काठमाडौं । नेपाल फाइनान्सको १ लाख ४० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको १ लाख ४० हजार ९६३ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
इच्छुक संस्थापक शेयरधनीहरु ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा वा शेयर रजिस्ट्रार प्रभु क्यापिटलको कार्यालयमा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद अवोदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।