IME Life

बीमितको पैसा अभिकर्ताको खल्तीमा, ८ वर्षका लागि काम गर्न प्रतिबन्ध

SPIL
NIC ASIA

सिंगापुर । सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले प्रुडेन्सियल बीमा कम्पनीका अभिकर्ताविरुद्ध धोकाधडीमा दोषी ठहरिएपछि ८ वर्षका लागि प्रतिबन्धको आदेश जारी गरेको छ।

बिहीबार अप्रिल १८ देखि लागू भएको निषेधाज्ञा आदेशअन्तर्गत अभिकर्ता गंग हुन हनलाई वित्तीय सल्लाहकारको हैसियतमा कुनै पनि सेवा प्रदान गर्न रोक लगाइएको छ ।

Prabhu
Crest

प्रुडेन्सियल एस्योरेन्स कम्पनी सिंगापुरका पूर्वप्रतिनिधिलाई वित्तीय सल्लाहकार ऐनअन्तर्गत व्यवस्थापनमा भाग लिन, निर्देशकमा रूपमा काम गर्न वा कुनै वित्तीय सल्लाहकार संंस्थाको पर्याप्त शेयरधारक बन्न पनि निषेध गरिएको च्यानल न्युज एशियाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ।

उनीलाई बीमा ऐनअन्तर्गत कुनै पनि बीमा मध्यस्थकर्तामा रूपमा व्यवसाय गर्न र व्यवस्थापनमा भाग लिन पनि निषेध गरिएको प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। एमएसएसले प्रेस विज्ञप्तीमा थप यो पनि भनेको छ कि, हनको अपराधले इमानदारीपूर्वक वित्तीय सल्लाहकार सेवाहरू प्रदर्शन गर्दैन भन्ने विश्वास गर्ने पर्याप्त आधारहरु दिएको छ।

डिसेम्बर ७ मा, उनले धोकाधडी गरेको तीनवटा मुद्दामा दोषी पाइएको थियो, विश्वासको अन्य तीन आपराधिक उल्लङ्घनको आरोपलाई पनि विचाराधिन अवस्थामा राखिएको छ । उनीविरुद्ध २० महिनाको जेल सजाय समेत सुनाइएको थियो ।

एमएएसका अनुसार ती अभिकर्ताले मार्च २०१२ र जुलाई २०१८ का बीच कुल ८६ हजार २१० अमेरिकी डलर ९१ करोड १५ लाख ७ हजार बीमाशुल्क रकम दुरुपयोग गरेका थिए।

हनले प्रुडेन्शियल इन्स्योरेन्समा बीमाशुल्क रकम जम्मा गर्नुको साटो व्यक्तिगत खर्चका लागि पैसा प्रयोग गरेका थिए, जसले गर्दा उसको बीमितको तीनवटा बीमालेख व्यतित भएका थिए।

आफूहरुको बीमालेख नविकरण नभएको गुनासो पीडित बीमितले गरेपछि बीमा अभिकर्ता हनले प्रुडेन्सियलको वेबसाइटबाट फर्जी रसिद र बीमालेखको मुद्रित प्रति झिकेर बीमितलाई दिएका थिए ।

स्थानीय सिंगापुर टुडेको रिपोर्टअनुसार हनले आफ्नो बीमितको बीमाशुल्क आफ्नो घरको किस्ता तिर्न, खाद्यान्न सामग्रीको भुक्तानी, कारको किस्ता र दैनिक खर्च चलाउन प्रयोग गरेका थिए । उनले करिब साढे ६ वर्षमा ३२ पटक यस्तो गरेका थिए । उनी फेब्रुअरी २०२१ मा पक्राउ परेका थिए र पछि उनले आर्थिक संकटका कारण बीमितको पैसा दुरुपयोग गर्न बाध्य भएको दाबी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS