IME Life
Beema Board

निर्जीवन बीमाको दाबीलाई सरलीकरण गर्नेमध्येको एउटा पाटोः हाङमा सुब्बाको लेख

SPIL
NIC ASIA
Sanima Reliance

बीमाको विकासका लागि अनेकन विचार विमर्शहरु भइरहेको हामी पाउँदछौँ र यो समयको क्रमसँगै अझ गति लिँदै जाने देखिन्छ। सामान्यतः बीमा र जोखिम एक–अर्काका पूरक हुन् र बीमाका लागि जोखिम भन्नाले आर्थिक क्षतिको निश्चितता हो भने जस्तै दुर्घटना र सोबापतको क्षतिपूर्ति प्रदान गरिने प्रक्रिया पनि एक–अर्काका पूरक भन्न सकिएला।

स्वाभाविक रुपमा क्षतिपूर्तिका लागि बीमा कम्पनीद्वारा अवलम्बन गर्ने कार्य अर्थात् दाबी प्रक्रिया सरल र सहज हुनुपर्ने विषयमा आमचासोको विषय भइरहने गर्दछ र हुन पनि बीमा गरेपछि भवित्तव्य केही भइहालेमा क्षतिपूर्ति प्रक्रिया छिटोछरितो रुपमा अघि बढी दाबी भुक्तानी भएमा बीमितले निश्चय नै आर्थिक र मानसिक रुपमा राहत महसुस गर्छन् र महत्वपूर्ण विषय चाहिँ ऊ आत्मानिर्भर हुन्छन्।

Prabhu
Crest

बीमित वा दाबीकर्ताले बुझ्नैपर्ने महत्वपूर्र्ण विषय चाहिँ के हो भने आफ्नो सम्पत्तिको बीमा गराएको र दुर्घटना भएकै आधारमा मात्र बीमा कम्पनीले दाबी भुक्तानी गर्न सक्दैन भन्ने हो कारण दाबीको पनि आफ्नै प्रकारका प्रक्रिया हुन्छन्, जसलाई कुनै पनि दाबीकर्ताले नियमअनुरुप अनिवार्य रुपमा पूरा गर्नुपर्दछ।

बीमा कम्पनीहरु सार्वजनिक रुपमा नै आफ्ना बीमितहरुलाई सूचनाहरु प्रकाशन गरी दाबी भुक्तानी लिन आग्रह गर्छन् भने बीमितहरु दाबीका लागि कतिपय आवश्यक कागजातहरु तयार गर्ने क्रममा नै समय लागेर अल्मलिरहेका पनि हुन्छन्।

दुर्घटनाको अनुभव

एउटा सामान्य दुर्घटनाको सन्दर्भमा म स्वयंले प्रत्यक्ष अनुभव गरिकी दुर्घटनाका बारेमा यहाँ चर्चा गर्न उपयुक्त ठानेकी छु।
केही समय अघि म बिहान कार्यालय जाने क्रममा ललितपुर रिङ्गरोडस्थित एकान्तकुना चोकमा लेन परिवर्तन गर्ने क्रममा मैले हाकिँरहेकी कारलाई फोहोर बोक्ने ट्रकले पछाडिबाट ठक्कर दियो। उक्त ट्रक मेरो कारको पछाडि आउँदै गरेकोले मैले तुरुन्त आफ्नो कारलाई सडक किनार लगाई उक्त ट्रकलाई पनि रोक्न भनेँ र उसले पनि सडक छेऊ रोक्यो र ट्रकबाट ओर्लर चालक र सहायकले हात दिँदा–दिँदै तपाइँले जबरजस्ती ओभरटेक गर्दा दुर्घटना भएको हो, यसमा तपाइँको गल्ती छ भनेर वादविवाद गर्न लागे।

मैले पनि गल्ती तपाइँकै छ, अगाडि गइरहेको कारबाट तपाइँले पख् भनी हात दिइएको, त्यही पनि ट्रकबाट कसरी देखिन्छ त, व्यस्त सडक, त्यही पनि कार्यलय समय ? तपाइँकै ट्रकले नै हानेरै मेरो कारको पछाडिको भागमा स्क्रयाच भयो भन्दै प्रतिवाद गरिरहेँ। यस क्रममा कहिले चालक त कहिले सहायक आउँदै तपाइँको गल्ती हो भनिरहे र केहीछिनमा अर्का एक व्यक्ति पनि त्यहाँ आइपुगे र सोही कुरा दोहोउँदै सीसीटीभीले प्रमाणित गरेमा मात्र कार बनाइदिने भने ।

कार्यालय समयमा स्वाभाविक रुपमा सवारीसाधनको आवतजावत उच्च हुने भएकोले त्यहाँ कार्यरत ट्राफिक केही क्षणमा आए र दुवै चालकको लाइसेन्स र बिलबुक मागे अनि अफिसबाट मान्छे आउँदै हुनुहुन्छ एकछिन कुर्नुहोसु भनेर फेरि सवारीसाधन व्यवस्थापनका लागि गए। केही बेरसम्म कुर्दा पनि ट्राफिक प्रहरी नआएपछि मैले त्यहाँ कार्यरत ट्राफिकलाई अझ कति समय लाग्छ होला मलाई अफिस जान ढिला भइसक्यो भन्दै चाँडो गर्न अनुरोध गरे।

साँच्चै भन्ने हो भने क्षति सामान्य भएको र अफिसका लागि ढिलो भइसकेको कारणले मलाई त्यहाँ बसेर उनीहरुसँग नचाहिँदो वादविवाद गरिराख्ने मनसाय पटक्कै थिएन तर आफ्नो गल्तीलाई नमान्ने अनि वादविवाद गरिराख्दा चाहिँ पीडित आफू अनि उनीहरु आफ्नो गल्ती पनि स्वीकार नगर्ने ? अब क्षतिपूर्ति चाहिँ उनीहरुबाट नै हुनुपर्ने विचार गरी धैर्यताका साथ ट्राफिक प्रहरीलाई कुरेर बसेँ र केही समयमा उनी पनि आए र हामी ललितपुर जिल्ला प्रहरी कार्यलय पुग्यौँ। उक्त प्रहरी परिसरमा यस्ता अन्य दुर्घटनामा सम्बन्धित अरु पनि थिए र कोही अलि घाइते आवस्थामा पनि आएका थिए। हामी चाहिँ त्यहाँ सम्बन्धित कार्यकक्षमा गयौँ। त्यहाँ पनि उनीहरुले उही गल्तीको कुरा दोहोर्याए र त्यहाँ ड्युटीमा रहेका प्रहरीबाट सीसीटीभी फुटेजका लागि निवेदन दिन भने र हामी सीसीटीभी भएको कक्षमा गई निवेदन दिई सीसीटीभी हेर्याैं। तर, उक्त फुटेज हेर्दा पनि कुनै निष्कर्ष ननिक्लेका कारण पुनः सम्बन्धित ठाउँमा गई आ–आफ्ना पक्ष राख्यौँ।

अन्तमा साइटलाइट नबलेको खण्डमा म स्ययंले आफ्नो गाडी बनाउनुपर्ने र साइडलाइट बलेको अवस्थामा उक्त ट्रकका धनीले बनाइदिने सर्तमा पुनः सीसीटीभी फुटेज हेर्न गइयो र आखिर ट्रकका धनीले नै बनाइदिनुपर्ने भयो र केही दिनमा मेरो कार बनेर आयो र मिलापत्र गरियो। यसरी ट्राफिक प्रहरीको समन्वयमा मैले सजिलो तरिकाबाट क्षतिपूर्ति प्राप्त गरे।

दुर्घटना भएको अवस्थामा तनाव र क्षतिपूर्तिलाई बीमामा रुपान्तिरित गरिनुपर्ने जनचेतना

सामान्यत दुर्घटनाको प्रकृतिअनुरुप कुनै साना हुन्छन् त कुनै ठूला हुन्छन् र त्यहीअनुरुपका प्राथमिकता पनि हुन्छन्। यस अर्थमा कुनै पनि दुर्घटना हुन साथ के–के गर्ने भन्ने सामान्य जनचेतनाको खाँचो छ। जस्तै– प्रहरीलाई खबर गर्ने, घाइतेलाई जतिसक्दो अस्पताल लैजाने हुन सक्छन्।

कतिपय अवस्थामा चाहिँ दुर्घटनापछि वादविवादमै महत्वपूर्र्ण समय खर्च गर्ने, हातमा मोबाइल लिएर फोटो, भिडियो बनाउनेजस्ता कार्य पनि देखिन्छन् भने दुर्घटनाग्रस्त सवारीसाधनका चालकहरुबीच एक–आपसमा दोषारोपण गर्ने र उनीहरुसँगै अन्य व्यक्तिहरु पनि उक्त वादविवादमा सम्मिलित भई झन उग्र बन्ने गरेका घटना पनि देखेका छौँ।

यी सबै परिदृश्यमा सम्भवतः वादविवादलगायतका क्रियाकलापहरु क्षतिपूर्तिका लागि नै हुने गर्दछन्। तसर्थ यस्ता परिस्थितिमा बीमाका बारेमा सचेत भइदिँदा अनावश्यक वादविवाद हुँदैनथ्यो कि ! मानसिक तनाव पनि कम हुन्थ्यो कि ! यसर्थ बीमाले यस्ता परिस्थितिमा उत्प्रेरकका रुपमा कार्य गर्ने हुनाले फलस्वरुप आमचासोको विषय उपचार र क्षतिपूर्तिका लागि ‘बीमा छँदैछ नि’ भन्ने अभ्यासलाई प्राथमिकताका साथ बढावा दिनुपर्ने देखिन्छ।

यीबाहेक बीमाको सन्र्दभमा सकरात्मक पक्ष पनि छन्। जस्तै– आफ्ना सवारीसाधनको सम्बन्धित बीमाका बारेमा र दुर्घटना भएपछि गर्नुपर्ने कार्यका विषयमा कतिपय बीमित सचेत हुन्छन् र दुर्घटना हुनेबित्तिकै बीमा कम्पनीलाई जानकारी गराई बीमा कम्पनीको निर्देशनअनुरुप कार्य गर्छन्। यस्ता कार्यले बीमित र बीमा कम्पनी दुवैलाई दाबी प्रक्रिया अगाडि बढाउन सजिलो हुने गर्दछ र परिणामस्वरुप दाबी भुक्तानी सरल र सहज हुने गर्दछ। एवंप्रकारले दुर्घटनाहरु जहाँसुकै हुन सक्छ। साना–तिना दाबीबाहेक आवश्यकताअनुरुप निर्जीवन बीमामा पुलिस रिपोर्ट अनिवार्य पेस गर्नुपर्दछ,। दुर्घटना हुनबित्तिकै यसका उद्धारका लागि प्रहरी प्रशासनको सहयोग नितान्त आवश्यक त भइहाल्यो। यसबाहेक प्रहरी प्रशासनको सहयोगलाई बीमा सगं पनि जोडिदिने हो भने अझ राम्रो हुने देखिन्छ। जस्तै– प्रहरीद्वारा दुर्घटनाको यथार्थ विवरण, मृतकको संख्या, घाइतेको संख्या, क्षति भएको सवारीसाधनको फोटोहरु तथा सान्दर्भिक चाहिँ दुर्घटना भएको अवस्थामा वा भनौँ दुई वा सोभन्दा बढी सवारीसाधन एक–आपसमा ठोक्किँदा कसको गल्ती हो भन्ने तथ्यलाई स्पष्ट गरी सम्बन्धित क्षेत्रको प्रहरी कार्यालयमा पठाई रेकर्ड गराइदिने हो भने उक्त दुर्घटनाग्रस्त सवारीसाधनको क्षतिपूर्ति मूल्यांकनका लागि बीमा कम्पनीबाट नियुक्त भएका सर्भेयरलाई क्षति मूल्यांकन गर्न सहज हुने देखिन्छ र पीडित र पीडक दुवैलाई क्षतिपूर्तिका लागि सहज वातावरण सिर्जना हुन जाँदछ।

नीतिगत रुपमा सवारीसाधनको बीमाको चेकजाँच

सवारीसाधनको तेस्रो पक्ष बीमा अनिवार्य भएको र यहाँ यो पनि जोड्न चाहे मोटर बीमा दरसम्बन्धी निर्देशिका, २०७३ बमोजिम ‘सवारीसाधन बीमाको प्रमाणपत्र अनिवार्य रुपमा सवारीसाधनमा राख्नुपर्नेछ’ भन्ने प्रावधान उल्लेख भएअनुरुप सवारीसाधानको बीमा प्रमाणपत्र सवारीधनीले सवारीसाधनमा नै राख्ने र अझ प्रभावकारी चाहिँ के हुन सक्दछ भने जसरी कुनै पनि सवारीसाधनको चेकजाँच हुँदा सवारीचालकको लाइसेन्स, बिलबुकको वैधताको जाँच हुन्छ। त्यसैगरी सवारीसाधनको बीमाको पनि अनिवार्य चेकजाँच हुने व्यवस्था भएमा अति उत्तम हुनेछ।

बीमा र इकोसिस्टम

‘बीमा’ आफैँमा बृहत विषयसँग जोडिने विषय हो। यसलाई आधारभूत रुपमा बीमक र बीमितबीचको करार हो भनिए पनि यसले विभिन्न क्षेत्रसँग पनि सम्बन्ध राख्दछ। ‘राष्ट्रिय बीमा नीति, २०८०’ जारी हुनु तथा बीमासम्बन्धी आमचासो तथा तत् सम्बन्धी क्रियाकलाप बढिरहेको अवस्थामा बीमाको सदृढीकरणका धेरै विषय बहसका रुपमा आउन सक्लान् र तीमध्ये एउटा महत्वपूर्र्ण विषय चाहिँ कुनै पनि बीमा गरिएको सम्पत्तिको दुर्घटना वा क्षतिको समयमा यसलाई पुष्टि गर्ने, प्रमाणित गरिदिने समन्वयकारी निकायहरुको पनि अहम् भूमिका हुने गर्दछ भन्ने तथ्य ती निकायले पनि राम्ररी बुझिदिएर सहजीकरण गरिदिएमा बीमा सेवालाई अझ छिटोछरितो भई यसबाट गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ।

यसर्थ, सम्बन्धित सबै आधिकारिक निकायहरुद्वारा सहजीकरण गरिदिने परिपाटी स्थापित हुने हो भने बीमाको विश्वसनीयता बढ्दै गई आममानिस आत्मनिर्भर हुँदै जाने तथा समयसँगै समग्र जोखिम बीमा क्षेत्रलाई हस्तान्तरण हुँदै जाने र यसको परिणामस्वरुप बीमित, बीमा कम्पनी र समग्र वित्तीय क्षेत्रको इकोसिस्टम नै लयबद्ध हुने देखिन्छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS