IME Life
Beema Board

जीवन बीमकको ४४% व्यवसाय बागमती, अन्य प्रदेशमा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा जीवन बीमा कम्पनीहरुको व्यवसाय बढी रहेको देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको तथ्यांकले यस्तो देखाएको हो।

हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले यो ९ महिनामा १ खर्ब १० अर्ब १६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ४८ अर्ब ७४ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४४.२५ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

Prabhu
Crest

यसैगरी जीवन बीमकहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो ९ महिनामा कुल व्यापारको १५.७० प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ। कम्पनीहरुले चालु आर्थिक वर्षको ९ महिनामा लुम्बिनी प्रदेशबाट १७ अर्ब २९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुले कोशी प्रदेशबाट १३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा १२.१६ प्रतिशत रहेको छ।

यो ९ महिनामा जीवन बीमकले गण्डकी प्रदेशबाट ११ अर्ब २६ करोड ३६ लाख रुपैयाँ, मधेश प्रदेशबाट ९ अर्ब ४८ करोड ८८ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट ६ अर्ब ६० करोड ७२ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ३ अर्ब १ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको बजार हिस्सा गण्डकीमा १०.२२ प्रतिशत, मधेशमा ८.९४ प्रतिशत, सुदूपश्चिममा ५.९९ प्रतिशत र कर्णालीमा २.७४ प्रतिशत रहेको देखिन्छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS