग्दा महँगो हुँदै गए। तपाइँ लघुबीमा चाहिँ ट्रेडिसनल कम्पनीभन्दा महँगो कि सस्तो हो ?

हामी ट्रेडिसनल कम्पनीहरुभन्दा सस्तो हो। नेपाल बीमा प्राधिकरणले कुनै–कुनै प्रडक्टहरुमा हामीलाई साह्रै सस्तो रेटमा उपलब्ध गराउनुभएको छ। उहाँहरुको उद्देश्य नै ग्रामीण क्षेत्रमा पुग्ने हो, बीमा गराउने हो। उहाँहरुले बारम्बार हामीलाई के सन्देश दिइरहनुभएको छ भने तिमीहरु बस्ने ठाउँ भनेको गाउँ हो। तिमीहरुको कस्टमर भनेको वडा–वडामा हो। तिमीहरु जाने भनेको सम्पूर्ण स्थानीय निकायमा हो। तिनीहरुसँग गएर तिमीहरु चाहिँ प्रोग्राम ल्याऊ, तिमीहरु गर, धेरै सेक्टरहरु समेटिएको छैन। त्यो गर भनेको हुनाले त्यतापट्टि जानै पर्छ।

– थोरै–थोरै प्रिमियम उठाएर तह–तह दाबी भुक्तानी फर्छ्यौट गरेर महँगो लागत पर्छ गाउँमा जान। कर्मचारी खटाउनुपर्यो, कार्यालय राख्नुपर्यो। एजेन्टलाई कमिसन दिनुपर्यो। तपाइँको हेड अफिस चलाउनुपर्यो। अनि लगानीकर्तालाई रिटर्न त कहिले दिने ?

थोपा–थोपा गरेर समुद्र बन्छ। हामी हतोत्साहित भएका छैनौँ। हामीले जुन ट्रेन्डमा गइरहेका छौँ, हामीले त्यसलाई आशावादी रुपमै हेरिरहेका छौँ। तपाइँहरुले भनेजस्तै थोरै प्रिमियम छ। तर, थोरै–थोरै गरेर समुद्र बन्ने हो। हामीले पनि त्यसलाई पोलिसी धेरै बेच्नुपर्ला। हाम्रो पहुँच धेरै ठाउँमा पुर्याउनुपर्नेछ। साथसाथै हामीलाई के छ भने ठूला कम्पनीसरह अरु पनि प्रडक्ट दिइएको हुनाले, मोटर बीमा पनि हामीले पाएका छौँ। पहिला हामीसँग दुईपांग्रे र तीनपांग्रेमात्रै थियो भने अहिले चारपांग्रे पनि ५० लाख रुपैयाँसम्मको हामीले गर्न पाएका छौँ। अब हामीले कस्तो किसिमको पोर्टफोलयोमा म्यानेजमेन्टमा जाने त ? ग्रामीण क्षेत्रमा हामीले सेवा गर्नुपर्यो र हामी चाहिँ इकोनोमिकल्ली सस्टेन्ड पनि हुनुपर्यो। खालि अफिस खोलेर बस्ने कुरा त भएन भनेर त्यसको ब्यालेन्समा हामी लागेका छौँ। सहर क्षेत्रबाट हामीले इनाकोमिकमा टेवा पुर्याएका छौँ भने ग्रामीण क्षेत्रमा चाहिँ त्यहाँको निम्न वर्गहरुलाई के–कसो गर्न सकिन्छ भनेर जागरणतिर पनि लागेका छौँ।

– ७५ करोडको कम्पनी, ५२–५३ करोडमात्रै चुक्ता गरिएको छ। ५० लाखको दाबी। तिर्न सक्ने गरी दौडिनुभएको छ ?

एउटा कुरा कस्तो हुँदो रहेछ भने ७५ करोडको कम्पनी जुन यहाँले भन्नुभयो। अब त्यो ७५ करोडको कम्पनी हुनु पनि राम्रै कुराजस्तो मलाई लाग्छ। किन लागिरहेको छ भने प्रारम्भिक रुपमा हामी जाँदाखेरी अवश्य पनि कठिनाइ र चुनौतीहरु आउका छन्। तर, त्यो ७५ करोडको कम्पनीले सस्टेन्ड गर्न पनि मद्दत गरेको छ नि। ७५ करोडको जुन फिस्क्डमा राखेका छौँ, त्यसको ब्याजदरले प्रारम्भिक चरणमा अवश्य टेवा दिएको छ। साथसाथै यसमै निर्भर रहेर बस्ने भनेको होइन। प्रारम्भिक चरणमा हामी जाँदाखेरी हाम्रो व्यवसायहरुको वृद्धि नहुन्जेलसम्म त्यसले पनि हामीलाई थेगिरहेको छ जस्तो लाग्छ।

– ठूला कम्पनीहरु तपाइँहरु जहाँ अहिले काम गर्न जानु भएको छ, त्यहाँ पहिलेदेखि उनीहरुको मूल कन्सन्ट्रेसन थियो। खोस्नुपर्ने छ बिजनेस ?

खोस्नुपर्ने म भन्दिनँ। प्रतिस्पर्धा गर्ने हो। ठूला कम्पनीसँग कसरी प्रतिस्पर्धा गर्लास् भन्नुहोला। प्रतिस्पर्धा गर्ने विभिन्न उपायहरु छन्। कसैले आफ्नो मार्केटिङ दायरा बढाएर प्रतिस्पर्धा गर्ने हो कि अथवा आफ्नो कम्पेरेटिभ एजका आधारमा, जुन प्रिमियममा हामीले पाएका छौँ। त्यो गरेर प्रतिस्पर्धा गर्ने हो कि। खोस्नै पर्दैन। उहाँहरुले समेट्न नसकेको क्षेत्रलाई हामीले समेटे त पुगिहाल्यो नि।

– तपाइँहरुको पनि उही काउन्टर चाहिँ त्यो यातायातको कार्यालय छेऊछाऊ। यस्तै–यस्तै ठाउँमा अलि बढी बिजनेस आउने।

अहिले प्रारम्भिक चरणमा हामीलाई सस्टेन्ड हुनका लागि त्यो पनि जरुरी छ। यातायातको कार्यालय भनेको सरकारले तोकेकै क्षेत्र हो। जब हामीलाई मोटर बीमा दिइसकेपछि हामी त्यसो अछुत भएर बीमा गर्दैनौँ भनेर बस्न सक्दैनौँ। त्यसैले यातायात कार्यालयमा अवश्यक कार्यालय खोलिएको छ। यातायात भएकै ठाउँमा खोल्ने यातायात कार्यालय, अरु ठाउँमा गएर त मान्छे आउँदैन। सम्पत्तिका भए, घरका भए, कृषिका भए, ती सबैलाई सामूहिक रुपमा कसरी अगाडि बढाउन सकिन्छ ? त्यसको पोर्टफोलियो म्यानेजमेन्ट मुख्य चुनौती रहेको छ। एउटा प्रडक्टलाई मात्रै माथि लगेर भएन। त्यो प्रडक्ट क्रयास भयो भने त हामी सक्दैनौँ। त्यसैले हामीले चाहिँ ब्याकअप अर्कोतिरबाट हुनुपर्छ।

– त्यसो भए भनिदिनुहोस् कतिवटा प्रडक्ट तपाइँहरुले बेचिरहनुभएको छ ? टोटल बिजनेसनको साइज कत्रो बनाउनुभएको छ ?

हामीले काम सुरु गरेको पनि धेरै भएको छैन। दुइटा माइक्रो ननलाइफ र दुइटा माइक्रो लाइफ गरी ४ वटा सँगसँगै आएको हो। पछि ३ वटा आए। आजको मितिसम्म हामीले ७ करोड बढीको बिजनेसमा गरिसकेका छौँ। व्यवसायमै अरु कम्पनीसँग तुलना गर्ने हो भने हामीले थोरै अगाडि नै छौँ होला। यसको मतलब हामी माथि पुग्यौँ, अरु आउन सक्दैन भन्ने होइन। यस्तो चुनौती छ, यो सिंगल पाईलाई चाहिँ सेअर गरेको स्थितिमा आफ्नो इफिसिएन्सी देखाएर, आफ्नो मार्केटिङ देखाएर, आफ्नो पहुँच बढाएर हामीले लग्नुपर्छ।

– दाबी चाहिँ कति पर्यो ?

दाबी नगण्य रुपमा छ। अहिलेसम्म हामीले सुरु गरेयता १०–१२ वटा मात्रै दाबी आएका छन्। त्यस्तो ठूलो दाबी चाहिँ परेको छैन।

– ए भन्ने कम्पनी जुन ठूला भए। तपाइँ बी क्याटेगोरीका मानौँ। त्यसमा पनि तपाइँहरु २–३ वटा हुनुहुन्छ। तपाइँहरुकोमा किन आउने किनकि यो क्षेत्रमा ठूलो कम्पिटिसन छैन है ? यो उस्तै–उस्तै हुनु सबै भन्ने लिट्रेचर छ। माइक्रो इन्स्योरेन्समा किन बीमा गर्न आउने ? त्यसमा पनि नेपाल माइक्रोलाई किन छान्ने एउटा आममान्छेले खोज्दा तपाइँहरुको जबाफ चाहिँ के हुन्छ ?

नेपाल माइक्रो नेपाल सरकारको उद्देश्य परिपूर्ति गर्नका लागि आएको हो। हामीकहाँ किन आउने भन्ने प्रश्न गर्नुभयो ? किनकि हामी सस्तो छौँ। हामी ग्रामीण क्षेत्रमा पुगिरहेका छौँ भन्न सक्छौँ। हामी कसैको भाग खोस्न आएका होइनौँ। हाल रहेका कम्पनीहरुसँग हाम्रो प्रतिस्पर्धा नै हुन सक्दैन। किन हुन सक्दैन भने उहाँहरुले अथाहा समइन्स्योरेन्स अमाउन्ट गर्नुहुन्छ, हामीलाई ५० लाखसम्मको समइन्स्योरेन्सको गर्नुपर्ने बाध्यता छ। ५० लाख रुपैयाँभन्दा एक पैसा बढी हामीले समइन्स्योरेन्स अमाउन्टको गर्न सक्दैनौँ। तर, त्यही सीमित दायरामै रहेर विभिन्न आफ्नो क्रियाकलापबाट हामी चाहिँ बिजनेस गर्छौं।

– तर, त्यही एउटा मोटरसाइकलको बीमा गर्नुपर्यो, स्कुटरको बीमा गर्नुपर्यो भने उनीहरुले २ हजार असुल्ने, तपाइँहरु चाहिँ १६–१७ सय असुल्ने हो र ?

म यहाँहरुलाई निवेदन गरौँ भने मोटर पोर्टफोलियोमा सस्तो छैनौँ हामी। मोटर पोर्टफोलियोमा ठूला कम्पनीहरु र हामीहरुबीच कुनै फरक छैन। एउटै ट्यारिफ हो। अरु चाहिँ के हुन्छ भने अघि मैले सम्पत्तिको कुरा गरेँ, घरको कुरा गरेँ, चोरीको कुरा गरेँ अनि जीपीएहरुको कुरा गरेँ, ट्राभलको कुरा गरेँ। हामी चाहिँ कस्तो प्रयासमा छौँ भने कसैले नदिएका प्रडक्टहरु डिजाइन गरौँ। साना–साना प्रडक्टहरु। यहाँलाई थाहा नै होला यो प्रडक्टहरु फिलिपिन्समा एकदमै राम्रो ढंगले माइक्रो बीमा गइरहेका छन्। कसरी गरे त उनीहरुले यो व्यवसाय राम्रोसँग ? राम्रो हुनुको कारण के त ? उनीहरुले साना–साना प्रडक्टहरु धेरै मात्रा गरेका छन्। ठूला–ठूला कम्पनीहरुले नदेखेको प्रडक्टहरु उनीहरुले गरेका छन्। उनीहरुको व्यापार हेरेर हामीले सोहीअनुरुप प्रडक्टहरु तयार पारेर बीमा प्राधिकरणमा पेस गरेका छौँ। त्यहाँबाट स्वीकृत भएपछि अरुले नगरेका प्रडक्ट लिएर हामी बजारमा जान्छौँ।

– तपाइँहरुको फर्टाइललाइन भने चाहिँ कुन एरिया हो ?

अब फर्टाइललाइन इज फर्टाइललाइन, जुन भर्जिन छ। मैले अघि भर्जिन किन भनेँ भने ठूला कम्पनीहरुले गर्ने बीमाहरुबाट छुटेकाहरु छन् नि त होइन। उहाँहरुलाई भ्याइनभ्याइ छ। जुन रहेकाहरु छन्, चाहे त्यो प्रपर्टी बिजनेसमा होस्। अब यहाँलाई प्रपर्टी बिजनेसकै बारेमा एउटा सानो उदाहरण सुनाउँछु म। प्रपर्टी बिजनेस भनेको के त ? प्रपर्टी बिजनेसमा हामी जान सक्यौँ भने हामीले ३–४ वटा बिजनेस त्यहीँ पाउँछौँ कि जस्तो लाग्छ मलाई।

– के–के पाउनुहुन्छ ?

प्रपर्टी बिजनेसमा गयौँ भने कसैको एउटा पसल होला, व्यवसाय गरिरहेको होला। उसले आफ्नो स्टकको बीमा गराउँछ। त्यही व्यक्तिको ५० लाखसम्मको घर होला। त्यहाँ हामीले अर्को बिजनेस पायौँ। त्यही व्यक्तिले फेरि एउटा सानो स्कुटी अथवा केही राखेको छ भने त्यसको पनि बीमा गर्न पायौँ। त्यसैगरी उसको एक्सिडेन्टल बीमा गर्न पायौँ। म त त्यो देखिरहेको छु। एउटामा गयौँ भने ३–४ वटा समात्न सकिन्छ। व्यवसाय विस्तार गर्नका लागि त्यही चिजहरुमा हामी गएर त्यो गर्न सक्यौँ भने अलि राम्रै दायरामा जान सकिन्छ कि।

– आजका दिनसम्मको बिजनेस एक्सिपिरियन्स हेर्दा माइक्रो इन्स्योरेन्सहरुले राम्रै गरेर खान्छन् त ?

म त आशावादी छु। हामीले जुन प्रयासहरु गरिरहेका छौँ। जुन एउटा सचेतनाको कार्यक्रमहरुमै हामी गइरहेका छौँ। हाम्रा विभिन्न शाखामा रहेका हाम्रा अफिसहरुबाट जुन फिडब्याकहरु हामीले लिइरहेका छौँ। र, बैंक तथा वित्तीय संस्थाहरुसँग, जसले हाम्रो क्यारियरको काम गरिरहेका छन्, उनीहरुले हामी ठूला–ठूला बैंकका ठूला–ठूला शाखासँग करोडौँको लगानी गर्ने कुरा गर्दैनौँ। नेपालभर फैलिएका हाम्रा सा–साना शाखासँग समन्वय गरी, अझ विकास बैंकहरुसँग अनि अझ सा–साना सहकारीहरुसँग हामी जाने कोसिसमा छौँ। हामीले कतिसँग सम्झौता गरिरहेका छौँ। त्यसले चाहिँ हामीलाई ढाडस के दिइरहेको छ भने उनीहरुको बिजनेस अब हामीसँग हुन्छ है। एउटाले गर्यो भने अर्कोले पनि गर्छ है भन्ने कुरामा जति ठाउँमा हामीहरु भिजिट गर्यौँ, जुन–जुन नेपालका विभिन्न ठाउँहरुमा गयौँ, उनीहरुको सकारात्मक हामीप्रतिको धारणा, सस्तो प्रिमियमले गर्दाखेरी ल गरौँ सम्झौता भनेर उनीहरु आइरहेका छन्।

– गरिबको बीमा चाहिँ कसरी गराउने ?

हामी सीमान्त वर्ग नै भन्छु म पनि। अब गरिबको बीमा गराउनका लागि यदि नेपाल सरकारको साँच्चिकै सोच हो भने सरकारले यसमा पुर्याउन अति जरुरी छ।

– फर्म्याट के हो ?

म बागमती प्रदेशको एउटा स्थानीय निकायमा गएको थिएँ। बागमती प्रदेशमा ठूला व्यक्तिहरुसँगको कन्फ्रेन्स गर्न पाइयो। उहाँहरुले के भन्नुभयो भने तपाइँहरु आउनुभएको छ, ज्यादै खुसी लाग्यो। अब हामी स्थानीय निकायमा भएको एउटा फन्ड जुन हामीसँग जेनेरेट हुन्छ, त्यसलाई हामी कसरी पपर्ली जाने ? त्यसलाई के गर्न सकिन्छ त भनेर उहाँहरुले आइडिया लिइरहनुभएको हामीसँग। हामीले नगरपालिकाका प्रमुखसँग पनि भेटेका छौँ, मुख्यमन्त्रीसँग पनि भेटेका छौँ, गाउँपालिकाका अध्यक्षसँग पनि भेटेका छौं। उहाँहरुलाई सुलभ हुने चिजलाई सरल बनाउनका लागि चाहिँ नेपाल सरकारले प्रयास गर्न अझ जरुरी मैले देखेको छु। कृषिकै कुरा गर्दाखेरी ८० प्रतिशत अनुदान छ। अहिले त त्यो पनि भइरहेको छैन। ८० प्रतिशत नेपाल सरकारले अनुदान दिएको छ। १ हजारको प्रिमियम छ भने ८०० सरकारले तिरिदिएको छ, २०० रुपैयाँमात्रै किसानलाई परेको छ। अब त्यो २०० रुपैयाँ पनि नपरोस् भन्नका लागि स्थानीय निकायहरुको रिसोर्सलाई युज गरेर ५ प्रतिशत वा १० प्रतिशत गरिदिनुहोस्, किसानहरुलाई १०० रुपैयाँमात्रै प्रिमियम भनिदिनुहोस् अनि पो आउँछन् किसानहरु। किसानलाई खान–लगाउन छैन, गुजारा गर्न गाह्रो छ, प्रिमियम दर हामीले धेरै राखिदियौँ भने त नेपाल सरकारको सोचअनुसार त हामी जानै सक्दैनौँ। त्यसैले नेपाल सरकारले चाहे स्वास्थ्य बीमाको क्षेत्रमा होस्, चाहे चेपाङ, राउटे जातिलाई इन्ह्यान्स गर्ने, उनीहरुलाई स्वास्थ्य वा भूकम्पपीडितका लागि हो। हामीसँग हातेमालो गर्न सकियो भने यसलाई एकदम सरल रुपमा साना किसानले पनि अफोर्ड गर्न सक्ने गरी यो बीमालाई लैजान सकिन्छ।

– भनेको स्थानीय तह तपाइँहरुको मार्केटको केक साइज बढाउन सबैभन्दा बेस्ट टुल्स हुन् ?

एकदमै। किनभने ती समुदाय समेटिएका छैनन् अहिलेसम्म। सुरुको अवस्थामा रहेकोले हामीलाई गाह्रो होला। सचेतना नै सबैभन्दा ठूलो कुरो रहेछ। उहाँहरुको भ्रमलाई कसरी चिर्ने ? उहाँहरुलाई चाहिँ मेरो आज गरेको बीमाले भोलि रक्षा गर्छ भन्ने कुरालाई कसरी बुझाउने ? भन्ने कुरा धेरै ठाउँमा कन्भिन्स गर्दा उहाँहरु कन्भिन्स हुनुभएको छ। एउटा कुरा कस्तो हुँदो रहेछ भने हामीले चाहिँ सचेतना कार्यक्रमहरु गाउँमा गर्दाखेरी स्टेकहोल्डरहरु सबैलाई जम्मा गरेका छौँ। नगरपालिकामा गर्दाखेरी पनि स्टेकहोल्डरलाई गरेका छौँ भने उहाँहरुको तेस्रो माध्यमबाट र विभिन्न मिडियाका माध्यमबाट पनि लघु बीमा के हो ? तिमीहरुलाई के फाइदा यसबाट ? भन्ने कुरामा हामीले आवश्यक पनि सहयोग पाउँछौँ र हाम्रो बजार विस्तार हुन्छ भन्ने विश्वास लिएका छौँ।

– हामी दौडिरहेका छौँ ?

हामी दौडिनै पर्यो। भर्खरै बेस क्याम्पमा पुगेर हिमाल अहिले नै चढ्छौँ भन्न चाहिँ हामी सक्दैनौँ। तर, बेस क्याम्पबाट उक्लिने प्रयासमा छौँ।

– बजारमा मान्छेहरुले गाइँगुइँ भन्न थालेजस्तो यी कम्पनीहरु सस्टेन गर्दैनन् केही समयपछि कि माथिल्लो श्रेणीका कम्पनीमा गएर सरेन्डर गर्छन् कि अहिले भएकाहरु मर्ज भएर फेरि अर्को श्रेणीको कम्पनी रुपान्तरण हुन्छन्, त्यस्तो त होइन नि ?

म चाहिँ त्यस्तो देख्दिनँ। किन देख्दिनँ भने चाहिँ अघि पनि हामीले धेरै वार्ता गर्यौँ। अब आफ्नो बजार आआफ्नो हो। त्यो बजारलाई कसरी लिन सकिन्छ। अहिले जीवन बीमा पनि आएका छन्, निर्जीवन बीमा पनि आएका छन्। हो, चुनौती कस्तो किसिमको छ भने हामीलाई चाहिँ सानो प्रिमियम दरहरु हुँदाखेरी चाहिँ धेरै पोलिसी जारी गर्न जरुरी छ। हामीले थोरैले गर्न सक्दैनौँ। हाम्रो पोलिसीहरुको संख्या धेरै हुनु पर्यो क्या अनिमात्रै हुन्छ। म कृषि विकास बैंकबाट आएको नाताले के भन्छु भने हामी सानो बचतलाई धेरै प्रोत्साहन गथ्र्यौं। किनभने क्राइसिस भएको बेलामा त्यो डिपोजिटले काम गर्थ्यो क्या। थोपा–थोपा पानीले समुद्र बन्छ भनेको जस्तै तिनीहरुको बैंकको दायित्व बढी हुँदैन। त्यसले लघु बीमामा पनि साना–सानाहरुलाई हामीले आबद्ध गर्दै लग्न सक्यौँ भने अवश्यक पनि सफल हुन्छौँ।

– तपाइँको क्लेम सेटलमेन्टको मेकानिजम चाहिँ कस्तो छ ?

हामीले के चाहेका छौँ भने दाबी हुने बित्तिकै सकेसम्म चाँडोभन्दा चाँडो सेटलमेन्ट होस् भन्ने हो। किनकि भने चाँडो क्लेम सेटलमेन्ट भएन भने त अरु बीमा कम्पनीमा भइरहेको र हामीमा भएको के फरक भयो हुन्छ र ? नेपाल बीमा प्राधिकरणले हामीलाई चाहिँ के एउटा फेसिलिटेड गरिदिएको छ भने हाम्रो चाहिँ डकुमेन्ट एकदम सानो छ, २–३ पेजको। भर्नलाई गाह्रो छैन। हाम्रो त्यो दाबी नै आइसकेपछि पनि हामी प्रपर रुपमा एक्सन दिइरहेका छौँ। हामी दाबी भुक्तानी छिटोछरितो रुपमा गरिदिएका छौँ। हामीलाई त अगाडि बढ्नुछ। दाबीलाई नै हामीले ढिलासुस्ती गर्ने हो भने हामी कसरी अगाडि बढ्ने ?

– तपाइँहरु ५० लाख रुपैयाँसम्मको जोखिम बोक्छु भनिरहनुभएको छ। तपाइँहरुको थर्ड पार्टीलगायतका बिजनेसहरु छन्, त्यसमाथि तपाइँहरु ग्रामीण क्षेत्रमा गएर पोलिसी उठाउनुहुन्छ। कार्यालयहरु सीमित छन्। त्यो मान्छे तपाइँकोमा आएर मलाई पैसा दिऊ भन्नुपर्दा त्यसलाई छिटोछरितो बनाउने मेकानिजम के हो ?

हाम्रा जति पनि शाखाहरु छन्, उनीहरुमाझ अब एउटा क्यालेन्डर नै लिएर जाँदैछौँ। हाम्रो एजीएमपछि कस्तो क्यालेन्डर ल्याउँदैछौँ भने हरेक क्षेत्रमा हामी जाँदा गाउँपालिकाहरुको पूरा म्यापिङ गर्ने। कुन–कुन गाउँपालिकामा कतिवटा वडा छन् ? उनीहरुसँग हामी वार्तालाप गर्छौं। उनीहरुको जुन कष्ट–दुःख छ अथवा बीमा गर्न सक्ने क्षमता छ। त्यसलाई लगेर फेरि स्थानीय निकायका प्रतिनिधिसँग छलफल गर्छौं। उनीहरु र हामीबीच हातेमालो हुन सक्यो भने त्यहाँका जनतालाई कसरी छिटो–छरितो तरिकाले बीमा सेवा दिने र नेपाल सरकारले सीमान्त वर्गलाई कसरी उठाउने हो त ? खाली ल्याइदिएर एउटा माइक्रो खोलेर मात्र त हुँदैन। सरकारले हामीलाई जन्माइदिनुभएको छ। हुर्काइदिने पनि वातावरण बनाउनुपर्यो।

– तपाइँहरुको त ग्रामीण क्षेत्रको स्थानीय तहको कार्यालयमा बसेर सिंगै पालिकाको बीमा गराउँछु, नागरिक वा उसको सम्पत्ति, उसको घर, उसको गाईवस्तु, उसको जमिनको, उसको बालीको भन्ने विभिन्न छ नि ?

नम्बर अफ पोलिसी धेरै नभईकन हामी सस्टेन हुनै सक्दैनौँ। त्यसैले सानो–सानो होस्, हाम्रो प्रिमियम थोरै आओस् तर हामी सबैलाई गर्न सकौँ। अहिले हामी एकैचोटि गएर सबै पालिकाहरुमा गर्छौं भनेर पनि हामीले भनिरहेका छैनौँ। एउटा गाउँपालिकामा वा नगरपालिकामा विभिन्न वडा हुन्छन्। धेरै विकट क्षेत्र पनि होलान्। कहाँसम्म पहुँच दिन सक्छौँ। हामीहरु गएर उनीहरुको विश्वास जितेर, उनीहरुलाई कन्भिन्स गराएर र उनीहरुको समस्यालाई स्थानीय निकायहरुमा लगेर नेपाल सरकारलाई भनेर हामी चाहिँ त्यसलाई निराकरण कसरी गर्न सकिन्छ भनेर जाने हो। अहिले हाम्रो यो अवस्थामा एउटा के चाहिँ खड्केको छ भने हामीकहाँ अहिलेसम्म कृषिको प्रडक्ट आएको छैन।

– ढिला भएको हो ?

ढिला भएको त भन्दिनँ म। मलाई कृषिमा ढिला भएको चाहिँ कस्तो लाग्छ भने पहिलाका बीमा कम्पनीहरुले सरकारबाट पाउनुपर्ने सहुलियत रकम पाउन सकेका छैनन्। ३ अर्ब ५० करोडमा जम्मा ७० करोड रुपैयाँ मात्रै सरकारले उपलब्ध गराएको छ। पैसा नपाएकै कारण ती कम्पनीहरु अझै बढी कृषि बीमा गर्नका लागि उत्साहित नभएको हुन सक्छ। टाइम भ्यालु अफ मनी भनेको ठूलो कुरा हो। त्यो पैसालाई प्रपर युटिलाइजेसन गर्न अहिले सकिएन भने आफ्नो ब्यालेन्ससिटमा त्यसले त नकारात्मक असर स्थिति देखाउने हो। त्यसैले मलाई लाग्छ नेपाल सरकारको कृषि मन्त्रालयले पनि के चाहिरहेको छ भने माइक्रोहरुलाई कस्तो प्रडक्ट दिने ? पहिलाको जस्तो दिऊँ, पहिलाकै सहुलियत रकम भुक्तानी भएको छैन। अब फेरि यिनीहरुलाई ल्याएर बढाऔँ झनै बढ्ने हो कि ? भन्ने एउटा कन्फ्युजनको मन्त्रालय रहेको हो कि। तर, हालसालै हामीले प्राधिकरणसँग कुरा गर्दाखेरी तपाइँहरुको आउँदैछ प्रडक्ट, चाँडै नै हामी दिँदैछौँ भनिरहनुभएको छ। हामीले उहाँहरुलाई के रिक्वेस्ट गर्छौं भने हामी क्लाइन्टकोमा जाँदा कृषि प्रडक्ट नै नलिई जाँदा कसरी जाने ?

– कृषि र यो पशुपन्छी तथा बाली बीमाको सबै हामीलाई दिनुभन्दा थेग्न सक्नुहुन्छ ?

त्यस्तो किसिमले नहोला। एउटै सेक्टर जस्तै कृषि विकास बैंकलाई कृषिको मात्रै गर्न दिएको भए कृषि स्पेसलाइज्ड बैंक हुन्थ्यो। कृषि बैंकलाई कमर्सियल बैंक बनाउनै हुँदैन थियो क्या। कृषि विकास बैंकलाई कृषिको स्पेसलाइज्ड बैंक बनाउनुपथ्र्यो। मैले भन्न खोजेको के हो भने अहिले यो बीमा भनेको एउटा कृषिसँग मात्रै जोडिएको सेक्टर होइन, विभिन्न व्यवसायसँग जोडिएको छ। त्यसैले ब्यालेन्स्ड पोर्टफोलियो लिएर कृषिको, अन्य व्यवसायको र हामी गर्न सक्ने अरु चिज पनि सँगै लिएर जान सक्यौँ भने ब्यालेन्स पोर्टफोलियोमा अगाडि बढ्न सक्छौँ। हामी त्यही तरिकाले अगाडि बढ्नै पर्छ।

– केही समय अगाडिसम्म अहिलेका ट्रेडिसनल कम्पनीहरुले थोरै पुँजीमा व्यापार गरिराथे। उनीहरुलाई क्याप थिएन, तपाइँहरुलाई चाहिँ ५० लाख भनिदियो। यसलाई १ करोड वा २ करोड पुर्याउँ भन्ने छैन ?

७५ करोडको पुँजी छ। ७५ करोडको पुँजी नभएर १० करोडको पुँजी भए पनि हामीलाई सजिलो हुन्थ्यो। ७५ करोडको पुँजीलाई मोबिलाइज गर्ने चुनौती छ हामीलाई। अहिले पो एउटा इन्भेस्टरको होला। आइपीओ जारी गरिसकेको पनि त्यो कम्पनी जनताको हुन्छ। जनताको अपेक्षा धेरै हुन्छ, उनीहरुको प्रश्नहरु पनि धेरै हुन्छन्। उनीहरुप्रति जबाफदेही हामी हुनुपर्छ। त्यसैले पुँजीलाई ५० लाखबाट बढाएर १ करोड गरिदियोस् भन्ने हामी चाहन्नम्। हाम्रो चाहना छैन किनकि त्यो भयो भने त हामी र ठूला कम्पनीहरु के फरक भयो र ? एउटा सबइन्स्योर अमाउन्ट यतिसम्म, तिमीहरु लघु हौँ, तिमीहरु ठूला कम्पनीहरुसँग सक्दैनौ। तिमीहरु यतिमै सीमित रहौ। हामीलाई अप्ठ्यारो पनि कस्तो किमिसको छ भने ५० लाखसम्म बैंकले चाहिँ कुनै चिजमा लगानी गर्यो। उसको मूल्यांकन नै ५० लाख छ। भोलि आएर चाहिँ रिभ्यालुएसन भयो बैंकको र अब ५१ लाख पुग्यो भने चाहिँ हामी गर्न सक्दैनौँ। त्यसलाई कसरी सर्टआउट गर्ने भन्ने कुरा चाहिँ हामीले हेर्नै पर्ने हुन्छ। तर, पनि ५० लाखको कुरा चाहिँ अहिले माइक्रोका लागि ठूलै हो।

– निकट भविष्यमा नेपाल माइक्रो इन्स्योरेन्सको पोजिसन बिजनेसको हिसाबले, गुडविलको हिसाबले या अरु जे–जे कम्पोनेन्टले उसको ब्रान्ड इमेज बनाउनुछ। त्यसरी हेर्दा कहाँ पुग्छ, तपाइँको यो कार्यकाल सकिँदा अथवा तपाइँको संस्थापन पक्ष सम्पन्न गरिसक्दा वा आइपीओ निकालिसक्दा ?

अहिले जतिको फिडब्याक पाइएको छ, त्यसले गर्दाखेरी चाहिँ हामी राम्रैसँग गर्छौं कि जस्तो लागेको छ। तर, तपाइँहरुले भन्नुहोला तपाइँहरुले थर्ड पार्टीबाट धेरै गर्नुभएको छ भनेर। म यो कुरा लुकाउँदिन। किनकि प्रारम्भि चरणमा त्यसले हामीलाई धेरै मद्दत गरेको छ। तर, हामी जुन उद्देश्यका साथ जान खोज्दैछौँ, जुन स्थानीय निकायसँग हामी चाहिँ समन्वय गरेर जान खोज्दैछौँ, यसले लाग्दा अलिकति समय तर अहिलेको यो पेस जुन तरिकाले हामी अगाडि बढेका छौँ, त्यसले हामीलाई रोक्ने छैन। आजको भन्दा भोलि राम्रो, भोलिको भन्दा पर्सि राम्रो र कार्यकालकै कुरा गर्दा त्यहाँसम्म पुग्दाखेरी एउटा राम्रै स्थानमा गएर छोड्न सकिन्छ भन्ने लाग्छ।

– लामै कुरा गरियो। अन्त्यमा केही कुरा शेअर गर्न बाँकी छ भने भनिदिनुहोस्।

यहाँहरुको यो सञ्चार माध्यमबाट सरकार, नियामक र अन्य सरोकारवालाहरुलाई आफ्ना कुरा भन्ने मौका दिनुभएको म धेरै–धेरै आभारी छु।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS