SKIP THIS

MLBL
IME Life
Beema Board

राष्ट्रिय जीवन बीमा कम्पनी ५७ औँ वर्षमा प्रवेश, गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आज फागुन ११ गतेबाट ५६ वर्ष पूरा गरी ५७ औँ वार्षमा प्रवेश गरेको छ। सरकारी स्वामित्वको यो कम्पनी बीमा सेवा प्रदायकका रुपमा साबिक राष्ट्रिय बीमा संस्थानका रुपमा सञ्चालनमा रहेको थियो। यो संस्थान गत कात्तिक २० गतेदेखि कम्पनीमा रुपान्तरण भएको हो। हाल कम्पनीको कामु सीईओमा महेश रिजाल छन्।

कम्पनीमा हाल ३ लाख बढी पोलिसीधारक छन्। कम्पनीले देशभर २२ वटा शाखा कार्यालयबाट १३ वटा बीमा पोलिसी बिक्रीवितरण गर्दै आएको छन्। हाल कम्पनीमा ५ हजार ८६० जना अभिकर्ता छन्।

Prabhu
Crest

राष्ट्रिय जीवन बीमा कम्पनीको १८ करोड १० लाख रुपैयाँ शेयरपुँजी रहेको छ। कम्पनीको जगेडा कोषमा ४९ करोड ८० लाख रुपैयाँ सञ्चित छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ४२ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीले ६ अर्ब ४१ करोड ४७ लाख ९२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपालको बीमा बजारमा जीवन बीमाको आवश्यकता र महत्त्वलाई जनमानसमा बोध गराउँदै कम्पनीले नेपाली जनताको आर्थिक सुरक्षाको सुनिश्चितता गर्न, जीवन बीमाका माध्यमबाट बीमाको पहुँच वृद्धि गर्न तथा वित्तीय स्रोतको परिचालन गरी अर्थतन्त्रको सुदृढीकरण गर्न कम्पनीले सशक्त भूमिका निर्वाह गर्दै आएको छ।

कम्पनीको यस अभियानमा सहयोग पुरÞ्याउने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्था, संस्थागत तथा व्यक्तिगत बीमित, अभिकर्ता, पुनर्बीमकलगायत सबै सरोकारवाला र शुभचिन्तकमा कम्पनीले आभार प्रकट गरेको छ।
आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवा अझ छिटो छरितो, सहज, गुणस्तरीय र विश्वसनीय बनाउँदै जाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS