IME Life

ब्युटिपार्लरबाट अलग्गिएर अभिकर्ता पेसामा होमिएकी प्रीतिमा भन्छिन्: बीमितको हितमा काम गरे पुन्य पाइन्छ

SPIL
NIC ASIA

काठमाडौं । प्रीतिमा खत्री आफैँ आत्मानिर्भर बन्नुपर्छ र कसैको सहारामा बाँच्नु हुँदैन भन्ने मानसिकता बोकेकी एक साहसी महिला हुन्। उनी पेसाले एजेन्सी म्यानेजर छिन्। पहिला सबैलाई शृंगार्दै हिँड्ने प्रितिमा अहिले दुर्गमदेखि सुगम ठाउँसम्म बीमाबारे ज्ञान बाढ्दै हिँडेकी छिन्। २०४६ सालमा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–४ मा जन्मिएकी प्रितिमा हाल सिटिजन लाइफकै बर्दघाट शाखामा एजेन्सी म्यानेजरको भूमिकामा छिन्। प्रितिमाको १६ वर्षकै कलिलो उमेरमा विवाह भयो। विवाह हुँदा उनी १० कक्षामा पढ्दै थिइन्। विवाहपश्चात उनले एसएलसीमात्रै दिएर आफ्नो पढाइलाई बिट मार्नुपर्यो। उनका लागि यो सबैभन्दा दुःखको क्षण थियो। विवाहपछि पारिवारिक समस्या झेल्नुपर्ने बाध्यतालाई स्वीकर गर्दै प्रितिमा गृहिणीका रुपमा व्यस्त जीवन व्यतित गर्दै आइरहेकी थिइन्। घरधन्दामा मात्रै सीमित रहेकी प्रितिमालाई केही गर्नुपर्छ भन्ने सोच आयो।

आफैँमा केही गर्छु भन्ने सोच बोकेकी प्रितिमाले घरायसी कामबाहेक केही गर्न सकिरहेकी थिइनन्। समयको अन्तरालसँगै विवाह भएको ५ वर्षपछि एकजना साथीको अनुरोधमा घरपरिवारको आँखा छलेर लुकी–लुकी पार्लर सिक्न गइन्। ‘केही गर्न सक्छु, ममा पनि आँट र साहस छ’ भन्ने हिम्मतका साथ पार्लर सिक्न गएको ३ महिनापछि उनले एक चरणको सफलता हासिल गरिन्। त्यसपछि उनले १ वर्षसम्म त्यही पार्लरमा काम गर्ने मौका पाइन्। आफू जति काम गर्यो, त्यति परिपक्क बन्दै गएपछि प्रितिमामा एक खालको साहस उत्पन्न भयो। अन्ततः उनले आफ्नै ब्युटिपार्लर खोलिन्।

Prabhu
Crest

यसरी जोडिन पुगिन अभिकर्ता पेसामा
जीवन यात्रा न हो। आफ्नो घर गृहस्थीका साथै ब्युटिपार्लरको व्यस्ततालाई निरन्तरता दिँदै दुई छोरा र आफ्नो परिवारको हेरचाह गर्दै अगाडि बढिरहेकी प्रितिमाको छोराको बीमा गराउने क्रममा सिटिजन लाइफ बर्दघाट शाखाका भीमप्रसाद सुवेदी सरसँग भेट भयो। सुवेदीले प्रितिमालाई ‘छोराको बीमाभन्दा पनि आफैँ बीमा एजेन्ट बन्नुस्, तपाइँ ब्युटिसियनजस्तो मान्छेको साथीभाइ सर्कल राम्रो हुन्छ, यो पेसाले तपाइँलाई राम्रो गर्छ’, भन्ने सल्लाह दिए। सुवेदीको यस्तो सल्लाह पाएपछि प्रितिमाले ‘हुन्छ नि त हेरौँ कस्तो हुन्छ, म कोसिस गर्छु’ भनी स्वीकार गरिन्। अन्ततः प्रितिमाले २०७५ सालमा सिटिजन लाइफबाट अभिकर्ता लाइसेन्स लिइन्। आफ्नो व्यस्त जीवनलाई सम्झिँदै प्रितिमाले भनिन्, ‘मैले सुवेदी सरलाई भेट्नु नै मेरो जीवनको ऐतिहासिक क्षण बन्यो। यो पेसाले मलाई अहिले पाइलापिच्छे सफलता दिएको छ।’

लाइसेन्स लिएको २ वर्षसम्म पनि प्रितिमाले ब्युटिपार्लरसँगै अभिकर्ता बनेर काम गरिन्। तर, दुईतिर गर्दा सतप्रतिशत सफलता कुनै पनि पेसाबाट पाउन नसकेपछि उनले ब्युटिपार्लर व्यवसायबाट अलग्गिएर व्यावसायिक रुपमा नै अभिकर्ता पेसा गर्ने अठोट लिइन्।

प्रितिमा अभिकर्ता पेसामा लागेको ५ वर्ष भयो। उनले यस पेसामा लागेपछि सुरुको बीमा आफ्नै साथीबाट गराइन्। आफ्नो साथीबाट उनले २० लाख रुपैयाँ बीमांकको बीमा पोलिसी बिक्री गरिन्। ‘पहिलो बीमा नै आफ्नो नजिकको साथीबाट गरेको हुनाले मलाई बीमा अभिकर्ता सजिलो पेसा रहेछ, यसबाट सफलता पाउँछु भनेर प्रेरणा मिल्यो’, उनले भनिन्, ‘हालसम्म मैले ५०० घरपरिवारको बीमा गराइसकेकी छु। मैले १०० जना अभिकर्ता बनाएको छु। यही पेसाले मलाई आर्थिक रुपमा सबल बनाएको छ।’

कामका लागि प्रितिमाका श्रीमान विदेशमा छन्। उनलाई के नै कमी थियो र ? प्रितिमा भने महिलाहरु घरमा मात्र सीमित हुनु राम्रो नहुने र अरुभन्दा केही भिन्नै हुन्छु भन्ने सोच राख्थिन्। ‘म श्रीमानको कमाइमा मात्रै निर्भर नभई आत्मनिर्भर हुन्छु र महिला भएर पनि समाजमा केही गरेर देखाउन सकूँ भन्ने सोचहरु मनमा घुमिरहन्थे’, उनले भनिन्, ‘प्रायः मानिसहरुको सपना हुन्छ, भविष्यमा राम्रो जागिर होस्। तर, म त आफ्नै पहिचानसहितको नारी बन्न चाहन्थेँ। त्यसका लागि के गर्ने ? धेरै विकल्पहरु अगाडि आए। व्यवसाय गर्ने वा जागिर खाने के गर्ने ? घरपरिवारलाई पनि समय दिनुपर्ने बाध्यता थियो। त्यसपछि ब्युटिपार्लर व्यवसाय छाडेर बीमा व्यवसाय राजेँ।’

सुवेदीको प्रेरणाले प्रितिमाले पाएको सफलता
छोराको बीमा गराउने क्रममा भेट भएका सुवेदी सरकै कारणले गर्दा आफूले आज बीमा क्षेत्रमा नाम, दाम र इमान कमाउन सफल भएको प्रितिमाले सुनाइन्। अभिकर्ता पेसामा आबद्ध भएपछि सबै तह र तप्काका मान्छेसँग भेट गर्ने अवसर उनलाई मिल्यो। समाजमा सबैले चिने। ‘म आर्थिक रुपमा स्वतन्त्र भएँ। आज म इन्स्योरेन्स क्षेत्रमा जति सफल भए सबै देन सुवेदी सरकै हो। उहाँले मलाई सुरु–सुरुमा धेरै हौसला दिनुभयो। सबै पेसामा काम गर्न आँट र साहस गर्नुपर्छ भन्दै ऊर्जा दिनुभयो, ४–५ वटा घरमा बीमा गराउन जाँदा सँगै डोर्याएर हिँड्नु भयो’, प्रितिमाले खुशी हुँदै भनिन्, ‘मेरा लागि योभन्दा ठूलो ऊर्जा के नै थियो र। बीमा अभिकर्तामा लागेको सुरुआती अवस्थामा बीमा बुझ्न्, बीमा कोड बुझ्न धेरै गाह्रो थियो । सुवेदी सरले नै सबै बुझाइदिनुहुन्थ्यो, मेरो जीवनमा उहाँ एक गुरु भनूँ या भगवानका रुपमा अवतरण हुनुभयो। जे छु उहाँकै पे्ररणाले छु।’

जुनसुकै पेसामा पनि राम्रा पक्षका साथै नराम्रा पक्ष पनि हुन्छन्। आर्थिक पक्ष एकदमै राम्रोसँग विकास हुनु अभिकर्ता पेसाको राम्रो पक्ष हो। निरन्तर रुपमा लागिपरेर काम गर्ने अभिकर्ताले समाजमा नाम कमाउन सक्ने प्रितिमाको अनुभव छ। तर, यस पेसालाई २–४ महिना गरेर छोडनुभन्दा पनि मुख्य पेसा बनाएर काम गर्यो भने अवश्य सफल हुने उनको भनाइ छ। अभिकर्ताले आफ्नो फाइदाका लागि भन्दा पनि बीमितको हितमा काम गर्नुपर्ने प्रितिमा बताउँछिन् ।

पाँच वर्षमा पहिलो क्लेम
प्रितिमाले बीमा क्षेत्रमा आबद्ध भएको ५ वर्षमा एक परिवारलाई ५ लाख रुपैयाँको क्लेम सेटलमेन्ट गरेकी छिन्। उनले बर्दघाटका हरिश थापाको ‘बाल भविष्य योजना’ अन्तर्गत बीमा गराएकी थिइन्। बीमित हरिशको हकवाला बुवा सुरज थापाको पानीमा डुबेर निधन भयो। सुरजले आफ्ना छोरा हरिशको ३ किस्ता तिरेपछि २ किस्तामै लोन पनि लिएका थिए। हकवाल बुवाको मृत्यु भएपछि हरिशलाई कम्पनीले सर्तबमोजिको सुविधा दिएर बीमाबापतको रकम पनि भुक्तानी गरेको उनले बताइन्। प्रितिमा भन्छिन्, ‘यसरी बीमितको दुःखमा मलमपट्टी लगाउन पाउँदा साँच्चिकै यो पेसाले धेरै खुसी दिन्छ। बीमा गरेपछि पाएको सेवासुविधा देख्दा हरिशको परिवारले मलाई भगवानका रुपमा लिएका छन्। हाम्रो दुःखमा साथ दिनुभयो भनेर राम्रो प्रतिक्रिया दिएका छन्।’


नवप्रवेशीहरुलाई प्रितिमाको सुझाव
बीमा अभिकर्ता पेसामा प्रवेश गर्न चाहने नवप्रवेशीहरुलाई निरन्तर रुपमा लागि परेर काम गर्दा आम्दानीको हिसाबले सोचेभन्दा राम्रो रहेको प्रितिमाको सुझाव छ। एसएलसी पास वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र लिएर यत्तिकै घरमै बसिरहेकाहरुलाई प्रितिमा बीमा अभिकर्ता बनेमा भविष्य उज्ज्वल छ भन्न चाहन्छिन्। ‘धेरै पैसा कमाउँछु, विदेश जान्छु भन्नेहरुलाई पनि यही अभिकर्ता बनेर नेपालमै काम गरे विदेशमा कमाइ हुने पैसा यही पेसाले दिन्छ’, उनी भन्छिन्।

अभिकर्ता पेसामा सफल हुनका लागि निरन्तरता, इमानदारिता र सहनशीलता हुनु पर्ने प्रितिमाको भनाइ छ। श्रीमानको सपोर्ट र परिवारको समर्थनकै कारण आफूले यति धेरै सफलता हासिल गरेको उनी सुनाउँछिन्। सामाजिक क्षेत्रमा भिजेकै कारण अभिकर्ता पेसामा समेत उल्लेख्य सफता प्राप्त भएको उनको भनाइ छ।

बीमा क्षेत्रले प्रितिमालाई धेरै खुसी दिएको छ। उनी एकपटक एमडीआरटी बन्न सफल पनि भइन्। तीनपटक गोल्ड क्लब र एकपटक डाइमन्ड क्लबमा उनी प्रवेश गरिन्। ‘कम्पनीले हरेक महिना दिने टार्गेट पूरा गरेकी छु’, उनले भनिन्, ‘कम्पनीले दिएको टार्गेट पूरा गर्न पाउँदा म धेरै खुसी छु।’

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS