SKIP THIS

MLBL
IME Life
Beema Board

एलजीले ल्यायो आकर्षक अफर, नगद छुट र उपहारको साथमा १ लाखको दुर्घटना बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अन्तररास्ट्रिय ब्राण्ड एलजीले नयाँ बर्षलाई लक्षित गर्दै नयाँ बर्षको सुखद सुरुवात, नगद र उपहारको साथ नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजीका घरायसी सामानहरु खरिद गर्दा नगद छुट र पक्का उपहारका साथै रु १ लाखको दुर्घटना बीमा, तथा लक्की ड्र मा एलजी ओलेड टिभी हरेक महिना जित्न सकिने छ ।

एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर रेफ्रिजेरेटर र भ्याकुम क्लिनरको खरिदमा ग्राहकहरुले ४० प्रतिशत सम्मको क्याश ब्याक प्राप्त गर्न सकिनेछ ।

Prabhu
Crest

साथै एलजी साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ ओभन, एलजी डबल डोर रेफ्रिजेरेटर (३०८ लिटर र माथि)को खरिदमा मिक्सर वा भेजिटेबल प्युरिफायर, एलजी डबल डोर रेफ्रिजेरेटर (२८५ लिटर सम्म)को खरिदमा भ्याकुम फ्लास्क वा प्रेसर कुकर पाउन सकिन्छ ।

त्यसैगरी एलजी फ्रन्ट लोड वाशिङ मेसिन (१० केजी र माथि)को खरिदमा इन्डक्सन कुकर, एलजी फ्रन्ट लोड वाशिङ मेसिन(केजी सम्म)को खरिदमा ६ केजी डिटरजेन्ट पाउडर, एलजी टप लोड तथा टुइन टब वाशिङ मेसिनको खरिदमा ४ लिटर डिटरजेन्ट लिकुइद, एलजी डिस वासरको खरिदमा २ प्याकेट डिसवासर किट, एलजी माइक्रोवेभ ओभनको खरिदमा खाना पकाउने कीट र एलजी एयर प्युरिफायरको खरिदमा एयर हिउमिडिफायर प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै एयर सलुसन तर्फको एलजी रुम एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ तथा क्यासेट एयर कन्डिसनरको खरिदमा फ्री इन्स्टलेशन सेवा पाउन सकिन्छ । हरेक महिना लक्की ड्र मार्फत २ वटा एलजी ओलेड टि।भी। जित्न सकिने कम्पनीले जानेको छ । कुनै पनि एलजी टिभीको खरिदमा रु १ लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिने जनाएको छ ।

यो बीमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । लक्की ड्र र दुर्घटना बिमामा समावेश हुन बिज्ञापनमा दिईएको छुट्टा छुट्टै क्यु आर कोड स्क्यान गरेर मागिएको विवरण भरेर रजिस्टर गर्नु पर्नेछ । यसका साथसाथै शुन्य प्रतिशत ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना चैत्र २१ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS