IME Life

ऋणको बोझले थलिँदै विश्वकै ठूलो अर्थतन्त्र, आईएमएफले दियो यस्तो चेतावनी

SPIL
NIC ASIA

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाको ऋण दिनप्रतिदिन बढिरहेको छ। हालैको तथ्यांकअनुसार अमेरिकाको सरकारी ऋण ३५ ट्रिलियन डलर पुगेको छ। जुन अमेरिकाको जीडीपीको १२५ प्रतिशत हो। दोस्रो विश्वयुद्धको बेला पनि अमेरिकाको यस्तो खराब अवस्था थिएन।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिकाको ऋण बढ्नु विश्वका लागि राम्रो संकेत नभएको चेतावनी दिएको छ। ‘यसले विश्वभर ऋणको लागत बढ्दै जाने र विश्वव्यापी वित्तीय स्थायित्व जोखिममा पर्छ’, आईएमएफले भनेको छ।

Prabhu
Crest

आईएमएफले आगामी दिनमा अमेरिकाको ऋण थप बढ्ने आशंका व्यक्त गरेको छ। ‘यससँगै सन् २०२९ सम्ममा विश्वव्यापी सरकारी ऋण जीडीपीको सतप्रतिशत नजिक पुग्ने छ’, आईएमएफले भनेको छ, ‘जुन अघिल्लो वर्ष ९३ प्रतिशत थियो।’

आईएमएफले बुधबार भने बढ्दो सरकारी खर्च, बढ्दो सार्वजनिक ऋण र अमेरिकामा उच्च ब्याज दरले ट्रेजरी प्रतिफलमा उथलपुथलको वातावरण सिर्जना गरिरहेको जनाएको छ। जसका कारण विश्वभर नै ब्याजदर बढ्ने जोखिम बढेको उसको भनाइ छ।

अमेरिकी सरकारी बन्डको यिल्डमा भएको तीव्र वृद्धिले विश्वभरका विकसित र विकासशील देशहरुमा पनि त्यस्तै वृद्धि भएको छ। ती देश विनिमय दर अस्थिरताको समस्यासँग संघर्ष गरिरहेका छन्।

आईएमएफको वित्तीय मामिला विभागका निर्देशक भिटोर गास्परले अमेरिकाको कमजोर वित्तीय नीतिले विश्वभर ब्याजदर र डलरको भाउ बढ्न दबाब दिइरहेको बताए। ‘यसले विश्वभर कोष लागतमा वृद्धि हुन सक्छ’, उनले भने। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS