काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार आजबाट रोक्का हुने भएको छ । दुवै कम्पनीले शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र पठाएको छ ।
‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।
नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनी समान हैसियतमा मर्ज भएका हुन्।
1710239477428