Connect IPS
IME Life

करिब २१% घट्यो हायर पर्चेज कर्जा, ८ महिनामा सवा १ खर्ब प्रवाह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुबाट हायर पर्चेज कर्जा प्रवाह घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो।

फागुनसम्ममा १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ हायर पर्चेज कर्जा बैंकहरुबाट प्रवाह भएको छ। जुन गत असार मसान्तसम्मको तुलनामा २०.७ प्रतिशतले कम हो। गत असार मसान्तसम्म बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको थियो।

Prabhu
Crest

तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट ९० अर्ब १४ करोड रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएको छ। गत असार मसान्तसम्म यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ प्रवाह भएको थियो। यो हिसाबले व्यापारिक प्रयोजनका लागि बैंकहरुबाट प्रवाह हुने हायर पर्चेज कर्जा समीक्षा अवधिमा २६.४ प्रतिशतले घटेको छ।

उता व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले प्रवाह गर्ने हायर पर्चेज कर्जा पनि १.५ प्रतिशतले घटेको छ। गत असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुले ३६ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा घटेर ३६ अर्ब १५ करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS