SKIP THIS

MLBL
IME Life
Beema Board

वैदेशिक रोजगार बीमालेखमार्फत जीवन बीमकले गरे पौने २ अर्बको व्यापार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिना माघसम्म वैदेशिक रोजगार बीमालेखबाट करिब पौने २ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन्।नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन कम्पनीले यो ७ महिनामा वैदेशिक रोजगार बीमालेखबाट १ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या १९ लाख ६५ हजार ७६४ रहेको छ।

समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै रुपैयाँ वैदेशिक रोजगार बीमालेखबाट ४३ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ७ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ३७ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा आइएमई लाइफ रहेको छ। यो कम्पनीले यस बीमालेखबाट १९ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी यो ७ महिनामा वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले १५ करोड ३१ लाख रुपैयाँ, नेसनल लाइफले १५ करोड १० लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ करोड ९३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ११ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १० करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ६ करोड ८१ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १५ लाख ६७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS