SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

साविक महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ५५ पाउँदा कुन योजनामा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९।८० को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक आर्थिक वर्ष २०७९।७८ को लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमंकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणको २०८१ वैशाख २ गते स्वीकृत भएको हुँदा २०८० असार मसान्तसम्म जारी भएका मुनाफामा सारिक हुने गरी बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम रुपैयाँ ३२ देखि ५५ रुपैयाँसम्म घोषणा गरिएको हो।

महालक्ष्मी सावधिक जीवन बीमालेख

Prabhu
Crest

महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ। सावधिक जीवन बीमालेखमा ५ देखि १५ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्षसम्म अवधिका लागि ४६ रुपैयाँ र २६ देखि ३० वर्षसम्म अवधिका लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी ५ देखि १५ वर्षसम्म अवधिको ८ हजारवटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गन छन्।

महालक्ष्मी सरल जीवन बीमा योजना

महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिका लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ। कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५०३ वटा बीमालेख बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ५२ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

महालक्ष्मी जीवन हेरचाह बीमा योजना

महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ५० रुपैयाँ र १६ देखि २५ वर्षसम्म अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गेको छ। उक्त बीमालेख ३ हजार ४२८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ५१ रुपैयाँ बोनस पाउनेछन्।

महालक्ष्मी बाल बचत बीमा योजना

महालक्ष्मी बाल बचत बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, १६ देखि २१ वर्षसम्म अवधिको बीमालेखमा ३५ रुपैयाँ र २२ देखि २५ वर्षसम्मको अवधिको बीमालेखमा ३९ रुैयाँ बोनसदर तोकेको छ। यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २१ वर्षसम्म अवधि भएको बीमालेख बढी बिक्री गेको छ। उक्त बीमालेख १ हजार ८३२ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले ३५ रुपैयाँ बोनस पाउनेछन्।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना

कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिका लागि एउटै बोनसदर कायम गरेको छ। जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन्। त्यस्तै महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३५ रुपैयाँ कायम गरेको बताएको छ।

त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ। यस बीमा योजनाका बीमितले ४५ रुपैयाँ बोनस पाउनेछन्।

महालक्ष्मी लाइफ प्रभु लाइफमा विलय भइसकेको छ। मर्जरपछि हाल प्रमु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट सेवा प्रवाह गर्दै आइरहेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS