IME Life
Beema Board

यस्ता छन् विश्वका ११ शक्तिशाली भूकम्पका घटना, ताइवानको विनाशले सम्झायो इतिहास

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। ताइवानको राजधानी ताइपेईमा बुधबार शक्तिशाली भूकम्प गएको छ। भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.२ मापन गरिएको थियो। यस भूकम्पमा धेरैको ज्यान गएको बताइएको छ। भूकम्पको धक्का लामो समयसम्म महसुस गरिएको थियो। यस्तो अवस्थामा जान्नुहोस् विश्वका १० शक्तिशाली भूकम्पका इतिहास।

भल्दिभिया (चिली)

Prabhu
Crest

सन् १९६० मे २२ मा दक्षिण अमेरिकी देश चिलीको भल्दिभियामा पृथ्वीको सबैभन्दा शक्तिशाली भूकम्प गएको थियो। यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ९.५ मापन गरिएको थियो। यस भयानक भूकम्पमा करिब १६५५ जनाको मृत्यु भएको थियो। यस भूकम्पका कारण समुद्रमा सुनामी पनि आएको थियो। जसका कारण हवाईमा ६१, जापानमा १३८ र फिलिपिन्समा ३२ जनाको मृत्यु भएको थियो।

प्रिन्स विलियम साउन्ड (अलास्का)

सन् १९६४ मार्च २७ मा पृथ्वीको दोस्रो सबैभन्दा शक्तिशाली भूकम्प अमेरिकाको अलास्कामा आयो। यस महाभूकम्प र सुनामीमा जम्मा १२८ जनाको मृत्यु भएको थियो। यस भूकम्पको धक्का लगातार ३ मिनेटसम्म महसुस गरिएको थियो।

सुमात्रा–अण्डमान टापु

सन् २००४ मा पूर्वी हिन्द महासागरमा गएको ठूलो भूकम्प कसले बिर्सन सक्छ ? यो इतिहासकै तेस्रो शक्तिशाली भूकम्प थियो। यस भूकम्पपछि आएको सुनामीमा करिब ३ लाख मानिसको मृत्यु भएको थियो। धेरै मानिसको शव फेला नपरेपछि पछि मृत मानिएको थियो। दक्षिण पूर्वी एसियाका १० देशमा भूकम्पको धक्का महसुस गरिएको थियो।

तोहोकु (जापान)

सन् २०११ मार्च ११ मा जापानमा ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। जसका कारण समुद्रमा शक्तिशाली सुनामी आएको थियो। यस भूकम्प र सुनामीका कारण जापानमा १५ हजार ७०० जनाको ज्यान गएको थियो भने ४ हजार ६०० भन्दा बढी बेपत्ता भएका थिए। भूकम्प र सुनामीका कारण जापानको फुकुसिमा दाइची आणविक ऊर्जा केन्द्रमा पनि क्षति पुगेको थियो। यसलाई विश्वको सबैभन्दा ठूलो आणविक प्रकोपमध्ये एक मानिन्छ।

कामचटका प्रायद्वीप (रुस)

विश्वको पहिलो रेकर्ड गरिएको ९.० म्याग्निच्युडको भूकम्प सन् १९५२ नोभेम्बर ४ मा रुसको कामचाटका प्रायद्वीपको पूर्वी तटमा भएको थियो। यस भूकम्पका कारण समुद्रमा ४३ फिट अग्लो सुनामी छालहरु उठेका थिए। सुनामीले अमेरिकाको क्यालिफोर्नियास्थित क्रिसेन्ट सिटीलाई पनि असर गरेको थियो।

मौले (चिली)

सन् २०१० फेब्रुअरी २७ मा मध्यचिलीमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसले सुनामी निम्त्यायो र यस प्राकृतिक प्रकोपमा कम्तीमा ५०० जनाको मृत्यु भयो। सोही समयमा भूकम्प र सुनामीका कारण ८० लाख मानिस विस्थापित हुनुपरेको थियो।

इक्वेडर (कोलम्बिया)

सन् १९०६ जनवरी ३१ मा ल्याटिन अमेरिकी देश इक्वेडर र कोलम्बियाको तटीय क्षेत्रमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यस भूकम्पका कारण सुनामीको छाल उठ्यो। यसमा ५०० देखि १ हजार ५०० जनाको मृत्यु भएको थियो।

र्‍याट आइल्यान्ड्स (अलास्का)

सन् १९६५ फेब्रुअरी ४ मा अमेरिकाको अलास्कामा ८.७ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पका कारण ३० फिट अग्लो सुनामी छाल उत्पन्न भएका थिए। यो भूकम्पमा कसैको ज्यान नपाउनु भाग्यको कुरा हो।

असम–तिब्बत

सन् १९५० अगस्ट १५ मा भारतको असम राज्य र चीनको कब्जामा रहेको तिब्बतमा ८.६ म्याग्निच्युडको भूकम्प गएको थियो। यस भूकम्पका कारण भारतमा करिब १ हजार ५०० जनाको मृत्यु भएको थियो। भूकम्पका कारण धेरै खोलाका बाटो पनि बन्द भएकाले तल्लो क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ।

सुमात्रा

सन् २०१२ अप्रिल ११ मा उत्तरी सुमात्रा तटमा ८.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यस भूकम्पको धक्का इन्डोनेसिया, अस्ट्रेलियादेखि भारतसम्म महसुस गरिएको थियो। यस भूकम्पमा झण्डै १२ जनाको मृत्यु भएको थियो।

गोरखा (नेपाल)

सन् २०१५ अप्रिल २५ र मे १२ मा गएको भूकम्पमा करिब ९ हजार मानिसको मृत्यु भएको थियो भने करिब २२ हजार घाइते भएका थिए। गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प ८.२ म्याग्निच्युट र चरिकोटमा केन्द्रविन्दु भएर शक्तिशाली पराकम्प गएको थियो। यो भूकम्पमा ठूलो संख्यामा भौतिक संरचना ध्वस्त भएका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS