SKIP THIS

MLBL
IME Life
Beema Board

सिटिजन्स म्युचुअल फन्डका तीनवटै योजनाले बढाए लगानी, न्याभ कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फन्डको फागुन महिना वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिटिजन्स क्यापिटल रहेका सिटिजन्स म्युचुअल फन्ड–१, फन्ड–२ र सिटिजन्स सुपर ३० को वित्तीय विवरण सार्वजनिक भएको हो।

फागुनमा सिटिजन्स फन्ड–१ को न्याभ बढेर १०.२० रुपैयाँ पुगेको छ। माघमा न्याभ १०.१७ रुपैयाँ थियो। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ८० करोड ७२ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ७६ करोड १८ लाख रुपैयाँ थियो। गत माघमा ६१ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ३२ लाख ९१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

Prabhu
Crest

यसैगरी गत माघमा सिटिजन्स म्युचुअल फन्ड–२ को ९.८६ रुपैयाँ न्याभ रहेकोमा फागुनमा बढेर ९.८९ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी भने बढेर फागुनमा ५४ करोड ४१ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५३ करोड ७६ लाख रुपैयाँ थियो। गत माघमा ७८ लाख ९२ हजार रुपैयाँ घाटा व्यहोरेको यो योजनाले फागुनमा पनि ६४ लाख ६१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ।

गत माघमा सिटिजन्स सुपर ३० को १०.७८ रुपैयाँ न्याभ रहेकोमा फागुनमा घटेर १०.७५ रुपैयाँ कायम भएको छ। यो योजनाको कुल लगानी पनि बढेर फागुनमा ५६ करोड ५४ लाख रुपैयाँ पुगेको छ। माघमा कुल लगानी ५१ करोड ५० लाख रुपैयाँ थियो। गत माघमा ४ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको यो योजनाले फागुनमा पनि ३ करोड ९४ लाख रुपैयाँ कमाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS