IME Life
Beema Board

विवाहमा तिलुले आफ्नो ज्वाइँलाई दिए १२ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो रुपमा देखिएको छ । जापानमा बस्दै आएकी बहिनी संगिता गुरुङ्गको शुभ विवाहमा आफ्ना दाई तिलु गरुङ्गले आफ्नो ज्वाइँलाई विवाहको शुभ अवसरमा एशियन लाइफ इन्स्योरेन्सको सुखी जीवन बीमा योजना १२ लाख रुपैयाँको हस्तान्तरण गरेका हुन् ।

हाल बजारमा बीमा क्षेत्रलाई विस्तार गर्न र जनमानसमा बीमाको ज्ञान छर्न प्रतिस्पर्धात्मक कम्पनीहरुले विभिन्न कार्य योजना बनाई गाउँ तथा सहरमा जन्मदिन, विवाह, ब्रतबन्ध आदि जस्ता पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहदै आइरहेको छ । सोही अनुरुप बीमा पोलिसी उपहार दिइएको हो ।

Prabhu
Crest

अरु सामान उपहार दिदा फुट्ने, हराउने, च्यातिने वा लामो समयावधिका लागि टिकाउ नहुने भएकाले बीमा पोलिसी उपहार दिएको तिलु गुरुङ्गले बताए । बीमा पोलिसी उपहार दिदा बचत हुने, जोखिम बहन गर्ने र भविष्यमा एउटा बलियो पूँजीको रुपमा प्राप्त गरिने भएकाले बीमालाई सर्वोत्कृष्ट ठानी पोलिसी उपहार दिएको गुरुङ्गले बताए ।

दुलही संगिता गुरुङ्गले भने पहिलेनै २१ लाख रुपैयाँको सुखी जीवन बीमा योजना खरिद गरिसकेको कम्पनीले जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS