SKIP THIS

MLBL
IME Life
Beema Board

इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्धारा डिजिटल ल्याव निर्माण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिजिटलाइजेशनको द्रुत युगमा, प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण भएको छ । स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै, कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईबाट इनभिजन एजुकेसन र भिजि फाउन्डेसन, परिवर्तनको लागि यस कार्यमा सामेल भएका छन् ।

यस प्रयासले सबै विद्यार्थीहरू, उनीहरूको जस्तोसुकै पृष्ठभूमि भए पनि, आजको डिजिटल युगमा फस्टाउने अवसर सुनिश्चित गर्नका लागि महत्वपूर्ण कदमको रुपमा प्रतिनिधित्व गर्दछ । भिजि फाउन्डेसन र इनभिजन एजुकेसनको सहकार्यले नेपालका विद्यार्थीहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन र उज्ज्वल भविष्यको लागि मार्ग निर्देशन गरिरहेको छ ।

Prabhu
Crest

शिक्षा क्षेत्रमा भएको प्राविधिक दरारलाई भर्दै दुई उच्च माध्यमिक विद्यालयका विद्यार्थी श्रेयस शर्मा र रुलिन ह्वाङले २०२२ मा एनभिजन एजुकेशनको स्थापना गरेका थिए । “हामी डिजिटल साक्षरता र प्रबिधिबाट बन्चित विद्यार्थीहरूका लागि अवसरहरू ल्याउने यस्तो पहललाई अगाडि बढाउन चाहन्छौं जसले टेक्नोलोजी मार्फत उनीहरूको शैक्षिक क्षितिज फराकिलो पार्दछ,“ सह–संस्थापक रुलिन हुआंगले भने ।
सांघाईमा अवस्थित, इनभिजन एजुकेशनमा स्टीभ यिन, एमी वाङ, पेनी किम, जोनाथन लुएथ र टोलीमा नयाँ सल्लाहकारहरूको रूपमा सुश्री समर यू र श्री जो फाम्ब्रो गरि ६ जना दूरदर्शी व्यक्तिहरू समावेश छन् ।

इनभिजनको मूख्य उद्देश्य नेपालको विद्यालयहरूमा डिजिटल शिक्षा ल्याउनु रहेको छ – उनीहरूले भिजि फाउन्डेसनसँग आफ्नो पहलको सुरुवातदेखि साझेदारी गरेका थिए, तर कागजी कार्य र ढुवानीका चुनौतीहरूका कारण यस वर्षसम्म परियोजनामा ढिलाइ भयो । भिजि फाउन्डेसनका श्री राहुल श्रेष्ठसँगको महिनौंको तयारी र समन्वयपछि, इनभिजन टोली अन्ततः आफ्नो सपनालाई वास्तविकतामा रूपान्तरण गर्न सफल भएको छ ।

“हामी यो प्रयोगशालामा आउनु अघि, विद्यार्थीहरूले कलम र कापीबाट डिजिटल साक्षरता सिकिरहेका थिए– विद्यार्थीहरूले कागजका टुक्राहरूमा एप्स र प्रोग्रामहरू कोर्ने गर्थे । हामीले डिजिटल ल्याब निर्माण गरेपछि, विद्यार्थीहरूको लागि सम्पूर्ण सिकाइ अनुभव नै परिवर्तन भएको छ ।“ इन्भिजन एजुकेशनका सह–संस्थापक श्रेयस शर्माले भने ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS