IME Life

जीवन बीमामा धोकाधडी नियन्त्रणका लागि भिडियो केवाइसी अनिवार्य गर्नु जरुरी

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसायमा बीमाको पहुँच र व्यापारको आकार बढाउनका लागि बीमा कम्पनीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धाको गाइँगुइँ पुनः सुनिन थालेको छ। व्यापार खोसाखोस गर्नका लागि बीमा कम्पनीहरुबीच प्रतिस्पर्धा भई रहँदा यसको सिधा प्रभाव बीमा अभिकर्ताको गतिविधिसम्म नै पुगेको छ।

आर्थिक गतिविधिमा शिथिलतासँगै जसरी पनि व्यापार ल्याउनै पर्ने मानसिकताबाट गुज्रि रहेका अभिकर्ता कर्मचारी र उच्च व्यवस्थापन तह हातबाट व्यापार फुत्किएला की भन्ने चिन्ताले जोखिम मोलेरै बीमा प्रस्ताव स्वीकार गरिरहेका छन् । यसरी जोखिम मोल्दै गर्दा अण्डरराइटिङमा लापरवाहीको जोखिम बढ्छ, भविष्यमा दाबी भुक्तानीमा बीमित र बीमक पक्षबीच किचलोले ठाउँ पाउँछ,अभिकर्ता प्रति बीमित पक्षको विश्वास गुम्छ ।

Prabhu
Crest

नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको प्रधान कार्यालय र प्रदेश कार्यालयमार्फत् शाखा उपशाखा कार्यालयहरुमा स्थलगत अनुगमन निरिक्षणका क्रममा अण्डरराइटिङ प्रकृयामा गम्भीर लापरवाही गरेको दर्जनौं उदाहरण फेला पारेको छ। व्यापार आकारको हिसाबले ठूलो नेपाल लाइफ इन्स्योरेन्समा आन्तरिक नियन्त्रण प्रणाली र अण्डरराइटिङमा झन् गम्भीर लापरवाही भएको प्रमाणहरु भेटिएका छन् ।

कारोबार बिस्तारका लागि बीमकबीच अस्वस्थ्य प्रतिस्पर्धा र अण्डरराइटिङमा लापरवाहीको क्रम बढ्दै जाँदा बीमामा धोखाधडीको माध्यमबाट छोटो समयमै पैसा कुम्ल्याउने ध्याउन्नमा लाग्नेहरु पनि सकृय हुने जोखिम सँगसँगै बढ्छ। अहिले मन्दीका कारण आम्दानीको श्रोत खुम्चिंदा वित्तीय अपराधको घटना स्वतः बढ्नेछ, यसमा कुनै शंका छैन ।

उपाय के छः

प्राधिकरणले बीमा कम्पनीहरूको कार्यालयमा अण्डरराइटिङ प्रयोजनका लागि लिइएको बीमितको प्रस्ताव फारम अभिकर्ताको सिफारिश र चिकित्सकले प्रमाणित गरेको स्वास्थ्य परिक्षण प्रतिवेदनमा लापरवाही र गम्भीर त्रुटीहरु पटक पटक फेला पारेको छ।

चिकित्सकले उपलब्ध गराउने स्वास्थ्य जाँच प्रतिवेदनमा हुनसक्ने बदमाशी रोक्नका लागि प्राधिकरणले बीमकलाई स्वास्थ्य मन्त्रालय तथा विभागबाट इजाजत प्राप्त स्वास्थ्य संस्थाबाट जारी स्वास्थ्य परिक्षण प्रतिवेदन मात्र स्वीकार गर्न र त्यस्ता स्वास्थ्य संस्थालाई सूचीकृत गरेर सेवा सम्बन्धी सम्झौता गर्न निर्देशन दिएपछि यो मामिलामा विगतमा देखिंदै आएको विकृती केही नियन्त्रण देखिएको छ।

यसैगरी बीमितको वास्तविक हस्ताक्षर बिना नै प्रस्ताव फारमको विवरणहरु भरिएको, बीमितलाई बीमालेख र बीमाशुल्क बारे प्रष्ट जानकारी नदिएको सम्बन्धी गुनासो आउन नदिनका लागि प्रारम्भमै नियन्त्रणको उपाय गर्नु जरुरी छ। यसका लागि भिडियो केवाइसी अर्थात् श्रव्यदृश्यमार्फत् समेत बीमित वा प्रस्तावकले बीमा प्रस्ताव आफैंले पेश गरेको भन्ने जानकारी सिधै बीमकको सूचना प्रणालीमा प्रविष्ट गर्न सकेमा छलछाम गर्न सक्ने संभावना हुँदैन ।

भर्खरै जीवन बीमाका लागि बीमा प्रस्ताव फारम भरेका बीमितले भिडियो रेकर्डिङमार्फत् दिने व्यक्तिगत परिचय सहितको संक्षिप्त विवरणः

मेरो नाम रमेश प्रसाद  हो ।
मेरो स्थायी ठेगाना काठमाडौं ३० कोटेश्वर हो ।

मेरो जन्म मिति विक्रम सम्वत् २०४० साल असार २१ गते हो ।

मैले ‍‍‍(बीमा कम्पनीको नाम) जीवन बीमा कम्पनीमा बीमाका लागि प्रस्ताव फारम भरेको छु।

म शारीरिकरुपमा पूर्ण स्वस्थ्य छु ।

मेरो अभिकर्ताको नाम पुण्य प्रसाद  हो ।

मैले प्रयोग गर्ने व्यक्तिगत मोबाइल नम्बर ९८०५०१२३४५ हो ।

माथि उल्लेखित यी संक्षिप्त विवरण सहितको श्रव्यदृश्य (भिडियो) मोबाइल फोनको क्यामेरामार्फत् रेकर्ड गरेर बीमकलाई विद्युतीय सञ्चारमाध्यममार्फत् उपलब्ध गराईएको अवस्थामा अभिकर्तामाथि शंका गर्नुपर्ने अवस्था रहँदैन । भिडियो रेकर्ड गर्दा प्रस्तावकको पूर्ण कदको शरीर देखिनु पर्ने, पृष्ठभूमीमा अन्य कुनै ध्वनीले प्रस्तावकको आवाजलाई अवरोध गरेको वा अस्पष्ट सुनिने भएको हुन नहुने लगायतका शर्त राख्न सकिन्छ। साथै भविष्यमा आइपर्न सक्ने आक्षेपबाट समेत अभिकर्ताले सफाई पाउन यो उपयोगी अस्त्र हुनेछ। यता बीमकले समेत वास्तविक बीमितको शारीरिक अवस्थाबारे भिडियो हेरेर केही अनुमान लगाउन सहज हुनेछ।

प्रस्तावक वा बीमितबाट प्राप्त हुने भिडियो सन्देश वा भिडियो केवाइसीलाई बीमकले आफ्नो सूचना प्रविधि प्रणालीमा आवश्यक समयसम्म सुरक्षित साथ राख्न सक्ने प्राविधिक व्यवस्था गर्न सके मात्र यसको उपयोगिता हुनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS