IME Life

हिमालयन रिइन्योरेन्समा सर्वसाधारणबाट दुईसहित तीनजना सञ्चालक निर्विरोध निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित पुनर्बीमक हिमालयन रिइन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा तीनजना नयाँ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक सूचना प्रकाशन गर्दै तेश्रो साधारण सभाबाट चुनिने संस्थापक तर्फबाट १ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना समेत गरी तीनजना निर्विरोध निर्वाचित भएको जानकारी दिएको हो ।

निर्वाचन समितिका अनुसार संस्थापक समूहबाट रोहित गुप्ता र सर्वसाधारण समूहबाट राजीव मोर र शुभेच्छा खरेल निर्विरोध चयन भएका हुन् । समितिका अनुसार रिक्त पदका लागि एक एक जनाको उम्मेदवारी दर्ता भएकोमा मनोनयनको अन्तिम नामावली प्रकाशन पछि दाबी विरोधको समयसीमासम्म पनि  उम्मेदवारविरुद्ध कुनै उजुरी नगरेपछि उनीहरुलाई निर्विरोध निर्वाचनको घोषणा गरिएको हो ।

Prabhu
Crest

संस्थापक समूहको तर्फबाट टेलि डिरेक्ट प्रालिका प्रतिनिधि रोहित गुप्ताको मात्र उम्मेदवारी दर्ता भएको थियो । यसैगरी साधारण शेयरधनीका तर्फबाट राजीव मोर र शुभेच्छा खरेलको उम्मेदवारी दर्ता भएको थियो ।

हिमालयन रिको तेश्रो साधारण सभा राष्ट्रिय सभागृहमा आइतबार हुँदैछ । साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश छ।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० शेयरबराबर ८ शेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। यो भनेको चुक्तापुँजीको ८० प्रतिशत हो।

कम्पनीको अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने कार्यक्रम रहेको छ। वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

40%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS