IME Life
GBIME

कृषि विकास बैंकमा खुल्यो जागिर, विभिन्न पदमा ११२ जनालाई अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाण्डौ । कृषि विकास बैंकमा जागिर खुलेको छ। बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो।

बैंकले आज एक सूचना जारी गर्दै शाखा प्रमुखदेखि लिएर लेखापालसम्मका लागि ११२ जना कर्मचारी खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले अधिकृत स्तरमा शाखा प्रमुख २ जना, वरिष्ठ लेखाअधिकृत २ जना, व्यवसाय अधिकृत ३२ जना, कम्प्युटर अधिकृत २ जना, आईटी इन्जिनियर १ जना र कर्जा अधिकृत ६ जनाका लागि दरखास्त खुलाएको छ।

Crest

यसैगरी बैंकले सहायक स्तरमा व्यवसाय सहायक १६ जना, कानुन सहायक १ जना, कर्जा सहायक ३ जना, ओभरसियर १ जना र लेखापाल ४६ जना स्थायी रुपमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ।

इच्छुक उम्मेदवार यी पदहरुमा आज फागुन ११ गतेदेखि अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति आउँदो चैत १ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरी चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ। उम्मेदवारहरुको छनौट लिखित परीक्षा र अन्तर्वार्ताबाट हुने बैंकले जनाएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS