Connect IPS
IME Life

फागुनसम्म १२ वटा फाइनान्स नाफामा जाँदा ५ वटा घाटामा, सर्वाधिक कमाउनेमा मञ्जुश्री

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना फागुनसम्म फाइनान्स कम्पनीहरुले ५६ करोड रुपैयाँ माथि नाफा आर्जन गर्न सफल भएका छन्। हाल सञ्चालनमा रहेका १७ वटामध्ये १२ वटा फाइनान्स कम्पनीले ५६ करोड ६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकबाट देखिएको हो। बाँकी ५ वटा फाइनान्स भने घाटामा रहेका छन्।

फाइनान्स कम्पनीमा नाफा आर्जनको हिसाबले शीर्ष मञ्जुश्री फाइनान्स रहेको छ। फागुनसम्म यो कम्पनीले १६ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

Prabhu
Crest

दोस्रो स्थानमा गोर्खाज फाइनान्स रहेको छ। यो ८ महिनामा गोर्खाजले १३ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। आईसीएफसी फाइनान्स ८ करोड ४६ लाख रुपैयाँ नाफाबाट साथ तेस्रो स्थानमा रहेको छ।

यसैगरी गुडविल फाइनान्सले ३ करोड ३ लाख रुपैयाँ, पोखरा फाइनान्सले २ करोड ७६ लाख रुपैयाँ, श्रीइन्भेस्टमेन्टले २ करोड ७० लाख रुपैयाँ, एनएसएमले २ करोड १२ लाख रुपैयाँ, मल्टीपर्पस फाइनान्सले २ करोड १ लाख रुपैयाँ, सी मर्चेन्टले १ करोड ६२ लाख रुपैयाँ, जानकी फाइनान्सले १ करोड ४८ लाख रुपैयाँ, नेपाल फाइनान्सले १ करोड ३६ लाख रुपैयाँ र बेष्ट फाइनान्सले ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यो ८ महिनामा सबैभन्दा बढी घाटा प्रोग्रेसिभ फाइनान्सले व्यहोरेको छ। यो कम्पनीलाई ११ करोड ३ लाख रुपैयाँ नोक्सानी भएको छ।

त्यस्तै गुहेश्वरी मर्चेन्ट एन्ड बैंकिङले ५ करोड ९१ लाख रुपैयाँ, समृद्धि फाइनान्सले ४ करोड ६२ लाख रुपैयाँ, रिलायन्स फाइनान्सले ४ करोड ३८ लाख रुपैयाँ र सेन्ट्रल फाइनान्सले ४ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS