IME Life
Beema Board

अर्थतन्त्र सुस्ताउँदा पनि नेशनल लाइफको व्यवसायमा वृद्धि, एकैदिन एउटै शाखाबाट बेच्यो १०१ बीमालेख

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । स–साना पसलदेखि ठूल्ठूला उद्योगहरु यसैका कारण सुस्त बनेका छन् । यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन । बीमा कम्पनीहरुको वित्तीय विवरणबाट पनि व्यापार खस्केको देख्न सकिन्छ ।

यस्तो जटिल परिवेशमा पनि नेशनल लाइफ इन्स्योरेन्सको व्यापार विस्तार भने राम्रो तवरले अघि बढिरहेको देखिन्छ । यसको पछिल्लो उदाहरणका रुपमा यो कम्पनीको कलंकी एवं नेपालगन्ज शाखालाई लिन सकिन्छ । सबल र गुणस्तरीय बीमा सेवा प्रदान गर्दै आइरहेको नेशनल लाइफको कलंकी शाखाले एकैदिनमा १०१ वटा बीमा पोलिसी बिक्री गरी ७८ लाख रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेको छ भने नेपालगन्ज शाखाले एकैदिनमा रु १ करोड १५ लाख व्यवसाय गर्न सफल भएको छ ।

Prabhu
Crest

नेशनल लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले भने, ‘देशमा विद्यमान आर्थिक मन्दीको अवस्थामा पनि हामीले कलंकी शाखाबाट एकैदिन १०० भन्दा बढी बीमालेख बिक्री गर्न सफल भएका छौं । त्यस्तै, नेपालगन्ज शाखाबाट रु १ करोड १५ लाखको प्रथम बीमाशूल्क व्यवसाय गर्न सफल भयौं । यस्तो परिस्थीतिमा सक्रिय अभिकर्ताहरुको संख्यामा वृद्धि गरी ठूल्ठूला बीमाशुल्कभन्दा पनि बीमालेख संख्यामा ध्यानकेन्द्रित हुँदा सफल व्यवसाय हासिल गर्न सकिने रहेछ भन्ने देखिएको छ । यसका साथै हाल कायम रहेको आर्थिक मन्दीको अवस्थामा पनि ग्राहकको कम्पनीप्रतिको विश्वास र अभिकर्ता एवं कर्मचारीहरुको अथक मेहनतले उक्त रेकर्ड बनाउन सफल भएको महसुस गरेका छौं । यो बीमा क्षेत्रकै लागि राम्रो कुरा हो र यसका लागि म उक्त शाखाहरुमा आवद्ध ग्राहक, अभिकर्ता र कर्मचारीलाई बधाइ एवं धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

समग्र जीवन बीमा क्षेत्रमा मन्दी आउँदा नेशनल लाइफले जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति गरिरहेको छ । कम्पनीको हरेक शाखाले राम्रो व्यवसाय गरिरहेको छ । जीवन बीमा क्षेत्रमा आफ्नो छुट्टै ब्रान्ड बनाउन सफल नेशनल लाइफले अहिलेसम्मको प्रतिष्ठालाई निरन्तरता दिँदै आइरहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १० अर्ब ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने कम्पनीले फागुन महिनामा मात्रै ५० करोड २२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

विगत लामो समयसम्म ग्राहकको पहिलो रोजाइमा पर्न सफल नेशनल लाइफले विश्वसनीय तथा प्रविधिमैत्री बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

0%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS