काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।
राष्ट्र बैंकले १३ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको र १८२ दिने ७ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८१ जेठ २२ गते र २०८१ भदौ १८ गते परिपक्व हुनेछन्।
यी ट्रेजरी बिल फागुन २२ गते जारी हुनेछ। यसको बोलकबोल भोलि सोमबार फागुन २१ गते दिउँसो ३ बजे हुनेछ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।