SKIP THIS

MLBL
IME Life
Beema Board

सर्वोत्तम सिमेन्टको शेयर मंगलबारबाट कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर भोलि मंगलबारदेखि कारोबारमा आउने भएको छ। यो कम्पनीले आइपीओ आज सोमबार नेप्सेमा सूचीकरण भएसँगै भोलिबाट कारोबारमा आउने भएको हो। नेप्सेमा कुनै पनि कम्पनीको आइपीओ सूचीकरणको दोस्रो दिनबाट शेयर कारोबारमा आउने गर्छ।

नेप्सेमा सर्वोत्तम सिमेन्टको १०० रुपैयाँ अंकित दरका कुल ४ करोड ६५ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४ करोड ५ लाख कित्ता र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय, योग्य संस्थागत लगानीकर्ता र कर्मचारीसमेत)को गरी ६० लाख कित्ता रहेका छन्।

Prabhu
Crest

बुक बिल्डिङ विधिबाट सर्वोत्तम कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ४०१ रुपैयाँ र त्यसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ शेयर बिक्री गरेको थियो।

नेप्सेले सर्वोत्तम सिमेन्टलाई ‘एसएआरबीटीएम’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्से यो कम्पनीलाई न्यूनतम प्रतिकित्ता १८५.३६ रुपैयाँदेखि अधिकतममा ५५६.०८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। भोलि स्पेसल प्रिसेसनमा नेप्सेले तोकेको रेन्जभित्र सर्वोत्तम सिमेन्टको शेयर खरिदबिक्री भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

0%

दु :खी

0%

अचम्मित

7%

उत्साहित

47%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS